Thursday, March 28
Shadow

फुटको निर्णायक विन्दुमा नेकपा, दुवै पक्षले बोलाए केन्द्रीय कमिटी


  • -इ
  • इ+

काठमाडौं , पुस ७ । सत्तारुढ दल नेकपाका दुवै समूहले केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। मंगलबारका लागि दुवै पक्षले फरक फरक स्थानमा केन्द्रीय कमिटीको बैठक बोलाएका हुन्।

दुई पक्षले आज बेग्लाबेग्लै स्थान र समयमा केन्द्रीय समितिको बैठक बोलाएका छन् । यी दुई समानान्तर बैठकहरु नेकपा विभाजनका लागि औपचारिक प्रस्थानविन्दु हुने मानिएको छ ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अलग-अलग केन्द्रीय कमिटी बैठक बोलाएपछि पार्टी फुट्ने निश्चित भएको हो । प्रचण्ड(माधव नेपाल पक्षले दिउँसो १ बजे थापाथलीस्थित कार्की बैंङ्क्वेटमा केन्द्रीय समितिको बैठक बोलाएको छ । यो बैठकले केपी ओलीलाई अनुशासनको कारवाही गर्ने नेताहरुको भनाई छ ।

आजको केन्द्रीय कमिटी बैठकबाट ओलीलाई कारवाही गरेपछि बुधबारको संसदीय दलको बैठकले ओलीलाई हटाएर अर्का अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता चयन गर्ने तयारी रहेको बुझिएको छ । तर, प्रधानमन्त्री ओलीले आफू अध्यक्ष भएकाले अरुले कारवाही गर्न नसक्ने तर्क गरिरहेका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अन्ततः फुट्ने निश्चित प्रायः भएको छ । अविश्वास प्रस्ताव र संसद विघटनपछिको नाटकीय घटनाक्रमपछि अब नेकपा फुटको प्रक्रियामा औपचारिक रुपमै अगाडि बढेको हो ।

विकसित घटनाक्रमलाई नियाल्दा दुवै पक्ष पार्टी विभाजनका लागि अन्तिम तयारीमा जुटेको स्पष्ट हुन्छ ।
दुबै पक्षको तयारी हेर्दा सत्तारुढ नेकपामा फुटले आजै औपचारिक पाउने निश्चित जस्तै देखिन्छ । मात्र अबको लडाई पार्टीमा कुन पक्षले कब्जा गर्ने र कुन पक्षले नयाँ पार्टी बनाउने भन्ने हो । दुवै पक्षका आ-आफ्ना दावीका बीचमा पार्टीको स्वामित्व कुन पक्षले पाउछ भन्ने विषय निर्वाचन आयोगले नै टुंगाउनु पर्ने हुनसक्ने देखिएको छ ।

संसद् नरहेको अवस्थामा पार्टी विभाजनका लागि केन्द्रीय कमिटीको अंक गणित महत्त्वपूर्ण हुन्छ । सोमबार बिहानदेखि साँझसम्म भएका दुवै समूहका गतिविधि आन्तरिक शक्ति परीक्षणकै उपज मानिएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares