Thursday, May 7
Shadow

Author: Interview Nepal

तेह्रथुममा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

तेह्रथुममा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

दुर्घटना, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, मंसिर २८ तेह्रथुममा शनिबार दिउँसो खेल्न निस्किएका तीनजना बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । जिल्लाको छथर गाउँपालिका–६ कोलाबुङमा बनाइएको पोखरीमा डुबेर बालिकाको मृत्यु भएको हो । ‘शनिबार दिउँसो साथीसँग खेल्न गए भनेर परिवारले लामो समयसम्म खोजी गर्नु भएनछ’, छथर गाउँपालिकाका प्रवक्ता राजन नेपालीले भने, ‘साँझसम्म नआएपछि सोधिखोजी गर्दा तीनजना बालिकाको शव पोखरीमा भेटिएको हो ।’ सुख्खा क्षेत्र भएकाले स्थानीय कृषकले सिंचाइका लागि बनाएको प्लास्टिकको पोखरीमा बालिका डुबेको उनको भनाइ छ । दुई परिवारका तीन बालिकाको मृत्यु भएको हो । कपिला लिम्बुका छोरीहरु ७ र आठ वर्षीय रञ्जना र रोजीनासँगै खेल्न गएकी देवेन्द्र लिम्बुकी ६ वर्षीया छोरी सुहानाको मृत्यु भएको हो । शनिबार दिउँसोकै घटना भए पनि स्थानीय र प्रहरीले साँझमात्र थाहा पाएका थिए । अहिले शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल म्याङल...
हिमालय क्षेत्रको महत्व चिन्न विश्व समुदायलाई प्रधानमन्त्री ओलीको आग्रह

हिमालय क्षेत्रको महत्व चिन्न विश्व समुदायलाई प्रधानमन्त्री ओलीको आग्रह

ब्यानर समाचार, मौसम, राजनिती, समाचार
काठमाण्डौँ, मंसिर २८ प्रधानमन्त्री केपी ओलीले हिमालयको महिमा बोध गर्न विश्व समुदायलाई आग्रह गरेका छन् । जलवायु महत्वाकांक्षा सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वव्यापी तापक्रम वृद्धि नियन्त्रण गर्न र समुन्द्रको पर्यावरणीय सन्तुलन कायम राख्न भन्दै यस्तो आग्रह गरेका हुन् । ‘विश्वव्यापी तापक्रम बृद्धि नियन्त्रण गर्न र समुद्रको पर्यावरणीय संन्तुलन कायम राख्न हिमालयको महिमा बोध गर्नका लागि म विश्वलाई आग्रह गर्दछु’, सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘नेपालले यस वर्षको अन्त्यसम्ममा परिस्कृत एनडीसी प्रस्तुत गर्नेछ र सन् २०५० भित्र शून्यःप्राय कार्बन उत्सर्जनको परिदृश्यमा पुग्न महत्वाकांक्षी दीर्घकालीन रणनीति तर्जुमा गर्नेछ ।’ ओलीले कोरोना संकटको समयमा सम्मेलनको आयोजना गरेकोमा चिली, फ्रान्स, इटाली, संयुक्त अधिराज्य र संयुक्त राष्ट्र संघको नेतृत्वको सर...
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

टिप्स, ब्यानर समाचार 2, मौसम
काठमाण्डौँ, मंसिर २८ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले हाल देशमा पश्चिमी वायुकोआंशिक प्रभाव रहेको जनाएको छ । भने, हाल प्रदेश नं १, ३ का केहि भूभागमा आंशिक बदली रहेको छ । यसैगरी, आइतबार दिउँसो प्रदेश नं १, ३, तथा सुदूरपश्चिम प्रदेशका केहि भूभागमा आंशिक बदली रहने छ। भने, राति प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने छ । प्रदेश १ को पहाडी भूभागका एकदुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ । यस्तै, सोमबार दिउँसो देशको पहाडि भूभागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ । र, राति देशको पहाडि भूभागहरुमा आँशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ । त्यसैगरी, मंगलबार दिउँसो देशको पहाडि भूभागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया स...
बैंकको एटीएम बुथ तोडफोड गरिरहेको अवस्थामा खोटाङका १ जना पक्राउ

बैंकको एटीएम बुथ तोडफोड गरिरहेको अवस्थामा खोटाङका १ जना पक्राउ

अपराध, मुख्य समाचार
काठमाण्डौँ, मंसिर २७ काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको एटीएम बुथ तोडफोड गरिरहेको अवस्थामा काठमाडौं कपन बस्ने खोटाङ घर भएका ३० वर्षीय आनन्द तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनले उक्त एटीएम बुथ तोडफोड गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो । तोडफोडबाट बुथको दाँया भागको शिशा फुटेको र एक थान सिसिटिभिमा क्षति पुगेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
२४ घण्टामा ८९९ जनामा कोरोना संक्रमण

२४ घण्टामा ८९९ जनामा कोरोना संक्रमण

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर २७ पछिल्लो २४ घण्टामा नेपालमा ८९९ जना कोरोना संक्रमित भेटिएका छन्। यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। शनिबार थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ। नेपालमा हालसम्म १८ लाख २५ हजार ८६० जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ५१९ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये ११ हजार ६७३ जना सक्रिय संक्रमित छन्। आज १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख ३४ हजार २३१ पुगेको छ।...
कोरोनाको भ्याक्सिन सहज आपूर्ति सरकारको प्राथमिकता : अर्थमन्त्री पौडेल

कोरोनाको भ्याक्सिन सहज आपूर्ति सरकारको प्राथमिकता : अर्थमन्त्री पौडेल

ब्यानर समाचार, राजनिती, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर २७ अर्थमन्त्री विष्णु पौडलले कोरोनाको भ्याक्सीनलाई सहज आपूर्ति सरकारको प्राथमिकता रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघको पाँचौं महासभाको आज काठमाडौँमा उद्घाटन गर्दै मन्त्री पौडेलले कोरोनाको गुणस्तरीय र तुलनात्मक रुपमा सस्तो भ्याक्सीनको सहज आपूर्ति गर्ने सरकारको अबको प्राथमिकता रहेको बताए । विश्वबजारमा सहज हुने बित्तिकै नेपालले पनि कोरोनाको भ्याक्सीन आपूर्ति गर्ने बताउँदै उनले यसबारे अन्य देशहरुसँग छलफल भइरहेको बताए ।...
नेपालले विश्वकप छनोटका खेल घरेलु मैदानमै खेल्ने

नेपालले विश्वकप छनोटका खेल घरेलु मैदानमै खेल्ने

खेलकुद, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, मंसिर २७ नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका तीन खेल सन् २०२१ को मार्चमा नेपालमै खेल्नेछ । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल तथा सन् २०२३ मा चीनमा हुने एसियन कप फुटबलका लागि छनोट खेल नेपालले आगामी मार्च २५ मा चाइनिज ताइपेइसित खेल्ने अखिल नेपाल फुटवल सङ्घ (एन्फा) का प्रवक्ता किरण राईले जानकारी दिए । एसियन छनोटअन्तर्गत नेपाल समूह ‘बी’मा रहेको छ । एसियाली फुटबल महासङ्घ (एएफसी) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले आगामी मार्च ३० मा अष्ट्रेलियासित तथा जुन ७ मा जोर्डनसित खेल्नेछ । कोरोना भाइरसको सङ्क्रमणका कारण सन् २०२० को मार्च र अप्रिलमा हुने एसियाली क्षेत्रको दोस्रो चरणको खेल स्थगित गरिएको थियो । कोरोना कहर नरोकिएपछि एएफसीले छनोट चरणका खेल सन् २०२१ मा गर्ने निर्णय गरेको ह...
बालबालिकालाई सुनका गहना लगाउन नदिन रसुवा प्रहरीको आग्रह

बालबालिकालाई सुनका गहना लगाउन नदिन रसुवा प्रहरीको आग्रह

अपराध, ब्यानर समाचार 2, समाचार, स्थानिय तह
काठमाण्डौँ, मंसिर २७ रसुवा जिल्लामा स्कुले बालिकालाई सुनका गहना नलगाउन आग्रह गरिएको छ । सुरक्षा जोखिम भएकाले यस्तो आग्रह गरिएको रसुवा प्रहरीले जनाएको छ । कानमा लगाएको गहनाकै कारण यसैसाता रसुवामा एक बालिकाको ज्यान गएको थियो। कालिका गाउँपालिका–१ राम्चे खार्साको फैक्रिगाङकी ६ वर्षीया बालिका सुमिना तामाङको कानमा लगाएको सुनको मुन्द्राकै कारण ज्यान गएको थियो। यही मंसिर २१ गते सुमिना विद्यालयबाट घरतर्फ फर्कने क्रममा उनले कानमा लगाएको करिब १० हजार जतिको सुनका मुन्द्रा लिनकै लागि अपहरण गरी उनको हत्या भएको थियो । यस्तै घटना नहोस् भनेर बालबालिकालाई सुनका कुनै पनि गहना नलगाउने भनिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए । साथै बालबालिकालाई अपरिचित व्यक्तिले दिएका चाउचाउ, बिस्कुट, चकलेटजस्ता चीज नखान समेत आग्रह गरिएको सुवेदीको भनाइ छ । साना ...
इत्तेहाद नेपाल कपिलवस्तुद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

इत्तेहाद नेपाल कपिलवस्तुद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

समाचार, स्थानिय तह
कृष्णनगर, कपिलवस्तु, मंसिर २६ कपिलवस्तु जिल्लाको कृष्णनगरमा अवस्थित मुस्लिम कमिटीको हालमा इत्तेहाद नेपाल कपिलवस्तु अध्यक्ष किफायतुल्लाह खां को अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । (more…)
क्रिकेटर पारस खड्कालाई कोरोना सङ्क्रमण

क्रिकेटर पारस खड्कालाई कोरोना सङ्क्रमण

खेलकुद, मुख्य समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर २६ क्रिकेटर पारस खड्कालाई कोरोना सङ्क्रमण देखिएको छ। यससँगै उनले चितवनमा भोलिदेखि हुन गइरहेको गौतम बुद्ध कपमा खेल्न नपाउने भएका छन्। उनले केहीअघि मात्र आफ्नो फेसबुक पोस्टमार्फत् यसबारे जानकारी दिएका हुन्। हलुका लक्षणसँगै हिजो बिहानबाट स्वाद र गन्ध दुवै नहुँदा उनी आफैले घरमै सुरक्षित रूपमा दुई दिनयता आइसोलेसनमा बसेको पनि उनले जनाएका छन्। उनलाई आज बिहान कोभिड-१९ का लागि पिसिआर विधिबाट परीक्षण गरिँदा रिपोर्ट पोजिटिभ आएको उनले लेखेका छन्। यससँगै उनले गौतम बुद्ध कपका लागि सबैलाई शुभकामना पनि दिएका छन्।...