सर्वोच्चमा प्रतिनिधिसभा विघटनविरुद्ध निवेदनको चाङ : पुस ८ र १० गते सुनुवाई हुने
काठमाडौ , पुस ७ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध १२ रिट निवेदन परेका छन् । अदालतका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा एउटा र साधारणतर्फ ११ निवेदन दायर भएका छन् ।
उनले साधारणतर्फको निवेदनको प्रारम्भिक सुनुवाइ यही पुस ८ गते र संवैधानिक इजलासमा परेको निवेदनको प्रारम्भिक सुनुवाइ पुस १० गते तोकिएको जानकारी दिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी बनाई निवेदन दायर गरिएको उनले जानकारी दिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सरकारका सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा ९१० र ९७० तथा धारा ८५ बमोजिम प्रतिनिधिसभा विघटन गरेका थिए ।
...




![देशवासीका नाममा प्रधानमन्त्री ओलीको सम्बोधन [LIVE]](https://interviewnepal.com/wp-content/uploads/2020/12/KP_Oli_1_6CjvX76T61-780x440.jpg)




