Tuesday, August 4
Shadow

Author: Interview Nepal

नेकपा विवादित भएकाे समयमा चिनियाँ टाेलीकाे नेपाल पवेश

नेकपा विवादित भएकाे समयमा चिनियाँ टाेलीकाे नेपाल पवेश

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, राजनिती
  काठमाडौं, १२ पुस । नेपाल कम्युनिष्ट पार्टीभित्रको अन्तरसंघर्षका कारण छिमेकमा उत्पन्न नयाँ राजनीतिक घटनाक्रमलाई नजिकबाट बुझ्न चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचैको नेतृत्वमा यौटा टोली अहिले भर्खर एअर चाइनाको उडान (Ca\ 437)बाट छङ्तु हुँदै काठमाडौं आइपुगेको छ । चार सदस्यीय चिनियाँ टोलीले नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँग भोलि बिहान ९ र ११ बजे भेटघाट गर्ने कार्यक्रम रहेको छ । स्रोतका अनुसार आज दिउँसो तीन बजे चिनियाँ दूतावास,बालुवाटारमा दुबै पक्षका विदेश मामिला प्रतिनिधिहरूसँगलाई संयुक्त भेटघाट गरी बृफिङ्ग लिने योजना थियो । तर,त्यसमा बालुवाटारबाट प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई जाने निश्चित भएको छ । नेकपा बहुमतले प्रतिनिधिहरूले दूतावासमा भेटवार्ता गर्दा राम्रो सन्देश नजाने भएकाले त्यसो न...
एमसीसी सम्झौता कार्यान्वयन गर्नुपर्छ : ऊर्जामन्त्री रायमाझी

एमसीसी सम्झौता कार्यान्वयन गर्नुपर्छ : ऊर्जामन्त्री रायमाझी

ब्यानर समाचार 2, राजनिती, समाचार
काठमाण्डौँ, पुष १२ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले आज पद बहाली गरेका छन्। पद बहाली गर्दै मन्त्री रायमाझीले लक्ष्यअनुसार मुलुकको समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिए। उनले भन्नुभयो, ‘हामी ऊर्जामा अझै पनि आत्मनिर्भर हुन सकेका छैनौँ तर पनि निर्यातको क्षेत्रमा अगाडि बढिरहेका छौँ, देशको विकास र समृद्धिलाई अगाडि बढाउन ऊर्जा क्षेत्रका सम्भावनालाई अगाडि बढाउनुपर्ने छ।’ मन्त्री रायमाझीले आगामी दिनमा ऊर्जा उत्पादन र खपत बढाउँदै जाने योजना सुनाए। उनले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग सम्बन्धित विषय देशको पक्षमा रहेको बताउँदै त्यसबारे विवाद सिर्जना गर्नेभन्दा पनि कार्यान्वयनको पक्षमा सहयोग गर्न आग्रह गरे। सिँचाइको क्षेत्रका सम्भावनालाई केलाउँदै योजना बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ। मन्त्रालयका सचिव मधुसुदन अधिकारीले मन...
कति छ आज सुनचाँदीको मूल्य?

कति छ आज सुनचाँदीको मूल्य?

आर्थिक
काठमाडौँ ,पौष १२ आज सुनचाँदीको मूल्यमा स्थिर रहेको छ। शुक्रबारकै मुल्यमा छापावाल सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार हुनेछ भने सोही परिमाणको तेजावी सुनलाई ९३ हजार ७०० रुपैयाँ पर्नेछ । त्यस्तै, आज चाँदी प्रतितोला एक हजार २८० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...
संसद् विघटनपछि डरायाे गृहमन्त्रालय,के दियाे निर्देशन?

संसद् विघटनपछि डरायाे गृहमन्त्रालय,के दियाे निर्देशन?

ब्यानर समाचार 2, राजनिती, समाज
काठमाडौं, १२ पुस । संसद् विघटनपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै गृहको परिपत्रअनुसार प्रहरी प्रधान कार्यालयले डीआईजीलाई प्रदेश र अन्यलाई जिल्ला नछोड्न निर्देशन दिएको छ। अत्यावश्यकबाहेक सबै बिदामा समेत रोक लगाइएको प्रहरी प्रवक्ता एसएसपी वसन्त बहादुर कुवँरले बताएका छन। संसद् विघटनपछि देशभर प्रहरीलगायत अन्य सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको छ । विभिन्‍न स्थानमा हुनसक्ने प्रदर्शन र त्यसबाट उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा निकाय सतर्क भएका हुन् । यस्तै उपत्यकामा पनि सुरक्षा सतर्कता विगतको भन्दा बढाइएको छ । प्रधानमन्त्री र राष्ट्रपति निवासको सुरक्षासमेत बढाइएको छ । अर्को व्यवस्था नभएसम्मका लागि यस्तो निर्देशन भएको हो । ...
प्रदेश १ को प्रदेशसभा बैठक आगामी माघ ७ गते बोलाइयाे

प्रदेश १ को प्रदेशसभा बैठक आगामी माघ ७ गते बोलाइयाे

मुख्य समाचार, राजनिती
काठमाडौं, १२ पुस । प्रदेश १ को प्रदेशसभा बैठक आगामी माघ ७ गते बोलाइएको छ ।आज बसेको प्रदेश मन्त्रिपरिषद्‌को बैठकले बैठक बैठक बोलाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीका अनुसार आगामी माघ ७ गते हिउँदे अधिवेशन सुरु गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको छ।...
मुलुकभर कार्यकर्ता भेला गर्दै प्रचण्ड-नेपाल समूह,उपत्यकामा कहिले ?

मुलुकभर कार्यकर्ता भेला गर्दै प्रचण्ड-नेपाल समूह,उपत्यकामा कहिले ?

ब्यानर समाचार, राजनिती, समाचार
काठमाडौं, १२ पुस । प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका कार्यक्रम अगाडि बढाएको नेपाल कम्युनिष्ट पार्टी नेकपा को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आज ७७ वटै जिल्लामा कार्यकर्ता भेला गर्दैछ । भेलामा प्रतिगमनविरुद्धको संघर्ष अगाडि बढाउन अभिमुखी कार्यक्रम सञ्चालन गर्ने पक्षले १४ गते राजधानी र जिल्लाहरुमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ भने २० गतेसम्म नगरपालिका र गाउँपालिकामा पार्टीको बैठक र भेला गर्ने जनाएको छ। २५ गतेसम्म वडामा पार्टीका बैठक र भेला हुने बताइएको छ । शनिबार बसेको प्रचण्ड–नेपाल समूहको सचिवालय बैठकले संगठन परिचालन र विस्तारलाई तिव्रता दिने निर्णय गरेको थियो पार्टी विभाजन भएपछि नेकपाका दुई पार्टि विवादिदमा रहेका छन।...
प्रदेश १ मा तीन मन्त्रीले दिए राजीनामा, शेरधन राई अल्पमतमा

प्रदेश १ मा तीन मन्त्रीले दिए राजीनामा, शेरधन राई अल्पमतमा

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष १२ प्रदेश १ का अर्थमन्त्री इन्द्र आङ्बोलाई मुख्यमन्त्री शेरधन राईले बर्खास्त गरेको भोलिपल्ट सामाजिक विकास मन्त्री जीवन घिमिरे र दुईजना राज्यमन्त्रीले राजीनामा दिएका छन् । सामाजिक विकास मन्त्री घिमिरेसँगै राजीनामा दिनेहरुमा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय कुमार विश्वास छन् । केन्द्रमा नेकपा विभाजित भएपछि त्यसको असर प्रदेश १ मा पनि परेको छ । प्रदेश १ मा केपी ओली पक्षका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी प्रचण्ड–माधव पक्षका नेताहरुले गरिरहेका छन् । यही तयारीमा लागेको आरोपमा शनिबार मुख्यमन्त्री शेरधनले अर्थमन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गरेका थिए । कुल ९३ सीट रहेको प्रदेश सभामा नेकपाका मात्रै ६७ सांसद थिए । पार्टी विभाजनपछि ओली पक्षमा पक्षमा २२ जना मात्रै छन् भने प्रचण्ड–माध...
जापान प्रबेश गर्ने नयाँ प्रबेशीहरुलाई  प्रतिबन्ध,कस्ले जान पाउने?

जापान प्रबेश गर्ने नयाँ प्रबेशीहरुलाई प्रतिबन्ध,कस्ले जान पाउने?

अन्तर्राष्ट्रिय
काठमाडौं , पुस १२। सरकारले बिदेश बाट जापान प्रबेश गर्ने नयाँ प्रबेशीहरुलाई २८ तारिख बाट लागु हुने गरी प्रतिबन्ध लगाएको छ । कोरोना सक्रमितहरुको संख्या बढ्दो क्रममा रहेको र छिटो फैलनसक्ने नयाँ कोरोना भाईरसका सक्रमित समेत भेटिन थालेपछी जापानले नयाँ प्रबेशमा रोक लगाएको हो । बेलायत र साउथ अफ्रिकाबाट भने पूर्ण रुपमा यस अघिनै आवतजावतमा प्रतिबन्ध लगाइसकिएको छ । बेलायत र साउथ अफ्रिका बाहेक अरु मुलुक बाट बिजनेस भिषामा जापान आउन पाउने छन् तर घुम्ने उद्देश्यले जापान आउन चाहानेहरुलाई भने अप्रिल महिना बाटै अनुमति दिईएको छैन । सम्बन्धित देशमा रहेको दुतावास बाट भिषा लिएर बसेकाहरुको प्रबेशमा भने प्रतिबन्ध नलगाइएको बिदेश मन्त्रालयले सूचना जारी गरी जानकारी गराएकोछ । पछिल्लो १४ दिन भित्र बेलायत र साउथ अफ्रिकाको भ्रमण गरेकाहरु भने पहिलेनै भिषा लिएका भए पनि प्रबेश अनुमति पाउने छैनन् ।...
सुन्दा अच्चम लाग्ला ! जन्मदिनमा कुखुराको शानदार पार्टी

सुन्दा अच्चम लाग्ला ! जन्मदिनमा कुखुराको शानदार पार्टी

Uncategorized, अचम्मका कुरा
काठमाडौं । सुन्दा अच्चम लाग्ला तर जन्मदिनमा कुखुराको शानदार पार्टी गरिएको छ । भारतको कर्नाटकस्थित बेलगाम जिल्लामा एक परिवारले आफ्नो घरमा एक कुखुरा पालेको थियो । त्यो कुखुरा उनीहरुकै घरमा जन्मिएको थियो । उसको जन्मदिनमा परिसवारले दमदार पार्टी राखेका छन । कुखुराको नाम वीरु र शेरु रहेको छ । उनीहरुको जन्मदिनको दिन मानिसको जसरी नै केक काटिके थिए । आजको संसारमा मानिसहरु जीवजनावरहरुलाई धेरै प्रेम गर्ने गर्छन् । कोहि त आफ्नो जीवनसाथी समेत जजनावरलाई बनाउँछन् । अहिले सोसल मिडियामा एउटा समाचार भाइरल बनिरहेको छ ।  ...
कोरोना सम्बन्धी भ्रामक समाचार लेखेको आरोपमा पत्रकार पक्राउ

कोरोना सम्बन्धी भ्रामक समाचार लेखेको आरोपमा पत्रकार पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस ११ । कोरोना सम्बन्धी भ्रामक समाचार लेखेको आरोपमा एक जना पत्रकार पक्राउ परेका छन् । यो खबर जोर्डन हो । जोर्डनमा कोरोनाभाइरस खोप राज्यमा आएको र सरकारी अधिकारीहरूले उक्त खोप लगाइसकेको भनी भ्रामक समाचार लेखेको आरोपमा ती पत्रकारलाई पक्राउ गरिएको हो । “सरकारी अधिकारीहरूले कोरोनाभाइरस खोप लगाएको भ्रामक समाचार सम्प्रेषण गरेको आरोपमा पत्रकार जमाल हद्दादलाई अनलाइन पत्रिका अलवाकाइका सम्पादकलाई बिहीबार पक्राउ गर्ने आदेश दिइएको छ,” राज्य सुरक्षा अदालतका अभियोजनकर्ताहरूले बताएका छन् । एएफपीले पाएको जानकारीमा देशको सुरक्षालाई नै खतरामा पार्ने र राष्ट्रघाती काम गरेको आरोप लगाइएको सरकारी अधिकारीले बताएका छन् । मुद्दाको सुनुवाईका लागि पत्रकारलाई १५ दिनसम्म नजरबन्द राख्ने आदेश दिइएको छ ।...