Friday, August 21
Shadow

Author: Interview Nepal

आज – २२ माघ २०७७ बिहिवार को राशिफल

आज – २२ माघ २०७७ बिहिवार को राशिफल

मुख्य समाचार, समाचार, समाज
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ जिम्मेवारी पाइएला । घरमा अतिथीको आगमन हुनेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । वृष वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज शुभकार्यको योग छ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग पाईने र स्वादिष्ट भोजन पनि मिल्नेछ । कर्कट कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । नोकरीमा स्थानान्तरण तथा पदोन्नतिको योग छ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभकार्यको चर्चा चल्नेछ ...
दाहाल-नेपाल समूहको आमहड्ताल, बन्द गराउँदै हिँडेका धमाधम पक्राउ, सुरक्षा व्यवस्था कडा

दाहाल-नेपाल समूहको आमहड्ताल, बन्द गराउँदै हिँडेका धमाधम पक्राउ, सुरक्षा व्यवस्था कडा

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, माघ २१ । संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्तिको विरोधमा नेकपाको दाहाल(नेपाल समूहले आज आमहड्ताल घोषणा गरेको छ । सरकार र राष्ट्रपति मिलेर असंवैधानिक एवं गैरकानूनी ढंगले गरिएका नियुक्ति तत्कालै बदर गर्नु पर्ने मागसहित दाहाल(नेपाल समूह आमहड्तालमा उत्रिएको हो । आमहड्तालमा यातायात, बजार, उद्योग, कार्यालय सबै बन्दको घोषणा गरिएको छ । आमहड्तालका कारण मुलुकभर यातायातका साधन फाट्फुट्ट मात्र चलेका छन् । लामो दूरीका सवारी साधन सञ्चालनमा नआए पनि छोटो दूरीका सवारीसाधन भने फाट्फुट्ट मात्रै चलेको ट्राफिक प्रहरीले जनाएको छ । दाहाल(नेपाल समूहका कार्यकर्ता बिहानैदेखि बन्द गराउन सडकमा निस्किएका छन् । काठमाडौँका विभिन्न स्थानमा बिहानै यातायात अवरूद्ध पार्न खोजेपछि प्रहरीले ४० जनालाई पक्राउ गरेको छ । काठमाडौँको सामाखुसीबाट मात्रै पाँच जना पक्राउ परेका छन् । नेता रामप्रसाद सापकोटा ‘द...
मध्यावधी निर्वाचनः आयोगले माग्यो अर्थ मन्त्रालयसँग ७ अर्ब ७ करोड रूपैयाँ

मध्यावधी निर्वाचनः आयोगले माग्यो अर्थ मन्त्रालयसँग ७ अर्ब ७ करोड रूपैयाँ

आर्थिक, मुख्य समाचार
काठमाडौं, माघ २१ । सरकारले घोषणा गरेको मध्यावधी निर्वाचनका लागि निर्वाचन आयोगले सरकारसँग ७ अर्बभन्दा बढी बजेट माग गरेको छ । आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचन खर्च ७ अर्ब ७ करोड ९४ लाख ८० हजार चाहिने आयोगले बताएको छ । सो रकम अर्थ मन्त्रालयसँग माग गर्ने निर्णय आयोगले गरेको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आर्थिक व्यवस्थापन सम्बन्धमा प्रतिनिधिसभा सदस्य निर्वाचन सञ्चालन आर्थिक कार्यविधि, २०७७ र निर्वाचन सञ्चालन र व्यवस्थापनका लागि सो रकम आवश्यक पर्ने भएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार कोभिड–१९ को महामारीको समयमा निर्वाचन सञ्चालन र व्यवस्थापन गर्दा मितव्ययीता अपनाउने गरी आयोगले कार्यविधि बनाएको छ ।...
दाहाल नेपाल समूहको मसाल जुलुसमा झडप , २ प्रहरीसहित ३ जना घाइते

दाहाल नेपाल समूहको मसाल जुलुसमा झडप , २ प्रहरीसहित ३ जना घाइते

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ २१ । नेकपा दाहाल नेपाल समूहका नेता, कार्यकर्ताहरुले सदरमुकाम धादिङबेंसीमा बुधबार साँझ निकालेको मसाल जुलुसमा प्रहरी हस्तक्षेप भएको छ । बिहीबारका लागि आह्वान गरिएको आम हड्तालको पूर्वसन्ध्यामा निकालिएको मसाल जुलुस पुछारबजारमा समापन हुन लागेको बेला प्रहरीले रोक्न खोजेको थियो । त्यसक्रममा केहीबेर झडप हुँदा प्रहरी निरीक्षक अरुणकुमार कुशवाह तथा प्रहरी जवान हेमला गुरुङ घाइते भएका छन् । आन्दोलनकारीतर्फ नेकपा नेता लक्ष्मण रम्तेल सख्त घाइते भएका छन् । नेकपा नेता रामबहादुर भण्डारीका अनुसार धादिङबेंसीको शिरानबजारबाट सुरु गरिएको मसाल जुलुस क्याम्पस चोक, वीचबजार, शान्तबजार हुँदै पुछारबजारमा आएर कोणसभामा परिणत भएको थियो । प्रहरी सँगको झडपमा गम्भीर घाइते भएका रम्तेललाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि काठमाडौं पठाइएको नेकपा नेता विजय बुर्लाकोटीले बताए । उनको टाउकोमा गम्भीर चोट ला...
संवैधानिक निकायका प्रमुखलाई काममा रोक लगाउन माग गर्दै सर्वोच्च रिट

संवैधानिक निकायका प्रमुखलाई काममा रोक लगाउन माग गर्दै सर्वोच्च रिट

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ २१ । विभिन्न संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीलाई काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । बुधबार पद तथा गोपनीयताको सपथ लिएका संवैधानिक निकायका ३२ जना प्रमुख तथा पदाधिकारीलाई कामकाज गर्न रोक लगाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका हुन्। सरकारले ल्याएको अध्यादेशले संविधानको धारा २, ८३, २८४ र २९२ को बर्खिलाप भएको रिटमा उल्लेख छ । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश नै संविधान विपरीत रहेको, परिषदका ६ मध्ये तीन जना बसेर निर्णय गर्न नमिल्ने र संसदीय सुनुवाइबिनै ती आयोगहरूमा नियुक्तिको परिकल्पना संविधानले नगरेको त्रिपाठीको जिकिर छ । यता संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीलाई नियुक्ति गरिएको भन्दै प्रचण्ड र नेपाल समुहले पनि विरोध गरेको छ । साथै भोली नेपाल बन्दको घोषणा पनि गरेको छ ।...
गृह मन्त्रालयले भन्यो- हड्ताल गर्नेलाई कारबाही गर्छौँ, यातायात, व्यवसाय सञ्चालन गर्नुस्

गृह मन्त्रालयले भन्यो- हड्ताल गर्नेलाई कारबाही गर्छौँ, यातायात, व्यवसाय सञ्चालन गर्नुस्

ब्यानर समाचार, समाचार, समाज
  काठमाडौं, माघ २१ । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले बिहीबार आमत हड्ताल घोषणा गरेको छ। तर, गृह मन्त्रालयले भने सो दिन निर्बाध रुपमा व्यवसाय सञ्चालन गर्ने वातावरण तयार गर्ने बताएको छ। मन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गर्दै हड्ताल गर्नेहरुलाई कारबाहीको चेतावनी दिएको हो। ‘शान्ति सुरक्षामा खलल पुग्नेगरी तोडफोड, आगजनी र जबरजस्तीलगायतका अवाञ्छित गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधिमा संलग्न हुनेउपर कानुन बमोजिम कारबाही हुने बेहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ वक्तव्यमा भनिएको छ। ‘दैनिक रुपमा सञ्चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिनेगरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने हुँदा यातायात व्यवसायीलगायत सबै उद्यमी व्यवसायीहरुलाई निर्धक्क एवं पूर्ववत् रुपमा आआफ्नो उद्योगधन्दा, पेसा व्यवसाय सञ्चालन गर्न गृह ...
प्रवक्ता शर्मा भन्छन् -सरकार विरुद्धको संघर्षमा अब कांग्रेस थप सशक्त रुपमा उत्रिन्छ

प्रवक्ता शर्मा भन्छन् -सरकार विरुद्धको संघर्षमा अब कांग्रेस थप सशक्त रुपमा उत्रिन्छ

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
  काठमाडौँ, माघ २१ । नेपाली कांग्रेसले सरकार विरुद्धको संघर्ष थप सशक्त गर्ने भएको छ । संवैधानिक निकायमा भएको नियुक्ति र शपथले सरकार ‘सर्वसत्ताउन्मुख’ भएको ठहर गर्दै कांग्रेसले संघर्षका कार्यक्रम थप सशक्त बनाउने प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । ‘दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरीतको कर्मसाथ सर्वसत्ताउन्मुख प्रवृत्ति विरुद्ध, संघर्ष झनै घनिभूत बनाउनुपर्ने निष्कर्षमा छौं हामी’ शर्माले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्। विधि उल्लंघनको प्रवृत्तिप्रति कांग्रेसको प्रष्ट विमति रहेको शर्माले उल्लेख गरेका छन्। संवैधानिक परिषद् सम्बन्धी अध्यादेश, संवैधानिक परिषद्को बैठक र बुधबारको शपथग्रहणप्रति कांग्रेसको विरोध रहेको उनले बताएका छन्। गएको मंसिर ३० मा बसेको संवैधानिक परिषद्को बैठकले गरेको सिफारिस अनुसार बुधबार विभिन्न संवैधानिक निकायमा नियुक्त भएका ३२ जना पदा...
भरूवा बन्दुक र कालिजसहित दुई पकाउ

भरूवा बन्दुक र कालिजसहित दुई पकाउ

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
बझाङ , माघ २१ । बझाङमा भरूवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । छबिसपाथिभेरा गाउँपालिका–४ स्थित टीका सामुदायिक वनबाट मङ्गलबार राति ११स्३० बजे एकनाले भरूवा बन्दुक, बारुद, केप, छर्रा, एउटा जङ्गली मरेको कालिज, टर्चलाइट र एक थान हँसियासहित छविसपाथिभेरा–३ का ४३ वर्षीय गणेश खवास र ५० वर्षीय निमु खवासलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीचौकी छबिसपाथीभेराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त हातहातियारसहित टीका सामुदायिक वन क्षेत्रभित्र फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए ।...
सुष्मा कार्की र पत्रकार रसाइलीबीच मिलापत्र, उत्सवले मागे दुई हात जोडी माफी

सुष्मा कार्की र पत्रकार रसाइलीबीच मिलापत्र, उत्सवले मागे दुई हात जोडी माफी

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , माघ २१ । अभिनेत्री सुष्मा कार्की र अभिनेत्री श्वेता खड्काकी बहिनी आरती खड्का तथा पत्रकार उत्सव रसाइलीबीच मिलापत्र भएको छ । बुधबार प्रहरीक ओरोहभरमा सुष्मा र थप्पड हानेका भनिएका पत्रकार रसाइलीबीच मिलापत्र भएको हो ।सुष्माले आफूमाथि कुटपिट तथा गालीगलौज भएको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । मंगलबार अभिनेत्री कार्कीले काठमाडौंको महानगरीय प्रहरी वृत्त, दरबारमार्गमा उजुरी दिएकी हुन् ।पत्रकार रसाइलीले दुईहात जोडि माफी मागेका छन् । सुष्माले आफुलाई थप्पड हान्ने पत्रकार रसाइलीलाई माफी दिएको बताएकी छन् । पत्रकार रसाइलीले पनि आफुहरुबीच असमझदारी भएको र अहिले सबै विषय प्रष्ट भएको बताएका छन् । मंगलबार राति दरबारमार्गस्थित लन्डन पबमा उनीहरुबीच झगडा भएको थियो ।...
कोरोनाविरुद्ध खोप अभियान : ८ दिनमा १ लाख ४५ हजारले लगाए खोप

कोरोनाविरुद्ध खोप अभियान : ८ दिनमा १ लाख ४५ हजारले लगाए खोप

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , माघ २१ । कोरोनाविरुद्धको खोप अभियानको आठ दिनसम्म देशभर एक लाख ४५ हजारभन्दा बढीले कोरोना ९कोभिड १९० विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ती जारी ७७ जिल्लामा कुल एक लाख ४५ हजार ८४४ जनाले खोप लगाएको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार आठ दिनसम्म प्रदेश १ मा २० हजार १५५, प्रदेश २ मा १९ हजार ६६३, बागमती प्रदेशमा ५० हजार ७५०, गण्डकी प्रदेशमा १६ हजार ४९५, लुम्बिनी प्रदेशमा २१ हजार ४५४, कर्णाली प्रदेशमा ७ हजार ३२६ र सुदूरपश्चिम प्रदेशमा १० हजार १ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । गत बुधबारदेखि सुरु भएको खोप अभियानअन्तर्गत देशभरका ३०० खोप केन्द्रहरुमार्फत स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालकलगायत अग्रपंक्तिमा खटिने सेवा प्रदायकलाई आगामी १० दिनभित्र करिब ४ लाख ३० हजार व्यक्तिहरुलाई खोप लगाउने सरकारको ल...