Friday, April 26
Shadow

मकवानपुरमा जिप दुर्घटना हुँदा नौजना घाइते, सातको अवस्था चिन्ताजनक


  • -इ
  • इ+

काठमाडौं, पुस १० । हेटौँडा–नारायणगढ सडकखन्डअन्तर्गत् पर्ने नेवारपानीबाट मकवानपुरकै उत्तरीभेगमा पर्ने राक्सिराङ गाउँपालिका–१, ठूलो भावरतर्फ जाँदै गर्दा ग१ज ७२८९ नम्बरको जिप शुक्रबार अनियन्त्रित भई दुर्घटना हुँदा नौ यात्रु घाइते भएका छन् ।

घाइते यात्रुलाई स्थानीय प्रहरी र गाउँलेले तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते यात्रुको हाल हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइते भएकामध्ये दुईजना सामान्य र सातजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमरप्रसाद गजमेहरले जानकारी दिए । प्रहरीले बोलेरो जीपका चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares