Thursday, March 28
Shadow

एकता र एकता दिवस


  • -इ
  • इ+


माधव छन्त्याल
पौष २७ गतेलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाइदै आइएको छ, त्यसोत पञ्चायत कालमा यस दिनलाई राजतन्त्रको गुणगान गाउने दिनको रूपमा समेत मनाइन्थ्यो यद्यपि २०४६ सालको बहुदलीय ब्यबस्था आएपछि यो दिवसलाई राष्ट्रिय दिवसकै रूपमा मनाइयो तर हाल भने यसलाई राष्ट्रिय रूपमै मनाइने गरिएको भने छैन । हरेक बर्ष यस पर्वको निमित्त सार्वजनिक बिदा माग हुदै आएको भएतापनि यस बर्ष भने सरकारले बिदा दिएको छैन । इतिहास शिरोमणि बाबुराम आचार्यको सुझावमा विक्रम सम्बत २०१२ देखि नेपालमा पौष २७ गते लाई राष्ट्रिय एकता दिवस मनाइदै आएको पाइन्छ । यसै सन्दर्भमा युवा सर्जक माधव छन्त्यालले एकता दिवस लक्षित गरि रचना गरेको कविता प्रस्तुत छ।

एकता र एकता दिवस

एकता
राष्ट्रहरुको विविधताका बिच
आपसि सम्मानको भाव हो
समानताको सौम्य गित हो
जस्ले बचाइरहेको हुन्छ विविधता, सम्बन्ध र स्वायत्तता ।
यो फगत एक बिम्ब मात्र होइन ।

तर
इतिहासको स्मृतिमा
आएर चन्द्रागिरीको शिर माथि
ओर्लिइ तल तल इतिहासको निचतामा
उज्याएर नश्लिय तरबारका धार
काटेर नाक कानका कैयौ इतिहास
हिडेर रक्त रञ्जित पाइतलाले एकल यात्रा
असलि हिन्दुस्थानाको सपना
आइपुगेको थियो किपु ज्यापुको छातिमा टेक्न
दोहोरिएको थियो सबै राष्ट्रहरुको नियति दुरुस्तै
रत चोर औला ठड्याएर शासकले
सिर्जिएकोे थियो
बडा दुःखले आज्र्याको देश ।

बिस्तारै
इतिहासको यात्रामा
फेरीए जनताका भावनाहरु
फेरीए विचारका उभारहरु
घन्किए कति कति क्रान्ति गित
र फेरिए व्यवस्थाका आयामहरु पनि ।

ओहो हेर त
वसन्तपुर देखि
शहिद गेटको बलिदानि रगत सँगै
व्यवस्थाको विशाल टुडिखेलबाट
शासन त पुगेछ नयाँ वानेश्वर हुँदै जनता सम्म ।

तर अचम्म छ
एउटा नश्लिय तरबारको धार पनि
वसन्तपुरबाट हिडेछ नयाँ यात्रामा
एउटा रक्तरञ्जित पाइतला पनि
इतिहासका दस्तावेज बोकि हिडेछ नयाँ व्यवस्था तिरै
असलि हिन्दुस्थानाका गित पनि
पत्तै नपाइ छिरेछ नयाँ शासनको कुना कुनामा ।

अचेल ति सबै सबै
इतिहासको मुल सडकमा उभिएर
ठड्याइरहेका छन् चोर औला
र फलाकिरहेका छन् फेरी राष्ट्रिय एकता ।

जस्को प्रतिछाँया बनेर
उस्तै गगनभेदि स्वर उरालिरहेका छन्
सिंहदरबार, शितलनिवास, वालुवाटार र अरु अरु पनि ।

घय्राप्प
यत्तिकैमा ढोका बन्द हुन्छ इतिहासको
ऐतिहासिक अध्याँरो छाएको छ चारैतिर
स्वाट्ट पर्दा खुल्छ मलमलको
सत्ताको असलि अनुहार मञ्चमा छरपस्ट छ
तर
त्यहि कुजिन्छन् अनेक उत्पिडित राष्ट्रहरु
निसासिन्छन् ति भित्र भित्रै
अचेत भई ढल्दछन् नश्लिय नसाको आवेगले
त्यसै बिचमा सुनिन्छ
राष्ट्रिय एकताका प्रतिक जिन्दावाद !

यसरी
राष्ट्रहरुको छातिको मास्तिर
भर्खरै शासकहरु गरिरहेछन्
एकता दिवसको नाटक मञ्चन ।

तत्क्षण
राष्ट्रका रगत र आसुँहरुले सिचिन्छ देश
रक्तसिमाहरु प्रष्टै चम्कन थाल्दछन्
खुइलिन्छ बडा दुःखले आज्र्याको देश
देखिन्छ आज्र्याको बडा दुःखको देश ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares