Friday, August 14
Shadow

Author: Interview Nepal

२९९ औं पृथ्वी जयंती तथा राष्ट्रीय एकता दिवस कृष्णनगरमा हर्षो उल्लासका साथ मनाइयो

२९९ औं पृथ्वी जयंती तथा राष्ट्रीय एकता दिवस कृष्णनगरमा हर्षो उल्लासका साथ मनाइयो

समाचार, समाज
रवि प्रकाश कसौधन, कृष्णनगर, कपिलवस्तु पुस २७ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कृष्णनगर बजारको मुटु भनेर चिनिने गोलघरमा एक कार्यक्रमका बिच नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस आज कार्यक्रम आयोजना गरी मनाइएको छ। आयोजक राष्ट्रीय प्रजातंत्र पार्टी रहेको छ । कार्यक्रम राष्ट्रीय प्रजातंत्र पार्टीका केन्द्रीय सदस्य पुष्पा रजौरियाको अध्यक्षता तथा राष्ट्रीय प्रजातंत्र पार्टी जिल्ला अध्यक्ष नारायण बहादुर सिंह रहनु भएको थियो । जस्मा वक्ताहरुले राष्ट्रीय एकताको अवसरमा सार्वजनिक बिदा हुनु पर्ने कुरामा जोड दिएका छन्। साथै पृथ्वी नरायण शाहको नेपाल एकिकरणमा रहेको योगदान विर्सन नसकिने कुरा स्मरण गराउदै सम्पूर्ण नेपालीहरू राष्ट्र समृद्ध बनाउन लाग्नु पर्ने कुरामा जोड दिए। उक्त कार्यक्रममा राष्ट्रीय प्रजातंत्र पार्टीका केन्द्रीय स...
टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस २७ । हेटौँडा उपमहानगरपालिका–५ स्थित कान्तिलोकपथ सडकखण्डमा सोमबार साँझ सवारी दुर्घटना हुँदा स्थानीय एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार हेटौँडाबाट जाँदै गरेको प्रदेश ३–०३–००१ प ४०२० नम्बरको मोटरसाइकललाई चौघडाबाट हेटौँडातर्फ आउँदै गरेको ना ३ क ८३३३ नम्बरको टिप्परले ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी हेटौँडा–६ निवासी आशिष श्रेष्ठको मृत्यु भएको हो । सोही दुर्घटनामा परी हेटौँडाका निरज राई घाइते भएका छन् । उनलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको मकवानपुर प्रहरीले जनाएको छ ।...
प्रचण्ड–नेपाल पक्षले गर्यो प्रदेश १ का मुख्यमन्त्री राईसहित ८ जनालाई निलम्बन

प्रचण्ड–नेपाल पक्षले गर्यो प्रदेश १ का मुख्यमन्त्री राईसहित ८ जनालाई निलम्बन

Uncategorized
काठमाडौं , पुस २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले मुख्यमन्त्री शेरधन राईसहित आठ जनालाई तीन महिनाका लागि निलम्बन गरेको छ । प्रचण्ड–नेपाल पक्षले प्रदेशसभाको कुनैपनि गतिविधिमा सहभागी हुन नपाउने गरी सोमबार उनीहरुलाई निलम्बन गरेको हो । मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ्, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेश सभा सदस्यत्रय इन्द्रमणी पराजुली, अम्बिका थापा र विमल कार्कीलाई निलम्बन गरेको छ । दलको कुनैपनि बैठकमा उपस्थित नभई पार्टी र सरकारको हित विपरित गतिबिधिमा संलग्न रहेकाले प्रदेशसभाको कुनैपनि गतिविधिमा संलग्न नहुने गरी नेकपाको संसदीय दलको बिधान २०७६ बमोजिम तीन महिनाका लागि निलम्बन गरेको प्रचण्ड नेपाल समूहका संसदीय...
माघी पर्वको तीन दिन सार्वजनिक बिदा

माघी पर्वको तीन दिन सार्वजनिक बिदा

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
कैलाली , पुस २७ । थारू समुदायको माघी पर्वको अवसरमा कैलालीको कैलारी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले पुस २९, माघ १ र २ गते गरी तीन दिन बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले जानकारी दिए । अध्यक्ष चौधरीले कैलारीमा थारू समुदायको अत्यधिक मात्रामा बसोबास रहेकाले थारू समुदायको परम्परागत संस्कृतिको जगेर्नाका साथै स्थानीय कला, परम्परा प्रवद्र्धन गर्नका लागि बिदा दिने निर्णय बताए । पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा गाउँपालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय, वित्तीय संस्था, विद्यालय, सार्वजनिक निकाय लगायत सम्बन्धित सम्पूर्ण सरोकारवाला निकायहरु बन्द रहने गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।  ...
बालविवाह निवारणमा धर्मगुरुहरूको भुमिका विषयक छलफल तथा समिति गठन !

बालविवाह निवारणमा धर्मगुरुहरूको भुमिका विषयक छलफल तथा समिति गठन !

समाचार, समाज
पुष २७, कपिलवस्तु । बालविवाह निवारणमा धर्मगुरुहरूको भुमिका विषयक छलफल तथा समिति गठन गरेको छ । धर्मगुरु दामोदर पोखेरेलको संयोजकमा ९ सदस्यीय समिति गठन गरेको छ । जसमा प्रमोद सुवेदि,आनन्द प्रसाद भुसाल,अब्दुल रहिम अन्सरी,वकार अहमद मियाँ,मुस्ताक अहमद,राजकुमार घर्ति मगर,कृष्ण घर्ति मगर,र सामुएल चौधरीका रहनुभएको छ । उक्त समिति धर्मगुरुहरूले बालविवाह निवारणमा उनिहरूको भूमिका का बारेमा सुझाव संकलन गरि बालविवाह गर्ने गराउने कार्यमा संलग्न नहुने र कहि कतै भए गरेको थाहा पाएमा पालिका, प्रहरी तथा सम्बंधित निकायमा जानकारी गराउने सामुहिक प्रतिबद्धता जनाएका छन् । शिवराज नगरपालिका अन्तर्गत रहेका धार्मिक धर्मगुरुहरूका संग बालविवाह निवारणमा धर्मगुरुहरूको भुमिका विषयक एक दिने अन्तरक्रिया कार्यक्रम चन्द्र्रौटामा सोमबार सम्पन्न भएको छ । सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना, युनिसेफ नेपालको सहयोग...
चुनावको तयारीमा जुट्न सुरक्षा निकायलाई निर्देशन, बजेटको अभाव हुन नदिइने

चुनावको तयारीमा जुट्न सुरक्षा निकायलाई निर्देशन, बजेटको अभाव हुन नदिइने

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , पुस २७ । गृह मन्त्रालयले आगामी वैशाख १७ र २७ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीमा जुट्न सुरक्षा निकायलाई निर्देशन दिएको छ। निर्वाचनलाई स्वतन्त्र निष्पक्ष र शान्तिपूर्ण बनाउन गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले निर्वाचनको तयारीमा जुट्न तीनवटै सुरक्षा निकायलाई निर्देशन दिएको छ। उक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसहित गृह र अर्थ सचिव तथा तीनवटै सुरक्षा निकायका प्रमुखको सहभागिता थियो। बैठकमा सुरक्षा निकायका प्रमुखले निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने स्रोत साधन तथा व्यवस्थापनका सम्बन्धमा प्रारम्भिक खाका प्रस्तुत गरेका थिए। बैठकमा गृहमन्त्री थापाले मुलुक निर्वाचनतर्फ केन्द्रित भइसकेकाले सुरक्षाका लागि आवश्यक तयारीमा जुट्न तीनै सुरक्षा निकायलाई निर्देशन दिएका हुन्। अर्थमन्त्री पौडेलले विगतमा निर्वाचनमा भएको खर्च विश्ल...
बिजुली प्रवाह व्यवस्थित बनाउन प्राधिकरणलाई निर्देशन

बिजुली प्रवाह व्यवस्थित बनाउन प्राधिकरणलाई निर्देशन

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २७ । उपभोक्तालाई सही र तथ्यपूर्ण सूचना दिँदै बिजुली प्रवाहलाई थप व्यवस्थित बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । पछिल्ला दिनमा विनाकारण बिजुली काटिएको गुनासो बढेपछि प्रधानमन्त्री कार्यालयले उपभोक्तालाई केन्द्रमा राखेर अपनाउनुपर्ने सबै उपाय अवलम्बन गर्न तथा जायज गुनासो र माग सम्बोधन गर्न निर्देशन दिएको हो । प्राविधिक वा मनोवैज्ञानिक रुपमा देखापरेका समस्याको जाँचपड्ताल गर्न आग्रह गर्दै कार्यालयले कुनै पनि बहानामा उपभोक्ताले समस्या भोग्नु नपर्ने वातावरण बनाउन आग्रह गरेको छ । प्राधिकरणले उपभोक्तालाई गुणस्तरीय, भरपर्दो एवम् पर्याप्त विद्युत् उपलब्ध गराउन हरसम्भव प्रयास गरिरहे पनि छिनछिनमा लाइन काटिने समस्या पूर्ण रुपमा समाधान हुन नसक्दा गुनासो बढेको छ । अनावश्यक रुपमा बिजुली काटिनाको पछाडि प्राविधिक समस्या हो वा...
ताजा जनादेशमा जानु नै अहिलेको उपयुक्त विकल्प हो :  राप्रपा अध्यक्ष थापा

ताजा जनादेशमा जानु नै अहिलेको उपयुक्त विकल्प हो : राप्रपा अध्यक्ष थापा

मुख्य समाचार, राजनिती
काठमाडौं, पुस २७ । राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा०का अध्यक्ष कमल थापाले संसद् विघटन भइसकेकाले अब ताजा जनादेशमा जानु उपयुक्त विकल्प भएको बताएका छन् । राप्रपा गोरखाले आज गोरखा सदरमुकाममा आयोजना गरेको २९९औँ पृथ्वी जयन्तीमा तथा राष्ट्रिय एकता दिवसमा भाग लिन आइपुग्नुभएका उहाँले पत्रकारसँग कुराकानी गर्दै संसद् विघटन भइसकेकाले राजनीतिक सङ्कट समाधानका लागि ताजा जनादेश नै अहिलेको सबैभन्दा उपयुक्त विकल्प भएको बताए । ‘‘राजनीतिक दृष्टिकोणका हिसाबले वर्तमान राजनीतिक समस्या समाधान, भ्रष्टाचार र धर्म परिवर्तनजस्ता समस्याको समाधानका लागि पनि निर्वाचनमा जानु उपयुक्त हुन्छ”, उनले भने, “राप्रपाको राजनीतिक दृष्टिकोण र आधिकारिक धारणा पनि यही हो ।” अध्यक्ष थापाले संसद् विघटनपछि अहिले सडकमा पक्ष विपक्षमा भइरहेको विरोधको कार्यक्रम उपयुक्त नभएको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्...
३७ लाख नगद र ७ लाखको चेकसहित नागढुङ्गाबाट एक जना पक्राउ

३७ लाख नगद र ७ लाखको चेकसहित नागढुङ्गाबाट एक जना पक्राउ

अपराध, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २७ । काठमाडौंको नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३७ लाख र सात लाख रुपैयाँको चेकसहित एक जना पक्राउ परेका छन् । चितवनबाट काठमाडौंका लागि छुटेको बा ३ ख ९१३९ नम्बरको माइक्रोबस जाँच गर्दा झोलामा लुकाइरहेको ३७ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको सात लाख रुपैयाँको चेक र एक थान खाली चेकसहित चितवनको माडीका रामकुमार गुरुङलाई बिहान प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
सहकारीका सबै समस्या एउटै टेबलबाटै समाधान हुन्छ :  अर्थमन्त्री पौडेल

सहकारीका सबै समस्या एउटै टेबलबाटै समाधान हुन्छ : अर्थमन्त्री पौडेल

आर्थिक, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , पुस २७ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहकारी अभियान समाजवाद निर्माणको जगका रुपमा रहेकाले यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले सार्थक पहल गर्ने विश्वास व्यक्त गरेका छन् । अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बाका रुपमा रहेको सहकारी अभियानले अब गुनासो गर्न छाडेर आफ्नो जिम्मेवारी पूरा गर्ने वातावरण बनाउन आग्रह गरे । “सरकारका तर्फबाट सम्बोधन गर्नुपर्ने विषयलाई हामी एउटै टेबलमा बसेर समाधान गर्न तयार छौँ । त्यसका लागि तपाईंहरु तयार हुनुहोला । अब गुनासो गर्ने होइन अग्रगामी रुपमा अगाडि बढ्ने हो”, उनले राष्ट्रिय सहकारी महासङ्घको २८औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै भने । मन्त्री पौडेलले आवश्यक परे प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री, राष्ट्र बैंकका गर्भनर सबैसहित सहकारी अभियान्ताको सामूहिक र एकीकृत छलफल गरेर समस्या समाधानमा पहल गरिने बताए । उनले भने, “ग...