Sunday, October 18
Shadow

Author: Interview Nepal

इलाम–२ मा दुई हजार ८३९ मत गन्दा खड्काको अग्रता कायमै

इलाम–२ मा दुई हजार ८३९ मत गन्दा खड्काको अग्रता कायमै

मुख्य समाचार, राजनिती
इलाम- इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनअन्तर्गत फाकफोकथुम गाउँपालिकाका १ र २ नम्बर वडाको मतगणना गरिँदा नेपाली कांग्रेसका उमेदवारको अग्रता कायमै छ । यी दुई वडामा दुई हजार ८३९ मत खसेको थियो । कांग्रेस उमेदवार डम्बर खड्का ८२ मतान्तरले अगाडि छन् । यी दुई वडाबाट खड्काले एक हजार १४५ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका नेकपा (एमाले)का उमेदवार सुहाङ नेम्वाङले एक हजार ६३ मत ल्याएका छन् । तेस्रो स्थानमा स्वतन्त्र उमेदवार डकेन्द्र थेगिम रहेका छन् । मुढा चिह्नका थेगिमले ३११ मत पाएका छन् । चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार मिलन लिम्बूले २०९ मत ल्याएका छन् ।...
इलाम-२ मा मतगणना सुरु

इलाम-२ मा मतगणना सुरु

मुख्य समाचार, राजनिती
इलाम- प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत इलाम-२ मा  मतगणना सुरु भएको छ । आइतबार बिहानको सर्वदलीय बैठकले पश्चिम इलामको  फाकफोकथुम गाउँपालिकाको मतपत्रबाट गणना सुरु गर्ने निर्णय गरेको थियो । फाकफोकथुम गाउँपालिकाको ७ वडामा ९ हजार ७ सय ४ मत खसेको छ । फाकफोकथुकको गणनापछि दक्षीण इलामको चुलाचुली, माङ्सेबुङ, माई, देउमाईपछि अन्तिममा इलाम नगरपालिकाको मत गनिने मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जनाए। उनले सोमबार बेलुकासम्म अन्तिम परिणाम आउन सक्ने बताए । उनले भने,'बढीमा ३६ घण्टाभित्र फाइनल नतिजा सार्वजनिक गर्ने गरी गणना हुँदैछ।' मतगणनाको अपडेट दुई-दुई घण्टामा सार्वजनिक गर्ने निर्वाचन कार्यालयले जनाएको छ । मतगणनास्थल इलाम नगरपालिकास्थित गौतम बुद्ध टाउन हलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । शनिबार सम्पन्न निर्वाचनमा जम्मा ६९ हजार २ ८७ मत खसेको थियो । कुल १ लाख १५ हजार ८८९ मतदात...
काठमाडौँको तारकेश्वरमा आँखा शिविर सम्पन्न, मोतियाविन्दु देखिएका ३१ जनाको निःशुल्क शल्यक्रिया गरिने

काठमाडौँको तारकेश्वरमा आँखा शिविर सम्पन्न, मोतियाविन्दु देखिएका ३१ जनाको निःशुल्क शल्यक्रिया गरिने

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौँ। राजधानीको तारकेश्वरमा शनिवार निःशुल्क आँखा शिविर सम्पन्न गरिएको छ । परिवर्तन अभियान नेपालद्वारा आयोजित शिविरमा स्थानीय ६१० जनाको निःशुल्क आँखाको परीक्षण परिएको अध्यक्ष सुशील भट्टले जानकारी दिए । उक्त नगरपालिकाको वडा नम्बर ५ स्थित नागार्जुन माविमा आयोजित शिविर तिलगंगा आँखा प्रतिष्ठान, तारकेश्वर नगरपालिका वडा नम्बर ५, युवा सारथि क्लब र रानीवन युवा समूहसँगको सहकार्यमा सम्पन्न गरिएको हो । शिविरमा आँखा परीक्षण गराउनेमध्ये ३१ जनामा मोतियाविन्दु देखिएको र उनीहरूको मङ्गलवार तिलगंगा आँखा प्रतिष्ठानमा निःशुल्क शल्यक्रिया गराउने व्यवस्था मिलाइएको अध्यक्ष भट्टले जानकारी दिए । त्यसका लागि प्रतिष्ठान र फूलबारी गुम्बा जगडोलसँगको समन्वयमा उनीहरूको निःशुल्क शल्यक्रिया गरिने उनको भनाइ छ । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य कुन्दनराज काफ्ले, तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी अ...
२६ वर्षदेखी फरार नुवाकोटका तामाङ पक्राउ

२६ वर्षदेखी फरार नुवाकोटका तामाङ पक्राउ

अपराध, मुख्य समाचार
विदुर- २६ बर्ष देखि फरार रहेका मानब बेचबिखन तथा ओसारपसार मुद्दाको  प्रतिवादी पक्राउ परेका छ्न । मकवानपुर जिल्ला अदालतको मिति २०५५।१०।१९ गतेको फैसलाले ९ वर्ष ७ महिना १० दिन कैद तोकि फरार रहेका मानव बेचबिखन तथा ओसारपसार मुद्दाका प्रतिवादी जिल्ला नुवाकोट साबिक बेतिनी गा.बि.स. वडा नं.०७ हाल दुप्चेश्वर गाँउपालिका वडा नं. ०४ बस्ने वर्ष ५५ को राम बहादुर भन्ने जंग बहादुर तामाङ पक्राउ परेका हुन । तामाङलाई जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली खटी गई खोजतलास गर्ने क्रममा  वैशाख १२ गते बेलुका ६ बजेको समयमा तादी गाँउपालिका वडा नं.०४ सातबिसे स्थितमा लुकीछिपी हिडि रहेको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । तामाङलाई १३ गते नुवाकोट जिल्ला अदालतमा पेश गरिएकोमा कैद भुक्तानको लागि कारागार चलान गरिएको छ ।...
कांग्रेस नेता अफताब आलमसहित चार जनालाई जन्मकैद

कांग्रेस नेता अफताब आलमसहित चार जनालाई जन्मकैद

मुख्य समाचार, राजनिती
काठमाडौं- जिल्ला अदालत रौतहटले पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको फैसला सुनाएको छ । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसदसमेत रहेका आलमलाई बिहीबार जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो । न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले आलमसहित चारजनालाई दोषी ठहर गरेको हो । इजालसले आलमसहित उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनीलाई जन्मकैद हुने फैसला गरेको हो । यस मुद्दामा प्रतिवादी बनाइएका मुक्ति साहले भने सफाइ पाएका छन् । आलममाथि २०६४ साल चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको र विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मारेको अभियोग लागेको थियो ।...
एन.आर. कलेजमा रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर हुदै

एन.आर. कलेजमा रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर हुदै

समाचार, समाज, स्वास्थ्य
काठमाडौ- तारकेश्वर नगरपालिका वडा नं. ११ नेपालटारमा रहेको एन.आर. कलेजमा रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर हुने भएको छ । एन.आर. कलेज  पुर्व विद्यार्थी समाजको आयोजना उक्त शिविर हुन लागेको हो । कलेज-समुदाय सहकार्य कार्यक्रम अन्तर्गत रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको आयोजकको भनाइ छ । जीवन दानको रुपमा लिइदै आएको रक्तदान संगै नि:शुल्क रुपमा स्वास्थ्य परिक्षण गरेर मौकाको फाइदा उठाउन आम समुदायलाई आयोजकको अनुरोध समेत रहेको छ । सशस्त्र प्रहरी परिवार महिला संघको सहयोगमा यहि बैशाख १७ गते सोमबार बिहान ७ बजेदेखि ११:३० बजेसम्म शिविर संचालन गरिने आयोजकले जनाएको छ ।...
परिवर्तन अभियान नेपालले नि:शुल्क आँखा शिविर गर्दै

परिवर्तन अभियान नेपालले नि:शुल्क आँखा शिविर गर्दै

समाचार, समाज, स्वास्थ्य
काठमाडौ- सामाजिक तथा अतिरिक्त कार्यमा सक्रिय रहदै आएको परिवर्तन अभियान नेपालले नि:शुल्क आँखा शिविर गर्ने भएको छ । बागमती प्रदेश सभा सदस्य तथा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य माननीय कुन्दनराज काफ्लेको प्रमुख आतिथ्यतामा यहि वैशाख १५ गते शनिबार आँखा राेगिहरुका लागि निशुल्क शिविर राखिएको आयोजकले जनाएको छ । शिविर तारकेश्वर नगरपालिका वडा न. ५ मा रहेको नागार्जुन माविमा हुनेछ । तिलगंगा आँखा प्रतिष्ठान र तारकेश्वर नगरपालिका वाड न. ५ को सहकार्यमा हुने शिविर बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म संचालन हुनेछ । शिविरबाट छानिएका मोतियाविन्दुका बिरामीहरुलाइ तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरुद्वारा फुलारी गुम्बा जगडोल, काठमाडौमा नि:शुल्क शल्यक्रियाकाे व्यवस्था गरिएको आयोजकले जनाएको छ ।...
विनाशकारी भूकम्पको ९ वर्ष पुरा

विनाशकारी भूकम्पको ९ वर्ष पुरा

मुख्य समाचार
काठमाडौं- वैशाख १२ को विनाशकारी भूकम्प गएको आज ९ वर्ष भएको छ । भूकम्प गएको ९ वर्ष बितिसक्दा पनि अझै ९२ हजार परिवारका घर पुनर्निर्माण हुन सकेको छैन । महाभूकम्पको पुनर्निर्माणमा पौने चार खर्ब सकिएको छ  । त्यति धेरै रकम खर्च भएपनि अझै कतिपय पुरातात्विक संरचना पनि अधुरै छन् । पुनर्निर्माणको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण समेत विघटन भइसकेको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको भूकम्पको ९ वर्ष पूरा भएको हो । ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प जाँदा आठ हजार ९ सय ७० जनाको मृत्यु भएको थियो । २२ हजार भन्दा घाइते भएका थिए । पाँच लाख ११ हजार ३९० घर ध्वस्त भए । दुई लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुगेको थियो । भूकम्पले १४ जिल्लामा धेरै क्षति पुगेको थियो । भूकम्पका कारण करिब ७ खर्ब ६ अर्ब बराबरको क्षति भएको गृहमन्त्रालयको तथ्यांक छ ।...
लोकतन्त्रमा अनुशासित नेतृत्व र नैतिकता आवश्यक – प्रदीप पौडेल

लोकतन्त्रमा अनुशासित नेतृत्व र नैतिकता आवश्यक – प्रदीप पौडेल

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं— लोकतान्त्रिक शासन व्यवस्थामा अनुशासित नेतृत्व र नैतिकता आवश्यक रहने राजनीतिक दलका नेता र जानकारहरुले जोड दिएका छन्। लोकतन्त्र दिवसका अवसरमा परिवर्तन अभियान नेपालद्वारा आज काठमाडौंमा आयोजित युवा संवादमा उनीहरुले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गरी समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम रहेको बताए। त्यस अवसरमा नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले अनुशासित नेतृत्व र नैतिकता नभएको लोकतन्त्रले मुलुक र जनताको हित गर्न नसक्ने धारण व्यक्त गरे। उनले मुलुकको राजनीतिक नेतृत्वले नैतिकताको नजिर बनाउन नसकेको विचार प्रकट गरे। नेता पौडेलले भने, ‘जनताको मतबाट वडा सदस्यदेखि राष्ट्राध्यक्षसम्म निर्वाचित गर्ने लोकतान्त्रिक प्रणाली भए पनि सबै क्षेत्रमा लोकतान्त्रिक अभ्यास अबलम्बन भने हुन सकेको छैन।’ त्यस्तै कार्यक्रममा उपस्थित रहेका प्राध्यापक डा पित...
गुन्द्रुक ब्राण्डिङ गर्दै नुवाकोटको दुप्चेश्वर गाउँपालिका

गुन्द्रुक ब्राण्डिङ गर्दै नुवाकोटको दुप्चेश्वर गाउँपालिका

समाचार
काठमाडौं- नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले सिन्की गुन्द्रुकलाई ब्राण्डिङ गर्ने भएको छ । गाउँपालिकाको आ.व. २०८०/८१ को वार्षिक स्वीकृत सिन्की गुन्द्रुक ब्राण्डिङ कार्यक्रम अन्तर्गत गाउँपालिका भित्र उत्पादन भएको सिन्की तथा गुन्द्रुकको ब्राण्डिङ, प्याकेजिङ तथा बजारीकरण गरि किसानहरुको आयआर्जनमा मद्दत गर्ने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ । पहिलो चरणमा न्यूट्रिसनल भ्यालु परिक्षण गरेर बाकी प्रक्रिया आगाडी बढाइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेश रिजालले आइतबार एक सुचना प्रकाशन गर्दै जानकारी दिए । सूचना प्रकाशन भएको ७ दिन भित्र गाउँपालिकाको कृषि बिकास शाखामा सम्पर्क गर्न अनुरोध समेत गरिएको छ । ...