Friday, April 26
Shadow

तत्काल निर्वाचन प्रकिया अघि नबढाउन दाहाल-नेपालको आग्रह


  • -इ
  • इ+

काठमाडौँ, पुस २७ । सत्तारूढ नेकपाको ओली इतर समूहका नेताद्वय पुष्पकमल दाहाल’प्रचण्ड’ र माधवकुमार नेपालले तत्काल निर्वाचन प्रकिया अघि नबढाउन आग्रह गरेका छन् ।

कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा साढे १२ बजेतिर पुगेका दाहाल(नेपालले असंवैधानिक तवरबाट भएको प्रतिनिधिसभा विघटनको विषय न्यायालयमा विचाराधिन रहेका बेला निर्वाचन प्रकिया अघि नबढाउन प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई आग्रह गरेका छन् ।

पुस ५ मा प्रतिनिधिसभा विघटनपछि सरकारले वैशाखमा १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरेको छ । सरकारले निर्वाचन मिति घोषणा गरेसँगै आयोगले आइतबार सञ्चार माध्यमहरूलाई निर्वाचनको वातावरण बनाउँन आग्रह गरेको थियो ।

निर्वाचनको वातावरण बनाउन आयोगले गरेको आग्रहमा आपत्ति जनाउँदै दाहाल नेपालले तत्काल निर्वाचन प्रकिया अघि नबढाउन तथा पार्टीभत्रिको वैधताको विषय छिटो टुंग्याउन आग्रह गरेको स्रोतले जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares