Saturday, January 25
Shadow

प्रधानमन्त्री ओलीको समर्थनमा काठमाडौंमा धोती जुलुस


  • -इ
  • इ+

काठमाडौं, पुस २५ । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा शनिबार राजधानीमा धोती जुुलुस निकालीएको छ । ओलीले गरेको प्रतिनिधि सभा विघटनको समर्थनमा जुलुस निकालिएको हो।

‘धोती, कुर्ता,गम्छा मधेशीका शान, केपी ओली हमनी सबके जान’ भन्ने नाराका साथ जुलुस निकालिएको हो। जुलुसका सहभागीले धोती, कुर्ता र गम्छा पहिरिएका थिए। जुलुसमा ओली पक्षका नेता महेश बस्नेतलगायतको सहभागिता थियो। नेकपाको ओली समूहको युवा संघले शनिबार काठमाडौंमा निकालेको र्‍यालीमा धोती जुलुस निकालिएको हो।

कुनै समय ओलीले मधेशीका बारेमा अनेक अपमानजनक शब्दहरु प्रयोग गर्ने गरेका थिए । संविधान संशोधनको माग राख्दै मधेशमा मानवसाङ्लो बनाउँदा ओलीले त्यसलाई ‘माखे साङ्लो’ भनेका थिए। ओलीले पक्षले मधेशको समर्थन देखाउन काठमाडौंमा ‘धोती जुलुस’ निकालेको हो।

ओलीको निर्देशनमा प्रदेश २ का युवाहरु काठमाडौंमा ल्याएर माइतीघर मण्डलादेखि रत्नपार्कसम्म धोती जुलुस प्रदर्शन गरिएको हो।

उपत्यकाका विभिन्न स्थानहरूबाट निस्केका सबै र्‍याली नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा पुगेर सभामा परिणत हुने जनाइएको छ। भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares