Tuesday, August 18
Shadow

Author: Interview Nepal

काठमाडौँका यी स्थानहरूमा आजदेखि विद्युत् सेवा प्रभावित हुने

काठमाडौँका यी स्थानहरूमा आजदेखि विद्युत् सेवा प्रभावित हुने

मुख्य समाचार, समाज
काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले आजदेखि आगामी शुक्रबारसम्म काठमाडौँको विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुने जानकारी दिएको छ । कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्न लागिएकोले विद्युत् सेवा प्रभावित हुने भएको हो । यी तीन केन्द्र अन्तर्गत विभिन्न स्थानहरूमा बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जानकारी दिएको छ । ...
तारकेश्वर नगरस्तरिय पशुपालन प्रथम वार्षिक साधारणसभा सम्पन्न

तारकेश्वर नगरस्तरिय पशुपालन प्रथम वार्षिक साधारणसभा सम्पन्न

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौ - तारकेश्वर नगरस्तरिय पशुपालन मुल समितिले प्रथम वार्षिक साधारणसभा तारकेश्वर नगरपालिका - ६ को सभा हलमा सम्पन्न भयाे । तारकेश्वर नगरस्तरिय पशुपालन मुल समितिले प्रथम वार्षिक साधारणसभा तारकेश्वर नगर प्रमुख कृष्ण हरि महर्जनको प्रमुख आतिथ्यतामा भएको थियो । तारकेश्वर-२को अध्यक्ष राधाकृष्ण खड्गी, वडा १का वडा अध्यक्ष विदुर सापकोटा आतिथ्यमा र तारकेश्वर नगरस्तरिय पशुपालन मुल समितिका अध्यक्ष ठाकुर प्रसाद अधिकारीकाे सभापतित्वमा कार्यक्रम सम्पन भएको थियो। स्वागत मन्तव्य संस्थाका सदस्य निर्मला अधिकारीले गर्नुभएको थयाे भने कार्यक्रममा कृषककाे तर्फबाट माधव प्रसाद तिमल्सिना , महिलाको तर्फबाट कमला ढकाल,राष्ट्रिय कृषक समूह माहासंघ नेपालका संस्थापक अध्यक्ष उद्धव अधिकारी ,तानपा पशुपालन समितिका सल्लाहकार बलराम धिताल ,पशुपंछि बिकासका शाखा प्रमुख धनपती राय यादव , वडा अध्यक्ष एवं नगर प्रबक्ता राधाकृष्ण...
२४ घण्टामा डढेलोबाट २२ जिल्लाका ६७ स्थानमा क्षति

२४ घण्टामा डढेलोबाट २२ जिल्लाका ६७ स्थानमा क्षति

मुख्य समाचार
काठमाडौँ- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ ।  सुदूरपश्चिमको डडेल्धुरादेखि पूर्वमा उदयपुरसम्मको क्षेत्रमा डढेलो लाग्दा ६ जना घाइते भएका छन् भने ५० घरमा क्षति पुगेको छ । ८ वटा गोठहरू पनि जलेर नष्ट भएका छन् । यी स्थानहरूमा भने आगो नियन्त्रणमा आइसकेको छ । गृह मन्त्रालयको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाकी उपसचिव रमा आचार्यका अनुसार, यो अवधिको डढेलोबाट करिब ३ करोड बराबरको आर्थिक क्षति भएको छ । ६९ वटा सामुदायिक वनमा भने अहिले पनि डढेलो नियन्त्रणमा आई नसकेको आचार्यले बताइन् । डढेलोबाट भक्तपुर, काठमाडौं, ललितपुर, ओखलढुङ्गा, भोजपुर, उदयपुर, खोटाङ, रसुवा, मकवानपुर, सिन्धुली, कास्की, गुल्मी, प्युठान, पाल्पा, अर्घाखाँची, बर्दिया, दाङ, रोल्पा, सुर्खेत, दैलेख, डोटी र डडेलधुराका सामुदायिक वनमा डढेलोबाट क्षति पुगेको विवरण प्राप्त भइरहेको उपसचिव आचार्यले बत...
बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित

बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित

निर्वाचन विशेष, मुख्य समाचार, राजनिती
काठमाण्डाै– बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा भएकाे उपचुनावमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित हुनुभएको छ । एमालेका उम्मेदवार भण्डारी ११ हजार ६ सय १३ मत प्राप्त गरी विजयी हुनुभएकाे निर्वाचन आयाेगले जनाएकाे छ । भण्डारी २ सय ६७ मतान्तरसहित विजयी हुनुभयाे । भण्डारीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गर्नुभयो । यस्तै नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ८ सय ३१ र नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले २ हजार ५ सय १४ मत प्राप्त गर्नुभएको आयाेगले जनाएकाे छ । अस्ति शनिवार भएको उपचुनावमा ३० हजारभन्दा धेरै मतदान भएकोमा अहिलेसम्म २८ हजारभन्दा धेरै मतगणना भइसकेको छ । २०७९ मा भएको चुनावमा यस क्षेत्रमा कांग्रेसका पृथ्वीबहादुर सिंहले १७ हजार १ सय १२ मत ल्याएर निर्वाचित हुनुभएको थियो...
इलाम–२ मा दुई हजार ८३९ मत गन्दा खड्काको अग्रता कायमै

इलाम–२ मा दुई हजार ८३९ मत गन्दा खड्काको अग्रता कायमै

मुख्य समाचार, राजनिती
इलाम- इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनअन्तर्गत फाकफोकथुम गाउँपालिकाका १ र २ नम्बर वडाको मतगणना गरिँदा नेपाली कांग्रेसका उमेदवारको अग्रता कायमै छ । यी दुई वडामा दुई हजार ८३९ मत खसेको थियो । कांग्रेस उमेदवार डम्बर खड्का ८२ मतान्तरले अगाडि छन् । यी दुई वडाबाट खड्काले एक हजार १४५ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका नेकपा (एमाले)का उमेदवार सुहाङ नेम्वाङले एक हजार ६३ मत ल्याएका छन् । तेस्रो स्थानमा स्वतन्त्र उमेदवार डकेन्द्र थेगिम रहेका छन् । मुढा चिह्नका थेगिमले ३११ मत पाएका छन् । चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार मिलन लिम्बूले २०९ मत ल्याएका छन् ।...
इलाम-२ मा मतगणना सुरु

इलाम-२ मा मतगणना सुरु

मुख्य समाचार, राजनिती
इलाम- प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत इलाम-२ मा  मतगणना सुरु भएको छ । आइतबार बिहानको सर्वदलीय बैठकले पश्चिम इलामको  फाकफोकथुम गाउँपालिकाको मतपत्रबाट गणना सुरु गर्ने निर्णय गरेको थियो । फाकफोकथुम गाउँपालिकाको ७ वडामा ९ हजार ७ सय ४ मत खसेको छ । फाकफोकथुकको गणनापछि दक्षीण इलामको चुलाचुली, माङ्सेबुङ, माई, देउमाईपछि अन्तिममा इलाम नगरपालिकाको मत गनिने मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जनाए। उनले सोमबार बेलुकासम्म अन्तिम परिणाम आउन सक्ने बताए । उनले भने,'बढीमा ३६ घण्टाभित्र फाइनल नतिजा सार्वजनिक गर्ने गरी गणना हुँदैछ।' मतगणनाको अपडेट दुई-दुई घण्टामा सार्वजनिक गर्ने निर्वाचन कार्यालयले जनाएको छ । मतगणनास्थल इलाम नगरपालिकास्थित गौतम बुद्ध टाउन हलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । शनिबार सम्पन्न निर्वाचनमा जम्मा ६९ हजार २ ८७ मत खसेको थियो । कुल १ लाख १५ हजार ८८९ मतदात...
काठमाडौँको तारकेश्वरमा आँखा शिविर सम्पन्न, मोतियाविन्दु देखिएका ३१ जनाको निःशुल्क शल्यक्रिया गरिने

काठमाडौँको तारकेश्वरमा आँखा शिविर सम्पन्न, मोतियाविन्दु देखिएका ३१ जनाको निःशुल्क शल्यक्रिया गरिने

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौँ। राजधानीको तारकेश्वरमा शनिवार निःशुल्क आँखा शिविर सम्पन्न गरिएको छ । परिवर्तन अभियान नेपालद्वारा आयोजित शिविरमा स्थानीय ६१० जनाको निःशुल्क आँखाको परीक्षण परिएको अध्यक्ष सुशील भट्टले जानकारी दिए । उक्त नगरपालिकाको वडा नम्बर ५ स्थित नागार्जुन माविमा आयोजित शिविर तिलगंगा आँखा प्रतिष्ठान, तारकेश्वर नगरपालिका वडा नम्बर ५, युवा सारथि क्लब र रानीवन युवा समूहसँगको सहकार्यमा सम्पन्न गरिएको हो । शिविरमा आँखा परीक्षण गराउनेमध्ये ३१ जनामा मोतियाविन्दु देखिएको र उनीहरूको मङ्गलवार तिलगंगा आँखा प्रतिष्ठानमा निःशुल्क शल्यक्रिया गराउने व्यवस्था मिलाइएको अध्यक्ष भट्टले जानकारी दिए । त्यसका लागि प्रतिष्ठान र फूलबारी गुम्बा जगडोलसँगको समन्वयमा उनीहरूको निःशुल्क शल्यक्रिया गरिने उनको भनाइ छ । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य कुन्दनराज काफ्ले, तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी अ...
२६ वर्षदेखी फरार नुवाकोटका तामाङ पक्राउ

२६ वर्षदेखी फरार नुवाकोटका तामाङ पक्राउ

अपराध, मुख्य समाचार
विदुर- २६ बर्ष देखि फरार रहेका मानब बेचबिखन तथा ओसारपसार मुद्दाको  प्रतिवादी पक्राउ परेका छ्न । मकवानपुर जिल्ला अदालतको मिति २०५५।१०।१९ गतेको फैसलाले ९ वर्ष ७ महिना १० दिन कैद तोकि फरार रहेका मानव बेचबिखन तथा ओसारपसार मुद्दाका प्रतिवादी जिल्ला नुवाकोट साबिक बेतिनी गा.बि.स. वडा नं.०७ हाल दुप्चेश्वर गाँउपालिका वडा नं. ०४ बस्ने वर्ष ५५ को राम बहादुर भन्ने जंग बहादुर तामाङ पक्राउ परेका हुन । तामाङलाई जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली खटी गई खोजतलास गर्ने क्रममा  वैशाख १२ गते बेलुका ६ बजेको समयमा तादी गाँउपालिका वडा नं.०४ सातबिसे स्थितमा लुकीछिपी हिडि रहेको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । तामाङलाई १३ गते नुवाकोट जिल्ला अदालतमा पेश गरिएकोमा कैद भुक्तानको लागि कारागार चलान गरिएको छ ।...
कांग्रेस नेता अफताब आलमसहित चार जनालाई जन्मकैद

कांग्रेस नेता अफताब आलमसहित चार जनालाई जन्मकैद

मुख्य समाचार, राजनिती
काठमाडौं- जिल्ला अदालत रौतहटले पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको फैसला सुनाएको छ । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसदसमेत रहेका आलमलाई बिहीबार जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो । न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले आलमसहित चारजनालाई दोषी ठहर गरेको हो । इजालसले आलमसहित उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनीलाई जन्मकैद हुने फैसला गरेको हो । यस मुद्दामा प्रतिवादी बनाइएका मुक्ति साहले भने सफाइ पाएका छन् । आलममाथि २०६४ साल चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको र विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मारेको अभियोग लागेको थियो ।...
एन.आर. कलेजमा रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर हुदै

एन.आर. कलेजमा रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर हुदै

समाचार, समाज, स्वास्थ्य
काठमाडौ- तारकेश्वर नगरपालिका वडा नं. ११ नेपालटारमा रहेको एन.आर. कलेजमा रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर हुने भएको छ । एन.आर. कलेज  पुर्व विद्यार्थी समाजको आयोजना उक्त शिविर हुन लागेको हो । कलेज-समुदाय सहकार्य कार्यक्रम अन्तर्गत रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको आयोजकको भनाइ छ । जीवन दानको रुपमा लिइदै आएको रक्तदान संगै नि:शुल्क रुपमा स्वास्थ्य परिक्षण गरेर मौकाको फाइदा उठाउन आम समुदायलाई आयोजकको अनुरोध समेत रहेको छ । सशस्त्र प्रहरी परिवार महिला संघको सहयोगमा यहि बैशाख १७ गते सोमबार बिहान ७ बजेदेखि ११:३० बजेसम्म शिविर संचालन गरिने आयोजकले जनाएको छ ।...