कोरोना प्रकोपः विश्वभर संक्रमितको संख्या ९ करोड नाघ्यो, अहिलेसम्म कतिले ज्यान गुमाए?
काठमाडौं, पुस २७ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या नौ करोड नाघेको छ।वल्र्डओमिटरले सार्वजनिक गरेको तथ्यांकअनुसार सोमबार बिहानसम्म विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ६ लाख ७५ हजार ९ सय ८ पुगेको छ।
पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ६ लाख भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। विश्वभर अहिलेसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १९ लाख ४२ हजार ५ सय ४५ पुगेको छ। यो सोमबार बिहान ७ बजेसम्मको तथ्यांक हो।
अहिलेसम्म सबैभन्दा धेरै संक्रमितको संख्या अमेरिकामा छ। त्यहाँ दुई करोड २९ लाख भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ। मृत्यु पनि अमेरिकामै सबैभन्दा धेरै छ। त्यहाँ ३ लाख ८३ हजार भन्दा धेरैले कोरोना संक्रमणकै कारण ज्यान गुमाइसकेका छन्।
दोस्रो स्थानमा रहेको भारतमा एक करोड ४६ लाख ७४ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या भने अमेरिकापछि ब्राजिल...









