Wednesday, May 13
Shadow

Author: Interview Nepal

अस्पतालमा भीषण आगलागी, १० नवजातको मृत्यु

अस्पतालमा भीषण आगलागी, १० नवजातको मृत्यु

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, पुस २५ । एक अस्पतालमा भीषण आगलागी भएको छ । भारतको महाराष्ट्रस्थित रहेको एक अस्पतालमा भीषण आगलागी भएको हो । आगलागीका कारण १० नवजात शिशुको मृत्यु भएको छ । उनीहरुको उमेर एक दिनदेखि ३ महिनासम्म रहेको छ । आगलागीका कारण शर्ट सर्किट बताइएको छ । जिल्ला अस्पतालमा शनिबार बिहानै अगलागी भएको हो । आगलागी न्यूबर्न केयर युनिटमा बिहानै २ बजे लागेको अस्पतालका सिभिल सर्जन प्रमोद खांडतेले बताए । युनिटबाट सात शिशुलाई बचाइएको छ ।...
काठमाडौंका यी दर्जनभन्दा बढी स्थानमा आज बिजुली बन्द हुने

काठमाडौंका यी दर्जनभन्दा बढी स्थानमा आज बिजुली बन्द हुने

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस २५। आज (शनिबार) काठमाडौंका दुई दर्जनभन्दा बढी स्थानमा बिजुली बन्द गरिने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार चक्रपथ विस्तारका लागि ढुंगेधारा, गोलढुंगा, स्वयम्भू फिडरमा पर्ने ११ हजार भोल्टको हाइटेन्सन लाइन स्थानान्तरण गर्नुपर्ने भएकाले त्यसअन्तर्गतका विभिन्न स्थानमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत्ल आपूर्ति बन्द गरिने भएको हो । ...
माघको पहिलो हप्ताबाट काठमाडौंमा विद्यालय खोल्ने तयारी

माघको पहिलो हप्ताबाट काठमाडौंमा विद्यालय खोल्ने तयारी

मुख्य समाचार, शिक्षा, समाचार, समाज
. काठमाडौं, पुस २५ । काठमाडौं महानगरपालिकाले नगर भित्रका विद्यालय माघको पहिलो हप्ता भित्रबाट खोल्ने तयारीमा लागेको छ । मन्त्रिपरिषद्को बैठकले खोल्ने निर्णय गरे माघको पहिलो हप्ताबाट विद्यालय खोल्ने अन्तिम तयारीमा जुटेको काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख नवराज ढकालले जानकारी दिए । विद्यालयको सम्बन्धमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले मन्त्रिपरषद्मा सिफारिस पठाएको र यसै निर्णयको कुरेर बसेको महानगरका शिक्षा विभाग प्रमुख ढकालले बताए । मन्त्रिपरिषद् वैठकले काठमाडौं महानगरपालिकाका विद्यालय खोल्ने निर्णय गरे स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर निजी, सामुदायिक विद्यालय खोल्न अनुमती दिने महानगरको तयारी रहेको उनले जानकारी दिए ।...
कोरोना प्रकोप : विश्वभर ६ करोड ३९ लाखभन्दा बढीले जिते , मृत्यु कति ?

कोरोना प्रकोप : विश्वभर ६ करोड ३९ लाखभन्दा बढीले जिते , मृत्यु कति ?

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, पुस २५ । विश्वभर ६ करोड ३९ लाखभन्दा बढीले कोरोना भाइरसको संक्रमण जितेका छन् ।शनिबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर ८ करोड ९३ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्र ८ लाख २० हजारभन्दा बढीमा संक्रमण भएको छ । यो समाचार तयार पार्दासम्म कुल संक्रमितको ७१ प्रतिशतभन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा ३ लाखभन्दा बढी निको भएपछि संक्रमणमुक्त हुनेको संख्या ६ करोड ३९ हजार ९४ हजार नाघेको छ । अहिलेसम्म १९ लाख २० हजार ७९० संक्रमितको मृत्यु भएको छ । कुल संक्रमितको आधारमा मृत्यु हुनेको यो संख्या २।१५ प्रतिशत हो । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर १४ हजारभन्दा धेरैको मृत्यु भएको छ । कुल संक्रमितको २६।२१ प्रतिशत संक्रमित अहिले पनि उपचारका क्रममा छन् । अर्थात सक्रिय संक्रिमतको संख्या २ करोड ३४ लाख १६ हजार ५३६ छ । यसमध्ये १ लाख ८ हजार ८५४ जनाको अवस्था...
प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको विरोध प्रदर्शन आज , कुन नेताले कहाँबाट गर्दैछन् सम्बोधन ?

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको विरोध प्रदर्शन आज , कुन नेताले कहाँबाट गर्दैछन् सम्बोधन ?

ब्यानर समाचार, राजनिती
  काठमाडौं , पुस २५ । । नेपाली कांग्रेसले आज प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन देशव्यापीरुपमा गर्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा पुस १९ गते बसेको केन्द्रीय समिति बैठकले आज(पुस २५ गते) ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । यस्तै विरोधका कार्यक्रम अन्तर्गत नै माघ ३ गते ७५३ वटै स्थानीय तह र माघ ८ गते देशहरुका सबै ६ हजार ७४३ वटै वडाहरूमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ । गत पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद विघटन गरिएपछि कांग्रेसले यसको विरोध गर्दै आएको छ । पुस १३ गते पनि उसले देशका १६५ वटै निर्वाचन क्षेत्रमा सरकारविरुद्ध प्रदर्शन गरेको थियो । यद्यपी कांग्रेसको अर्को केन्द्रीय समिति बैठक भने माघ ६ गते बस्ने भएको छ । यस्तै अन्य प्रतिपक्षी दल र नेकपाको प्रचण्ड माधव समूहले पनि...
कोरोनािवरूद्ध खोपका लागि नामावली संकलन शुरु

कोरोनािवरूद्ध खोपका लागि नामावली संकलन शुरु

मुख्य समाचार, समाचार, समाज
  काठमाडौं , पुस २५ । स्वास्थ्य मन्त्रालयले पहिलो चरणमा खोप लगाउने स्वास्थ्यकर्मीको नामावली संकलन शुरु गरेको छ । स्थानीय तहमार्फत स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी , महिला, स्वयंसेविका, कर्मचारी, कार्यालय सहयोगीको नामावलीसंकलन थालिएको हो । ठूला अस्पताल र मेडिकल कलेजमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीको तथ्यांक भने स्वास्थ्य सेवा विभागबाट संकलन भइरहेको कान्तिपुर दैनिकमा प्रकाशित छ ।...
कक्षा ११ को पाठ्यक्रम टुंगो नलाग्दा अन्योल

कक्षा ११ को पाठ्यक्रम टुंगो नलाग्दा अन्योल

पत्रपत्रिका, ब्यानर समाचार 2, मुख्य समाचार, शिक्षा
काठमाडौं, पुस २५ । नयाँ र पुरानो कुन पाठ्यक्रम लागु गर्ने भन्ने विषय टुंगो लाग्न नसक्दा यो वर्ष कक्षा ११ मा भर्ना भएका विद्यार्थीको पठनपाठन अझै सुरु हुन सकेको छैन । गत वर्ष पुसमा कक्षा ११ को कोर्स आधाभन्दा बढी पूरा भएर पनि आन्तरिक परीक्षाको तयारी भइरहेको थियो । विगतका वर्षमा जस्तै यतिबेला परीक्षाका लागि चिन्तित हुनुपर्ने विद्यार्थी अहिले पाठ्यक्रम ९नयाँ वा पुरानो० टुंगो नलाग्दा पढाइ कहिले सुरु हुने भनेर छटपटिनु परेको छ । सरकारको निर्णयबमोजिम यस वर्षदेखि कक्षा १ र ११ मा नयाँ पाठ्यक्रम कार्यान्वयन गर्नरगराउन पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ पारित गर्नासाथ विवाद उत्पन्न भएको थियो । कक्षा १ मा खासै असर नपरे पनि कक्षा ११ को पाठ्यक्रमलाई लिएर भने विवाद उत्पन्न भएको हो । असोज २८ गते अभिभावक भगवता अर्यालले संविधानको अनुसूची ८ मा स्थ...
ट्वीटरले सँधैका लागि बन्द गरिदियो ट्रम्पको खाता

ट्वीटरले सँधैका लागि बन्द गरिदियो ट्रम्पको खाता

अन्तर्राष्ट्रिय, मुख्य समाचार
  काठमडौं, पुस २५ । सामाजिक सञ्जाल ट्वीटरले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको खाता सँधैका लागि बन्द गरिदिएको छ । सामाजिक सञ्जालबाट झूठ फैलाइरहेको भन्दै पटक पटक आंशिक प्रतिबन्धमा परेको ट्रम्पको खाता संसद भवनमाथि उहाँ समर्थक हिंस्रक भीडले आक्रमण गरेपछि फेरि रोक लगाएको थियो । बिहीबार ट्रम्पको खातामाथि लगाइएको प्रतिबन्ध केही समयका लागि खोलिएको भए पनि फेरि अमेरिकी समय शुक्रबारबाट भने सँधैका लागि बन्द गरिएको ट्वीटरले जनाएको हो । खाता बन्द गर्दै ट्वीटरले भनेको छ, ‘हालैमा उनले गरेको ट्वीटको नजिकबाट समीक्षा र हालै गराइएको घटनालाई ध्यान दिँदै हिंसा भड्काउने जोखिमका कारण हामीले राष्ट्रपति ट्रम्पको अकाउन्टको स्थायी रुपमा बन्द गरिदिएका छौं ।’ यसअघि जनवरी ६ मा ट्रम्पको खातामा १२ घण्टाका लागि ट्वीटरले प्रतिबन्ध लगाएको थियो ।...
कोरोनाले १० चिकित्कसको मृत्यु, १५ जना आइसीयूमा भर्ना

कोरोनाले १० चिकित्कसको मृत्यु, १५ जना आइसीयूमा भर्ना

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार
  काठमाडौं, पुस २५ । कोरोना भाइरस सङ्क्रमित लेबनानका १० चिकित्सकको मृत्यु भएको छ । कोरोनाबाट सङ्क्रमित भएकामध्ये अरू १५ चिकित्सक अति सघन कक्षमा उपचार गराइरहेका छन् भने झण्डै २०० जना क्वारेन्टिनमा रहेका छन् । लेबनानको चिकित्सासम्वन्धी एउटा सवैभन्दा ठूलो संस्थाका प्रमुख रहेका चाराफ अबोले भने, ‘महामारीले नराम्ररी सताउने छ, सवै आम नागरिक अत्यन्त संवेदनशिल र सचेत हुन आवश्यक छ, स्वास्थ्यकर्मीहरुले पनि काम गर्दा उच्च सतर्कता अपनाउनु पर्छ ।’ लेबनानमा पछिल्लो २४ घण्टामा मात्रै ५ हजार ४४० जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो वृद्धिसँगै लेवनानमा कोरोना संक्रमितको सङ्ख्या दुई लाख १० हजार १३९ पुगेको छ ।...
प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता माघ २ गतेदेखि सुरु हुने

प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता माघ २ गतेदेखि सुरु हुने

खेलकुद
काठमाण्डौ , पुस २४ । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता माघ २ गतेदेखि सुरु हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रतियोगिता माघ २ गतेदेखि गर्ने जनाएको हो । माघ १७ गतेसम्म चल्ने प्रतियोगिताका खेल त्रिवि मैदान कीर्तिपुर र मुलपानीमा हुने छ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । उद्घाटन खेलमा आर्मी र गण्डकी प्रदेशबीच त्रिवि मैदानमा प्रतिस्पर्धा हुने छ ।...