Thursday, March 28
Shadow

पुसमा नै गर्मी !


  • -इ
  • इ+

काठमाडौं, पुस २७ । अघिल्लो सातासम्म दिउँसो पनि चिसो हुन्थ्यो । शनिबारयता भने सर्वसाधरणले तातो महसुस गर्न थालेका छन् । आइतबार दिउँसोसमेत राजधानीमा धेरेले गर्मी महसुस गरे ।

आइतबार राजधानीको अधिकतम तापक्रम २३ डिग्री सेल्सियस रेकर्ड भयो । शनिबारको तापक्रम २२।४ डिग्री सेल्सियस थियो । अधिकतम तापक्रम ह्वात्तै बढेपछि यस्तो अनुभव भएको हो ।

‘डिसेम्बर २२ पछि दिन लामा हुन थाल्छन्,’ जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक ऋषिराम शर्माले भने, ‘सँगै सौर्य विकिरण भइरहेको छ अर्थात् सूर्यको प्रकाशमा तापको मात्रा पनि बढ्दै जाँदा गर्मी अनुभव भएको हो ।’

दिन लम्बिदै जाने र सूर्यले दिने प्रकाश पनि बढ्ने भएपछि स्वतः तापमान बढ्ने उनको विश्लेषण छ । ‘प्रदूषण बढ्यो भने पनि अधिकतम तापक्रम घट्दै जान्छ, तर न्यूनतम तापक्रम बढ्छ । त्यस्तो बेलामा पनि तातो महसुस हुन्छ ।’

गत साता राजधानीसहित देशका विभिन्न भागमा वायु प्रदूषण ह्वात्तै बढेको थियो । त्यतिबेला अधिकतम तापक्रममा गिरावट आए पनि न्यूनतम तापक्रम बढेको थियो । त्यसैले सर्वसाधरणले प्रदूषण बढेको समय पनि चिसो महसुस गर्न पाएनन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares