Saturday, April 27
Shadow

‘अदालतले चुनाव गराउने निर्णय गरे कांग्रेसले भाग लिन्छ, अरु पनि आउँछन्’


  • -इ
  • इ+

 

काठमाडौ , पुस २५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको संसद् विघटनको निर्णय संविधानविरोधी कदम भएको बताएका छन्। संसद विघटनको विरोधमा काठमाडौं ५ मा आयोजित प्रदर्शनलाईको भेलामा सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् । सर्वोच्च अदालतमा विचाराधीन रहेको यस मुद्दामा जुलुस निकालेर यो गर, ऊ गर भन्न नहुने पनि उनले बताए।

अहिले विभिन्न राजनीतिक दलहरूले सभा र जुलुस गरेर संसद् विघटनको विरोध गरे पनि अदालतले सरकारको निर्वाचनमै जानुपर्ने निर्णयलाई सदर गरेमा सबैले चुनावमा भाग लिने पनि सभापति देउवाले विश्वास व्‍यक्त गरे।

तर अदालतले संसद् विघटनलाई सदर गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन् भन्नेमा धेरैलाई शंका रहेको उनले पनि उनले बताए।

धनगढीमा पुगेर शुक्रबार मात्र ओलीले चुनाव गराउँछु भनेको भन्दै उनले भने, ‘अदालतले चुनाव गराउने निर्णय गर्‍यो भने सबैले भाग लिन्छन्, प्रचण्डजीहरुले पनि भाग लिन्छन् ।’ तर ओलीले चुनाव गराएनन् भने सबै मिलेर सडकबाटै फाल्ने उनले बताए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares