Thursday, April 25
Shadow

तपाईंलाई पत्यार नलाग्न सक्छ , यी ब्यक्ति जस्ले ६० बर्ष देखि नुहाएका छैनन्


  • -इ
  • इ+

काठमाडौं, पुस १३ । यी व्यक्ति जसले ६० बर्ष देखि ननुहाई बसेका छन् । यस्तो सुन्दा र पढ्दा भन्ने तपाईंलाई पत्यार नलाग्न सक्छ ।

तर, विश्वमा यस्ता व्यक्ति भेटिएका छन् जो ६० बर्ष देखि ननुहाई बसेका छन् । यो प्रसङ्ग इरानको हो । सामाचार माध्यमहरुमा जनाईएअनुसार, इरानका ८० वर्षीय अमो हाजीले ६० वर्षयता नुहाएका छैनन् ।

त्यही ६० वर्षदेखि ननुहाएर उनि विश्वकै सवैभन्दा फोहरी व्यक्ति बनेका छन् । अमो हाजी अजिव तरिकाले जीवन व्यतीत गरिरहेका छन् । २० वर्षको हुँदा नुहाउन छाडेका उनले ६० वर्षदेखि शरीरमा एक थोपा पनि पानी पर्न दिएका छैनन् । नुहाएमा आफू विरामी पर्ने उनको दावी छ ।

उनी आफ्नो खाना र पिउने पानी पनि कहिल्यै सफा राख्दैनन् । उनी जनावरका सडेगलेका मासु खाने गर्छन् भने पानी पनि फोहर नै पिउँछन् । जब उनको कपाल लामो हुन्छ उनी काट्नुको साटो जलाउँछन् । उनको शरीरमा बश्त्र पनि कहिल्यै सफा हुँदैन । चिसोबाट बच्न भने उनी हेलमेट लगाउँछन् । तर, पनि उनलाई आफ्नो अनुहार सुन्दर लाग्छ ।

३८ वर्षसम्म ननुहाएर विश्वमा सवैभन्दा लामो समयसम्म ननुहाएको कीर्तिमान भारतका ६६ वर्षका कैलाश सिंहको नाममा छ । तर, कैलाशको कीर्तिमान आफूले धेरै अघि तोडेको हाजीको दावी छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares