Wednesday, August 12
Shadow

Author: Interview Nepal

भारतमा कोरोना खोप अभियानको तयारी, ३० करोडलाई खोप दिइने

भारतमा कोरोना खोप अभियानको तयारी, ३० करोडलाई खोप दिइने

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाज
काठमाडौं, पुस २७ । भारतले कोरोनाभाइरस विरुद्धको खोप यही शनिबारदेखि आम सर्वसाधारणलाई प्रदान गर्न थाल्ने जनाएको छ । सुरक्षा चिन्ता, कमजोर पूर्वाधार र आम जनतामा रहेको सन्देहबीच झण्डै एक अर्ब ३० करोड जनतालाई खोप दिने कार्य निकै जटिल हुनेछ । त्यहीकारण पहिलो प्राथमिकतामा राखेर सरकारले जुलाईसम्ममा करिब ३० करोड मानिसलाई खोप दिने तयारी शुरु गरेको छ । भारत विश्वमै सबैभन्दा बढी जनसंख्या भएको दोस्रो मुलुक हो । भारतमा भन्दा चीनको जनसंख्या बढी छ । खोपका लागि ७०० जिल्लामा करिब एक लाख ५० हजार कर्मचारी परिचालन गरिएको छ । उनीहरुले तालिम समेतका आवश्यक जानकारी दिइएको छ । भारतले आपतकालीन प्रयोगका लागि भन्दै पहिलो चरणमा तीन करोड स्वास्थ्यकर्मी तथा ५० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्ति तथा स्वास्थ्य जोखिममा रहेका २७ करोड व्यक्तिलाई खोप दिने तयारी गरेको छ । अधिकारीहरुले पोलियो र अर्बुद रोगसम्बन्धी बाल...
पृथ्वीजयन्ती : माल्यार्पणदेखि राष्ट्रिय झण्डा प्रदर्शनीसम्म

पृथ्वीजयन्ती : माल्यार्पणदेखि राष्ट्रिय झण्डा प्रदर्शनीसम्म

ब्यानर समाचार, समाचार
काठमाडौं , पुस २७ । २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस राष्ट्र निर्माताको योगदानका विविध पक्षको स्मरण गर्दै मुलुकभर मनाइयो । सोही क्रममा सिंहदरबारको पश्चिम मूलद्वार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरी उहाँको योगदानको स्मरण गरियो । राष्ट्रिय पोशाक तथा आआफ्ना लोक संस्कृति झल्कने भेषभूषामा रहेका समाजका विभिन्न क्षेत्रसँग आबद्ध महानुभावले र्याली गर्दै शालिकमा पुगेर माल्यार्पण तथा पुष्प गुच्छा अर्पण गरेका थिए । उक्त क्रम दिनभर नै चल्यो । विसं १७७९ पुस २७ गते जन्मिएका तत्कालीन गोरखाका राजा पृथ्वी नारायण शाहले २२औँ – २४औँ सङ्ख्यामा रहेका ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल खडा गरेका हुन् । एकीकरणपछि राज्य सञ्चालन गर्ने सन्दर्भमा उनले त्यस बेला व्यक्त गरेको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रही आएको छ । उनका ती विचारलाई नेपाली समाजले पृथ्वी नारायण शाहका दिव्य उ...
तत्काल निर्वाचन प्रकिया अघि नबढाउन दाहाल-नेपालको आग्रह

तत्काल निर्वाचन प्रकिया अघि नबढाउन दाहाल-नेपालको आग्रह

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, पुस २७ । सत्तारूढ नेकपाको ओली इतर समूहका नेताद्वय पुष्पकमल दाहाल’प्रचण्ड’ र माधवकुमार नेपालले तत्काल निर्वाचन प्रकिया अघि नबढाउन आग्रह गरेका छन् । कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा साढे १२ बजेतिर पुगेका दाहाल(नेपालले असंवैधानिक तवरबाट भएको प्रतिनिधिसभा विघटनको विषय न्यायालयमा विचाराधिन रहेका बेला निर्वाचन प्रकिया अघि नबढाउन प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई आग्रह गरेका छन् । पुस ५ मा प्रतिनिधिसभा विघटनपछि सरकारले वैशाखमा १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरेको छ । सरकारले निर्वाचन मिति घोषणा गरेसँगै आयोगले आइतबार सञ्चार माध्यमहरूलाई निर्वाचनको वातावरण बनाउँन आग्रह गरेको थियो । निर्वाचनको वातावरण बनाउन आयोगले गरेको आग्रहमा आपत्ति जनाउँदै दाहाल नेपालले तत्काल निर्वाचन प्रकिया अघि नबढाउन तथा पार्टीभत्रिको वैधताको विषय छिटो टुंग्याउन आग्रह गरेको स्रोतले जनाएको छ...
पार्टी र सूर्य चिन्ह दाबी गर्न प्रचण्ड-नेपाल निर्वाचन आयोग जाँदै

पार्टी र सूर्य चिन्ह दाबी गर्न प्रचण्ड-नेपाल निर्वाचन आयोग जाँदै

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष २७ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल दिउँसो निर्वाचन आयोगमा छलफलका लागि जाने तयारी गरेका छन् । पुस ५ मा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजत भएको छ । तत्कालीन एमाले र माओवादी विघटन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई निर्वाचन आयोगले दलको मान्यता दिएको थियो । पार्टी विभाजनसँगै नेकपा र सूर्य चिन्हका लागि दुवै समूहले दावी गर्दै आएका छन् । निर्वाचन आयोगमा नेकपा दर्ता हुँदा प्रमाणित भएका ४ सय ४१ जना केन्द्रीय सदस्य रहेका भनि सनाखत गरिएको थियो । सनाखतमध्ये ६५ प्रतिशत बढि केन्द्रीय सदस्य प्रचण्ड–नेपाल समूहमा रहेका छन् । दुई अध्यक्ष प्रणालीमा दर्ता भएको नेकपाको अब आधिकारिकता कता हुने भन्ने बहस जारी रहेको बेला छलफलका लागि प्रचण्ड–नेपाल निर्वाचन आयो...
एकता र एकता दिवस

एकता र एकता दिवस

समाज, साहित्य/कला
माधव छन्त्याल पौष २७ गतेलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाइदै आइएको छ, त्यसोत पञ्चायत कालमा यस दिनलाई राजतन्त्रको गुणगान गाउने दिनको रूपमा समेत मनाइन्थ्यो यद्यपि २०४६ सालको बहुदलीय ब्यबस्था आएपछि यो दिवसलाई राष्ट्रिय दिवसकै रूपमा मनाइयो तर हाल भने यसलाई राष्ट्रिय रूपमै मनाइने गरिएको भने छैन । हरेक बर्ष यस पर्वको निमित्त सार्वजनिक बिदा माग हुदै आएको भएतापनि यस बर्ष भने सरकारले बिदा दिएको छैन । इतिहास शिरोमणि बाबुराम आचार्यको सुझावमा विक्रम सम्बत २०१२ देखि नेपालमा पौष २७ गते लाई राष्ट्रिय एकता दिवस मनाइदै आएको पाइन्छ । यसै सन्दर्भमा युवा सर्जक माधव छन्त्यालले एकता दिवस लक्षित गरि रचना गरेको कविता प्रस्तुत छ। एकता र एकता दिवस एकता राष्ट्रहरुको विविधताका बिच आपसि सम्मानको भाव हो समानताको सौम्य गित हो जस्ले बचाइरहेको हुन्छ विविधता, सम्बन्ध र स्वायत्तता । यो फगत एक बिम्ब मात्र होइ...
हुम्लाको सिटिजन बैंक सिल, कोरोना सङ्क्रमितलाई जिल्लाबाहिर पठाउने तयारी

हुम्लाको सिटिजन बैंक सिल, कोरोना सङ्क्रमितलाई जिल्लाबाहिर पठाउने तयारी

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस २७ । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिटिजन बैंक शाखा कार्यालय सिल गरिएको छ । बैंकमा कार्यरत पाँच कर्मचारीलाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा दुई कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आइतबारदेखि सिल गरिएको हो । शनिबार दुईजना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आइतबारदेखि सिटिजन बैंक शाखा कार्यालय सिमकोट सिल गर्नुका साथै कारोबार ठप्प भएको बैंकले जानकारी दिएको छ । एक महिला र एक पुरुष कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि दुई दिनका लागि बैंक सिल गरिएको हो । पुरुष कर्मचारीमा देखिएको कोरोना सङ्क्रमणको उपचार यहाँ हुन नसकेपछि उनलाई जिल्लाबाहिर पठाउने तयारी भइरहेको सिटिजन बैंकका कर्मचारी लालु भण्डारीले जानकारी दिए । सङ्क्रमित कर्मचारीको अवस्था जटिल देखिएपछि हेलिकप्टरमार्फत जिल्लाबाहिर पठाउने तयारी भइरहेको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए । जिल्लामा...
पुसमा नै गर्मी !

पुसमा नै गर्मी !

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २७ । अघिल्लो सातासम्म दिउँसो पनि चिसो हुन्थ्यो । शनिबारयता भने सर्वसाधरणले तातो महसुस गर्न थालेका छन् । आइतबार दिउँसोसमेत राजधानीमा धेरेले गर्मी महसुस गरे । आइतबार राजधानीको अधिकतम तापक्रम २३ डिग्री सेल्सियस रेकर्ड भयो । शनिबारको तापक्रम २२।४ डिग्री सेल्सियस थियो । अधिकतम तापक्रम ह्वात्तै बढेपछि यस्तो अनुभव भएको हो । ‘डिसेम्बर २२ पछि दिन लामा हुन थाल्छन्,’ जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक ऋषिराम शर्माले भने, ‘सँगै सौर्य विकिरण भइरहेको छ अर्थात् सूर्यको प्रकाशमा तापको मात्रा पनि बढ्दै जाँदा गर्मी अनुभव भएको हो ।’ दिन लम्बिदै जाने र सूर्यले दिने प्रकाश पनि बढ्ने भएपछि स्वतः तापमान बढ्ने उनको विश्लेषण छ । ‘प्रदूषण बढ्यो भने पनि अधिकतम तापक्रम घट्दै जान्छ, तर न्यूनतम तापक्रम बढ्छ । त्यस्तो बेलामा पनि तातो महसुस हुन्छ ।’ गत साता राजधानीसहित देशका विभिन्न भा...
पार्बती कार्की र राम स्याङ्तान को “सुपारी कुटुकै”सार्वजनिक (भिडियोसहित)

पार्बती कार्की र राम स्याङ्तान को “सुपारी कुटुकै”सार्वजनिक (भिडियोसहित)

मनोरञ्जन
महेन्द्र अधिकारी, ललितपुर,पुस २७ । चर्चित गायीका पार्बती कार्की र राम स्याङ्तान को नयाँ लोकदोहोरी गीत “सुपारी कुटुकै” सार्वजनिक भएको छ । सरिता लामा र दिलमाया घलानको प्रस्तुति रहेको गीतमा लोक प्रमी तामाङ्ग को शब्द , थेगो सन्तोष घतानी को रहेको छ भने विदुर प्रसाद घोरासैनी को संगीत रहेको छ । “सुपारी कुटुकै” बोलको गितलाई मिक्सिङ्ग कुमार सानु पुन को रहेको छ भने यो दोहोरी भाकालाई शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । राम कृष्णा चापागाई ले सिनेमाटोग्राफर गरेको भिडियोलाई निरेन श्रेष्ठले निर्देशन गरेका छन् भने सम्पादन रोशन धिताल को रहेको छ । म्युजिक भिडियोमा आयुषा कार्की र शुक्र लामा को अभिनय देख्न सकिन्छ । “सुपारी कुटुकै” गीतको भिडियोलाई दाजुभाई म्युजिक अफिसियल युट्युब च्यानल मार्फत गित हेर्न सकिन्छ । सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् । https://w...
ट्रम्पलाई महाअभियोग लगाउने डेमोक्रेटको तयारी

ट्रम्पलाई महाअभियोग लगाउने डेमोक्रेटको तयारी

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौँ , पुस २७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने निश्चित भएको छ । डेमोक्रेट सांसदहरुले सोमबार हाउस अफ रेप्रीजेनटेटिभमा ट्रम्पविरुद्ध महाअभियोग लगाउने अन्तिम तयारी गरेका छन् । अमेरिकी संसदमा भएको आक्रमणपछि राष्ट्रपति ट्रम्पमाथि आफ्नो कार्यकाल नसकिदै पद छोड्न दबाब बढेको छ ।राष्ट्रपति ट्रम्पकै पार्टी रिपब्लिकनका सिनेटर र अन्य नेताहरुले ट्रम्पलाई राजीनामा दिएर अपराधिक आरोप लाग्नबाट बच्न सुझाव दिएका छन् । डेमोक्रेटहरुले यसैसाता ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव ल्याउने तयारि स्वरूप् आफ्ना सबै सांसदअह्रुलाई वाशिंगटन पुग्न हवीप जारी गरेका छन् ।डेमोक्रेटहरुको ट्रम्पविरुद्धको महाअभियोगको लागि देशभर व्यापक समर्थन मिलेपनि रिपब्लिकन सिनेटरहरुले भने अहिलेसम्म महाअभियोगको पक्षमा मतदान गर्ने बताएका छैनन् । तर केहि रिपब्लिकन सिनेटरहरुले राष्ट्रपति ट्रम्पलाई राजीनामा दिन ...
निर्वाचनमा जुट्न गृहमन्त्री थापाको निर्देशन

निर्वाचनमा जुट्न गृहमन्त्री थापाको निर्देशन

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २७ । गृहमन्त्री रामबहादुर थापाले वैशाखमा हुने निर्वाचनको तयारीमा जुट्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका प्रहरी अधिकृतलाई गृह मन्त्रालयमा बधाई तथा शुभकामना दिँदै निर्वाचनमा जुट्न निर्देशन दिएका हुन् । ‘तपाईंहरुको क्षमतालाई विश्वास गर्दै सरकारले बढुवा गरेको छ, त्यो विश्वासलाई कायम राख्दै आफ्नो जिम्मेवारी पूरा गर्नुहोस्’, उनले भने। प्रहरीको काँधमा एकातर्फ निर्वाचनको लागि आवश्यक तयारी गर्ने र अर्कोतर्फ सम्भावित आन्दोलनको नियन्त्रण गर्ने दायित्व आएको उनको भनाइ थियो ।’लोकतन्त्रमा विरोध प्रदर्शन गर्न पाइन्छ तर शान्ति सुरक्षा र सुव्यवस्थामा असर पार्ने गरी प्रदर्शन गर्न पाइँदैन’, उनले भने । गृहमन्त्री थापाले पछिल्लो समय सुरक्षा चुनौती बढेको बताउँदै त्यसलाई सामना गर्ने गरी सुरक्षा योजना बनाउन नि...