Tuesday, August 11
Shadow

Author: Interview Nepal

वामदेव गौतम पार्टी एकताकै पक्षमा, गरे यस्तो अपिल

वामदेव गौतम पार्टी एकताकै पक्षमा, गरे यस्तो अपिल

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष २५ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताका लागि अपिल गरेका छन् । उनले आज एक अपिल जारी गर्दै पार्टीमा उत्पन्न अन्तरविरोधहरुको समाधान गर्न नसक्नाका कारण विभाजन उन्मुख हुनु पार्टीका शीर्षस्थ नेताहरुको अयोग्यता रहेको टिप्पणी गरेका छन् । हेर्नुहोस उनले सामाजिक संजालमा जारी गरेको अपिल : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान अपिल आदरणीय कमरेडहरु, आज नेपालको कम्युनिष्ट आन्दोलन गम्भीर संकटको मोडमा पुगेको छ । योसंकटले जुर्मुाउँदै उठेको नेपालको कम्युनिष्ट आन्दोलनलाई विभाजन तर्फ धकेली रहेको छ । नेपालको मात्र होइन एसियाको इतिहासमा पहिलो पटक बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणाली अन्तरगत कम्युनिष्ट पार्टीले निर्वाचनबाट दुइतिहाई नजिकको बहुमत प्राप्त लोकतान्त्रिक सरकार निर्माण हुनु आफैमा गौरवमय उपलब्धि थियो । यो उपलब्धि माक्र्स...
.ओलीको चुरीफुरी अब धेरै दिन टिक्दैन :  डा. बाबुराम भट्टराई

.ओलीको चुरीफुरी अब धेरै दिन टिक्दैन : डा. बाबुराम भट्टराई

मुख्य समाचार, राजनिती
काठमाडौं, पुस २५ । जनता समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको चुरिफुरी धेरै दिन नटिक्ने दावी गरेका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा डा. भट्टराईले ओली सरकारको चुरिफुरी केहि दिनका लागि मात्रै भएको बताएका छन् । ओलीले संविधानविपरीत प्रनिनिधिसभा विघटन गरेर प्रतिगमनको बाटो रोजेका कारण सरकारविरुद्ध आन्दोलन शुरु भइसकेकाले ओलीको चुरिफुरी अब धेरै दिन नटिक्ने उनको भनाइ छ ।ओलीले जनतालाई धोका दिएर राजा महेन्द्रको बोटो रोजेको भट्टराईको आरोप छ । पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले पञ्चायत जस्तो धेरै वर्ष यो सरकार नरहने स्पष्ट पारे । पञ्चायत जस्तो यो सरकार ढाल्न ३० वर्ष नलाग्ने ३० दिन वा तीस हप्ताभित्र फलिसक्ने उनले स्पष्ट पारे। ‘प्रतिगमनकारी सरकार ३० दिनभित्रै नभए ३० हप्ताभित्र फालिसक्छौं,’ भट्टराईले भने । यो सरकार फालेर प...
आजको मौसमः पश्चिमी भेगमा वर्षा र हिमपातको सम्भावन

आजको मौसमः पश्चिमी भेगमा वर्षा र हिमपातको सम्भावन

मुख्य समाचार, मौसम
काठमाडौं , पुस २५ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुनमा महाशाखाका अनुसार शनिबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानको मौसम आंशिकदेखि सामान्य बदली भएको छ। यस्तै, महाशाखाका अनुसार तराईका सवैजसो भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। दिउँसोसम्मै आकाश धुम्म हुने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए। अर्यालका अनुसार आज काठमाडौं उपत्यकाको मौसम सफा रहनेछ। उपत्यकाको आकाश बिहानैदेखि खुलेको छ। शनिबार बिहान उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर २२ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।...
किरण गौतमको शब्द,संगीतमा “मन” लोकदोहोरी गित सार्वजनिक (भिडियोसहित)

किरण गौतमको शब्द,संगीतमा “मन” लोकदोहोरी गित सार्वजनिक (भिडियोसहित)

मनोरञ्जन
महेन्द्र अधिकारी, ललितपुर,पुष २५ । चर्चित गायीका पार्बती कार्की,किरण गौतम,सुन्दर सुनम र साबित्री श्री को नयाँ लोकदोहोरी गीत “मन” सार्वजनिक भएको छ । सुन्दर सुनम को प्रस्तुति रहेको गीतमा किरण गौतम को शब्द , संगीत, मास्टरिङ कुमार सानु पुन को रहेको छ भने यो दोहोरी भाकालाई शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । मरुभूमि नारायण दंगाल ले सिनेमाटोग्राफर गरेको भिडियोलाई निरेन श्रेष्ठले निर्देशन गरेका छन् भने सम्पादन रोशन धिताल को रहेको छ । म्युजिक भिडियोमा आयुष्मा कार्की र सुर्दशन खतिवडा को अभिनय देख्न सकिन्छ । “मन” गीतको भिडियोलाई किरण गौतम को अफिसियल युट्युब च्यानल मार्फत गित हेर्न सकिन्छ । सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् : https://www.youtube.com/watch?fbclid=IwAR3KiPkS4HVsYOrrBJ0YcP31bBHl5PGqqnIoZOVifV04tyPafbZYoeDOpCI&v=DiyBH7yU66I&a...
अदालतमा विचाराधीन विषयमा दबाब र प्रभाव पार्नेकाम नगरौं :  कमल थापा

अदालतमा विचाराधीन विषयमा दबाब र प्रभाव पार्नेकाम नगरौं : कमल थापा

मुख्य समाचार, राजनिती
काठमाडौं , पुस २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थपाले संसद्‍मा विचाराधीन प्रतिनिधिसभा विघटनको विषयमा कसैले पनि दबाब र प्रभाव पार्ने काम गर्न नहुने बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत अध्यक्ष थापाले यस्तो बताएका हुन् । थापाले संविधान कार्यान्वयनमा देखिएका विवाद र अस्पष्टताको निरूपण गर्ने अधिकार सर्वोच्च अदालतको भएको भन्दै उक्त कुरामा जोड दिएका छन् । अध्यक्ष थापाले ट्विटरमा लेखेका छन् - संविधान कार्यान्वयनमा देखिएका विवाद र अस्पष्टताको निरूपण गर्ने अधिकार सर्वोच्च अदालतको हो। प्रतिनिधिसभा विघटनसम्बन्धी संवैधानिक प्रावधानमा केही अस्पष्टता छ। सो अस्पष्टता हटाउन सर्वोच्चले व्याख्या गर्नुपर्ने अवस्था छ । अदालतमा विचाराधीन विषयमा दबाब र प्रभाव पार्ने काम कतैबाट हुनु हुँदैन,.  ...
अस्पतालमा भीषण आगलागी, १० नवजातको मृत्यु

अस्पतालमा भीषण आगलागी, १० नवजातको मृत्यु

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, पुस २५ । एक अस्पतालमा भीषण आगलागी भएको छ । भारतको महाराष्ट्रस्थित रहेको एक अस्पतालमा भीषण आगलागी भएको हो । आगलागीका कारण १० नवजात शिशुको मृत्यु भएको छ । उनीहरुको उमेर एक दिनदेखि ३ महिनासम्म रहेको छ । आगलागीका कारण शर्ट सर्किट बताइएको छ । जिल्ला अस्पतालमा शनिबार बिहानै अगलागी भएको हो । आगलागी न्यूबर्न केयर युनिटमा बिहानै २ बजे लागेको अस्पतालका सिभिल सर्जन प्रमोद खांडतेले बताए । युनिटबाट सात शिशुलाई बचाइएको छ ।...
काठमाडौंका यी दर्जनभन्दा बढी स्थानमा आज बिजुली बन्द हुने

काठमाडौंका यी दर्जनभन्दा बढी स्थानमा आज बिजुली बन्द हुने

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस २५। आज (शनिबार) काठमाडौंका दुई दर्जनभन्दा बढी स्थानमा बिजुली बन्द गरिने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार चक्रपथ विस्तारका लागि ढुंगेधारा, गोलढुंगा, स्वयम्भू फिडरमा पर्ने ११ हजार भोल्टको हाइटेन्सन लाइन स्थानान्तरण गर्नुपर्ने भएकाले त्यसअन्तर्गतका विभिन्न स्थानमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत्ल आपूर्ति बन्द गरिने भएको हो । ...
माघको पहिलो हप्ताबाट काठमाडौंमा विद्यालय खोल्ने तयारी

माघको पहिलो हप्ताबाट काठमाडौंमा विद्यालय खोल्ने तयारी

मुख्य समाचार, शिक्षा, समाचार, समाज
. काठमाडौं, पुस २५ । काठमाडौं महानगरपालिकाले नगर भित्रका विद्यालय माघको पहिलो हप्ता भित्रबाट खोल्ने तयारीमा लागेको छ । मन्त्रिपरिषद्को बैठकले खोल्ने निर्णय गरे माघको पहिलो हप्ताबाट विद्यालय खोल्ने अन्तिम तयारीमा जुटेको काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख नवराज ढकालले जानकारी दिए । विद्यालयको सम्बन्धमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले मन्त्रिपरषद्मा सिफारिस पठाएको र यसै निर्णयको कुरेर बसेको महानगरका शिक्षा विभाग प्रमुख ढकालले बताए । मन्त्रिपरिषद् वैठकले काठमाडौं महानगरपालिकाका विद्यालय खोल्ने निर्णय गरे स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर निजी, सामुदायिक विद्यालय खोल्न अनुमती दिने महानगरको तयारी रहेको उनले जानकारी दिए ।...
कोरोना प्रकोप : विश्वभर ६ करोड ३९ लाखभन्दा बढीले जिते , मृत्यु कति ?

कोरोना प्रकोप : विश्वभर ६ करोड ३९ लाखभन्दा बढीले जिते , मृत्यु कति ?

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, पुस २५ । विश्वभर ६ करोड ३९ लाखभन्दा बढीले कोरोना भाइरसको संक्रमण जितेका छन् ।शनिबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर ८ करोड ९३ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्र ८ लाख २० हजारभन्दा बढीमा संक्रमण भएको छ । यो समाचार तयार पार्दासम्म कुल संक्रमितको ७१ प्रतिशतभन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा ३ लाखभन्दा बढी निको भएपछि संक्रमणमुक्त हुनेको संख्या ६ करोड ३९ हजार ९४ हजार नाघेको छ । अहिलेसम्म १९ लाख २० हजार ७९० संक्रमितको मृत्यु भएको छ । कुल संक्रमितको आधारमा मृत्यु हुनेको यो संख्या २।१५ प्रतिशत हो । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर १४ हजारभन्दा धेरैको मृत्यु भएको छ । कुल संक्रमितको २६।२१ प्रतिशत संक्रमित अहिले पनि उपचारका क्रममा छन् । अर्थात सक्रिय संक्रिमतको संख्या २ करोड ३४ लाख १६ हजार ५३६ छ । यसमध्ये १ लाख ८ हजार ८५४ जनाको अवस्था...
प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको विरोध प्रदर्शन आज , कुन नेताले कहाँबाट गर्दैछन् सम्बोधन ?

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको विरोध प्रदर्शन आज , कुन नेताले कहाँबाट गर्दैछन् सम्बोधन ?

ब्यानर समाचार, राजनिती
  काठमाडौं , पुस २५ । । नेपाली कांग्रेसले आज प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन देशव्यापीरुपमा गर्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा पुस १९ गते बसेको केन्द्रीय समिति बैठकले आज(पुस २५ गते) ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । यस्तै विरोधका कार्यक्रम अन्तर्गत नै माघ ३ गते ७५३ वटै स्थानीय तह र माघ ८ गते देशहरुका सबै ६ हजार ७४३ वटै वडाहरूमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ । गत पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद विघटन गरिएपछि कांग्रेसले यसको विरोध गर्दै आएको छ । पुस १३ गते पनि उसले देशका १६५ वटै निर्वाचन क्षेत्रमा सरकारविरुद्ध प्रदर्शन गरेको थियो । यद्यपी कांग्रेसको अर्को केन्द्रीय समिति बैठक भने माघ ६ गते बस्ने भएको छ । यस्तै अन्य प्रतिपक्षी दल र नेकपाको प्रचण्ड माधव समूहले पनि...