Tuesday, April 23
Shadow

आहुति द्वारा लिखित “जात वार्ता”मा किन आकर्षित बने युवापुस्ता


  • -इ
  • इ+


जसिन्द्र श्रीपाली
लामो समयदेखि नेपाली समाजको वर्गचरित्रबारे चिन्तन गर्दै आएका लेखक तथा राजनीतिज्ञ आहुतिको नयाँ पुस्तक ‘जात वार्ता’ प्रति युवाहरुको आर्कषणता ह्वाट्टै बढेको छ । दक्षिण एसियामा विद्यमान जात व्यवस्था, त्यसले उत्पादन गरेका समस्या र त्यसको उन्मुलनबारे केन्द्रित रहेको जात वाता प्रकाशन भएको १ महिना नबित्दै २ हवार प्रति बिक्रि भैसकेको छ ।

बेला पब्लिकेसन मार्फत प्रकाशन भएको ‘जात वार्ता’ पुस्तक  प्रस्तावनासहित २७ अध्यायमा विभाजित छ। पुस्तकले जात व्यवस्थाको उत्पत्ति, विकास, धर्मपरिवर्तन, अन्तरजातीय प्रेम र विवाह, दलित आन्दोलनमा गैरसरकारी संस्थाको भूमिका, अन्तरदलित भेदभावलगायत सामाजिक जीवनमा बारम्बार उठिरहने प्रश्नको जवाफ खोज्ने काम गरेको छ।

के बर्ण ब्यबस्थाको आरम्भदेखि नै छुवाछुत प्रथा सुरु थियो वा थिएन भन्ने बारे बहश उठिरहेको सवालमा लेखक आहुतिको पुस्तकले स्पष्ट पार्ने बेला पब्लिकेसन्सकी चिफ प्रोडक्सन अफिसर वन्दना ढकालले जानकारि दिएकी छिन ।
ढकालका अनुसार जात वार्ता सुरुमा हाते पुस्तक बनाउने तयारी रहेको र काम गर्दै जादा सैदान्तिक रुपमा गहण बन्दै गएको एक गत्तिलो गैरआख्यानमा परिणत भएको हो ।
लेखक आहुतिले भने यसलाई ‘निरन्तर संघर्षका निम्ति हाते पुस्तक’ भनेका छन्।

गैरआख्यान जात वार्ताबाट आफ्नो प्रकाशन यात्रा आरम्भ गरेको बेला पब्लिकेसन्सले आजको नेपाली समाजलाई प्रभाव पारिरहेका सबैभन्दा ज्वलन्त विषय बोकेको पुस्तक प्रकाशन गर्न पाएकोमा आफुहरु हर्षित रहेको वन्दनाको भनाई छ। पुस्तक कुनै उमेर समुह लक्षित थियो भन्ने प्रश्नमा उनि भन्छिन् त्यस्तो यहि उमेर समुह भन्ने थिएन बरु झट्ट पुस्तक को नाम हेर्दा र आहुतिको लोकप्रियताको कारण जात वा समुदाय लक्षित चाहिँ होकि भन्ने चाहि देखिएतापनी ति दुबै कुरा होइनन् तर पुस्तक आम उमेर समुहका मान्छेले रुचाई दिए, त्यस मध्यमा १८ वर्ष देखि ३० वर्ष उमेर समुहका बढि छन र पुस्तक पढ्ने सवालमा दलित र गैर दलित समुदाय बाट लगभग बराबर छन।


आहुतिको जात वार्तामा हेर्दा वा सुन्दा सामान्य लाग्ने तर नेपाली समाजमा निकै लामो समय देखि संस्कार र संस्कृति नै बनेर बसेका विषयमा सामान्य शैलीमा स्पष्ट संग लेखिएको छ ,
आफुलाई हेर्न चाहेको बिषय बस्तु छुट्टै विषय सूचीमा हेर्न सकिने र प्रश्न उत्तरशैलीमा लेखिएको हुनाले पनि जात वार्ता युवापुस्ता माथी लोकप्रिय बन्दै गएको छ, २ हजार प्रति प्रकाशन गरेको यस पुस्तक एक महिना नपुगनै माग बढेको र पुस्तक अभाव हुन लागेकोले थप पुस्तक प्रकाशन गर्ने तयारि रहेको समेत प्रकाशन तिमले जानकारि दिएको छ ।

पुस्तक नेपालमा मात्र नभएर बिदेशमा समेत खोजी भैरहेको छ केहि देशमा साथिभाईको सहयोगमा पु¥याई सकेको र अन्य देशमा कसरि पठाउन सकिन्छ भनेर छलफल भैरहेको वन्दनाको भनाइ छ ।
प्रकाशक तिमका अनुसार आफुहरुले सामाजिक संजाल फेशबुकमा फोटो राख्नु बाहेक कुनै प्रचारप्रसार नगरे पनि कति ले बुक प्रकाशन हुनुपुर्व नै बुकिङ गरेको र केहि मान्छे एक शहर नै छोडेर बेला बुक्सको कार्यलयमै आएर लैजाने गरेको बताएका छन ।
जातपात थितिमा गाँठो परेको समाजले हर दिन बेहोरिरहेको दर्दनाक यर्थाथलाई बुझ्न नसक्नु राज्यको कति ठुलो कमजोरी ? पाठ्क्रममा अनिवार्य समेट्नु पर्ने विषयमा न शिक्षाविद् को ध्याण पुग्न सक्यो नत्र कुनै राजनितिक दलको । शिक्षित बन्दै गएको युवापुस्ता लाई सायद ज्ञानको दायरा सिति भयो र त जात वार्ता जस्ता पुस्तक युवापिढिमा बढि माग हुन थालेको छ।
नेपालको दलित आन्दोलन, भारतिय दलित आन्दोलन र जात ब्यबस्थाको दर्शन, राजनिति र संस्कृति जस्ता महत्वपुर्ण विषय यस पुस्तकमा समेतिएको छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares