Sunday, May 10
Shadow

Author: Interview Nepal

संसद्‍ विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ आज, देला त निकास ?

संसद्‍ विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ आज, देला त निकास ?

ब्यानर समाचार, समाचार
काठमाडौं , पुस १० । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका सबै रिटको सुनुवाइ शुक्रबार संवैधानिक इजलासमा हुँदैछ । सर्वोच्चमा बुधबार भएको सुनुवाइपछि यी सबै मुद्दा संवैधानिक इजलासमा पठाइएको थियो । बुधबार रिट निवेदकको तर्फबाट भएको बहसपछि यी रिट संवैधानिक इजलासमा लैजाने निर्णय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले गरेको हो ।एकसाथ शुक्रबार १३ रिटमाथि संवैधानिक इजलाशमा सुनुवाइ सुरु हुनेछ । संसद् भंग गर्ने निर्णय सम्बन्धी मुद्दा अदालतमा विचाराधिन भएकाले शुक्रबारको संवैधानिक इजलासमा हुने सुनुवाइलाई महत्वका साथ हेरिएको छ । आज प्रधानन्यायाधीश राणासहित पाँच न्यायाधीशको संवैधानिक इजलासले सुनुवाइ गर्नेछ ।बुधबार रिट निवेदकका तर्फबाट कृष्णप्रसाद भण्डारी, अधिवक्ता गोविन्द बन्दी, शम्भू थापा, हरिहर दाहाल, दिनेश त्रिपाठी, टीकाराम भट्टराई, कञ्चन कृष्ण न्यौपाने बसह गरेका थिए । प...
हिल्साको तापक्रम माइनस १५ डिग्रीमा झर्दा सीमा सुरक्षाकर्मीलाई सास्ती, नदीमा जम्यो बरफ

हिल्साको तापक्रम माइनस १५ डिग्रीमा झर्दा सीमा सुरक्षाकर्मीलाई सास्ती, नदीमा जम्यो बरफ

मुख्य समाचार, समाचार, स्थानिय तह
काठमाडौं, पुस १० । हुम्लाको नाम्खा गाउँपालिकासँग जोडिएको चीनसँगको सीमाक्षेत्र हिल्साको कर्णाली नदीमा बरफ जमेपछि हिल्सामा रहेका सुरक्षाकर्मी र घर कुरुवालाई समस्या भएको छ । चिसो अत्यधिक बढेको हिल्सामा हाल तापक्रम माइनस १५ डिग्री सेल्सियस पुगेको छ । नाम्खा–५ अन्तर्गत पर्ने हिल्सा क्षेत्रको कर्णाली नदीमा बरफ जमेर पानी नदेखिने भएको सीमा सुरक्षाका लागि बस्दै आएका हिल्सा ९बिओपी० का इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसीले बताउनुभयो । उहाँका अनुसार नदीमा पानी नदेखिएर बरफले सेताम्मे देखिने गरेको छ । यो क्षेत्रमा यतिखेर घाम नलाग्ने भएका कारण चौबिसै घण्टा नदीमा बरफ जम्ने गरेको छ । नदीमा जमेको बरफमाथि चाहेमा वारपार गर्नसमेत सकिने भएको छ । चिसोका कारण नाकामा बस्दै आएका सशस्त्र प्रहरी र घर कुरुवा व्यक्तिहरुलाई बाहिर निस्किनसमेत समस्या भएको केसीले बताए । उक्त ठाउँका घरहरु कर्णाली नदी नजि...
देशभर चिसो बढ्यो, काठमाडौंको तापक्रम २ डिग्रीमा

देशभर चिसो बढ्यो, काठमाडौंको तापक्रम २ डिग्रीमा

मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौं , पुस १० । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । देशभर मौसम सामान्यतया सफा रहेपनि पश्चिमी वायुको सामान्य प्रभावले तराई/पहाडका केहि भू-भागमा हुस्सुरकुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंको शुक्रबार बिहानको तापक्रम २ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । बिहीबार न्यूनतम तापक्रम ४ डिग्री मापन गरिएको काठमाडौंको तापक्रम शुक्रबार झण्डै २ डिग्रीले घटेको हो । काठमाडौंको शुक्रबार दिउँसोको तापक्रम १८ देखि २० डिग्रीसम्म पुग्ने पूर्वानुमान गरिएको छ ।...
विश्वभर ‘क्रिसमस डे’ मनाइँदैै , किन मनाइन्छ ?  यस्तो छ धार्मिक आस्था र महत्व

विश्वभर ‘क्रिसमस डे’ मनाइँदैै , किन मनाइन्छ ? यस्तो छ धार्मिक आस्था र महत्व

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस १० । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मालम्बीहरूले आज क्रिसमस डे पर्व मनाउँदैछन् । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । क्रिसमस येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ । नेपालमा ४ सय वर्ष अघिबाट क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रिष्टियन महासंघका पदाधिकारीहरु बताउँछन् । विक्रम संवत् ०६२–६३ को ऐतिहासिक परिवर्तनले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता घोषणा गर्नुका साथै राज्यले ख्रीष्टमस पर्वलाई येशु ख...
स्थानियतहमा लुटको खेती :  सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमै

स्थानियतहमा लुटको खेती : सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमै

आर्थिक, ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, पुस १० । सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनमा स्थानीय तहसमेत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्बन्धी भ्रष्टाचार सम्बन्धी उजुरी ३०.०७ प्रतिशत परेको उल्लेख छ । आयोगले उक्त प्रतिवेदन बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले मन्त्रालयगत रूपमा स्थानीय तहका कारणले सामान्य प्रशासनतर्फ सबैभन्दा धेरै उजुरी परेको पाइएको जानकारी दिए। शिक्षा क्षेत्रमा १६.३६, भूमि प्रशासनमा ८.२९ प्रतिशत उजुरी परेका छन् । त्यस्तै, दर्ता उजुरीमध्ये वन तथा वातावरणसँग सम्बन्धित ४.२१, स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धित ४.०७ र गृह प्रशासनसँग सम्बन्धित ३.६५ प्रतिशत छन् । भौतिक पूर्वाधार तथा यातायाततर्फ ३।५९, ऊर्जा, जलस्रोत तथा सिँचाइतर्फ २.६६, अर्थतर्फ २.१७ प्रतिशत उजुरी परेका छन् ।...
आजको मौसमः कुन ठाउँमा कस्तो ?

आजको मौसमः कुन ठाउँमा कस्तो ?

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम
  काठमाडौं पुस १० । अहिले देशभर मौसम सामान्यतया सफा रहेको छ तथा तराईरपहाडका केहि भू(भागमा हुस्सुरकुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम बदली भएको हो । यस्तो छ तीन दिनको पूर्वानुमान पौष १० गते (शुक्रबार) दिउँसो : देशको पहाडी भू-भागमा आँशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । राती : प्रदेश नं १ मा आँशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पौष ११ गते (शनिबार) दिउँसो : प्रदेश नं १ र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आँशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । राती : गण्डकी प्रदेश,लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आँशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पौष १२ गते (आईतबार) दिउँसो : गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, क...
संसद विघटनः विरोधमा प्रचण्ड–माधव पक्षका कार्यकर्ताको मसाल जुलुस

संसद विघटनः विरोधमा प्रचण्ड–माधव पक्षका कार्यकर्ताको मसाल जुलुस

मुख्य समाचार, राजनिती
काठमाडौं , पुस ९ । नेकपा प्रचण्ड–माधव पक्षका कार्यकर्ताले संसद विघटनको विरोधमा मसाल जुलुससहित प्रदर्शन गरेका छन् । बिहीबार साँझ काठमाडौंको बिजुली बजारदेखि बबरमहलसम्म उनीहरुले मसाल जुलुस प्रदर्शन गरेका हुन् । प्रचण्ड माधव पक्षको बिहीबारै बसेको केन्द्रीय समिति बैठकले संसद विघटनको विरोधमा आन्दोलनका कार्यक्रम तय गरेको थियो । नेपाली कांग्रेसले पनि आन्दोलनको घोषणा गरेको छ ।...
आईपी टीभी शुरू गर्ने तयारीमा टेलिकम, यस्तो छ सुविधा

आईपी टीभी शुरू गर्ने तयारीमा टेलिकम, यस्तो छ सुविधा

समाचार, समाज, सुचना प्रविधि
काठमाडौं, पुस ९ । नेपाल टेलिकमले दुई वर्षदेखि तयारी गरेको आईपी टीभीको प्राविधिक काम सकेर औपचारिक रूपमा एक सातापछि घोषणा गर्ने भएको छ। ग्राहकको रोजाई इन्टरनेटसँगै आईपी टीभीतर्फ भएकोले सजिलो र सहजताका लागि टेलिकमले प्रविधिको प्रयोगबाट टीभी हेर्ने सुविधा थप गरेको हो। सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले १७ पुसदेखि फाइबर टू दि होम ९एफटीटीएच०मार्फत आईपी टीभी सेवा शुरू गर्ने भएको छ। टेलिकमले काठमाडौं उपत्यकाबाट यो सेवा शुरू गर्ने र ७७ वटै जिल्लामा विस्तार गर्दै जाने घोषणा आगामी साता गर्दैछ। टेलिकमले शुरू गर्न लागेको इन्टरनेटसहितको यस्तो आईपी टीभी ग्राहकले प्रविधिको प्रयोगले टीभी हेर्न पाउने सुविधा थप हुने बताएको छ। यस्तो इन्टरनेटमा ग्राहकले १५ एमबीपीएस भन्दा माथिको गतिमा लिएको सेवाका लागि आईपी टिभी उपलब्ध हुने टेलिकमका सहप्रवक्ता रन्जित लोहिया बताउँछन्। आईपी टीभीको सेव...
वरिष्ठ नेता पौडेलको ओलीलाई चुनौती- सक्नुहुन्छ भने मसँग चुनाव लड्नुस्

वरिष्ठ नेता पौडेलको ओलीलाई चुनौती- सक्नुहुन्छ भने मसँग चुनाव लड्नुस्

मुख्य समाचार, राजनिती
काठमाडौँ, पुस ९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूसँग चुनाव लड्न चुनौती दिएका छन् । बिहीबार सानेपामा केन्द्रीय कार्य समिति बैठकपछि पत्रकारसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले आफूलाई ‘चुनाव हार्ने डरले प्रतिनिधिसभा विघटनको विरोध गरेको’ भनी ओलीले लगाएको आरोपको प्रतिवाद गर्दै आफूसँग चुनाव लड्न चूनौती दिएका हुन । बुधबार एक टेलिभिजन कार्यक्रममा प्रधानमन्त्रीले पौडेललाई चुनाव जितेर सभापति बनेर देखाउन चुनौती दिएका थिए ।पत्रकारहरुले पौडेललाई केही समय अघि नेकपाका असन्तुष्ट पक्ष दाहाल–नेपालसँग भएको छलफलका विषयमा समेत जिज्ञासा राखेका थिए । सो जिज्ञासामा नेता पौडेलले आफूलाई पदको लोभ भन्दा पनि सिद्धान्त महत्वपूर्ण भएको प्रतिकृया दिए ।...
प्ररेणादायी २२ भनाइहरु ! जसले बदल्न सक्छ तपाइको जिन्दगी

प्ररेणादायी २२ भनाइहरु ! जसले बदल्न सक्छ तपाइको जिन्दगी

जिवनसैली, टिप्स, साहित्य/कला
1] जब कसैले तपाईको copy गर्छ, भने सम्झिनुस् तपाई Success हुदै हुनुहुन्छ । 2] कमाउनुस्…कमाउदै रहनुस् तब सम्म कमाउनुस् जब सम्म मंहन्गो सामान पनि सस्तो लाग्दैन । 3] यदि तपाईको “plan A ” ले काम गरेको छैन भने, नआत्तिनुस् अझै 25 वटा Letters बाकी नै छ । 4] जुन व्यक्तीले कहिलै गल्ती गरेको छैन, त्यस व्यक्तीले कहिलै नँया गर्नै कोसिस पनि गरेको हुदैन । 5] कुनै महान व्यक्तीले अवसरको कमी बारे सिकायत गर्दैन । 6] महानता त्यो होइन जो कहिलै लड्दैन, महानता त्यो हो जो बारम्बार लडेर पनी उठ्छ । 7] जुन चीजमा तपाईको Interest छ ,त्यो चीज पाउनको लागी कुनै समय फिंक्स हुदैन, चाहे त्यो रातको 12 किन नबजेको होस् । 8] यदि तपाई कुनै चीज राम्रो होस भन्ने चाहनु हुन्छ भने,त्यो तपाई आफै गर्नुस् । 9] खाली खडा भएर पानी हेर्दैमा, तपाई नदि तर्न सक्नु हुन्न । 10] जीतने वालाले बेग्लै कुरा गर्दैन, ताकी...