Friday, August 21
Shadow

Author: Interview Nepal

अवहेलना मुद्धाः प्रचण्डलाई आफैँ उपस्थित भएर जवाफ दिन सर्वोच्चको आदेश

अवहेलना मुद्धाः प्रचण्डलाई आफैँ उपस्थित भएर जवाफ दिन सर्वोच्चको आदेश

ब्यानर समाचार, राजनिती
काठमाडौँ , माघ २१ । नेपाल कम्युनिष्ट पार्टी )नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सर्वोच्च अदालतले अवहेलनाको मुद्दामा लिखित जवाफसहित आफैँ उपस्थित हुन आदेश दिएको छ । बुधबार न्यायाधीश डा।मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्याद बाहेक एक हप्ताभित्र अदालतमा आफैँ हुन आदेश दिएको हो । अधिवक्ता समिर हायूले प्रचण्डले विभिन्न सभाहरुमा सर्वोच्चले प्रतिनिधि सभा विघटन पुनःस्थापना नगरे सभामुखमार्फत बैठक बोलाउने चेतावनी दिएर अदालतको अवहेलना गरेको भन्दै रिट दायर गरेका थिए । सर्वोच्चले यसमा के कसो भएको हो रु माग बमोजिम अवहेलनामा कारबाही किन हुन नपर्ने हो रु म्याद प्राप्त भएको मितिले बाटाका म्याद बाहेक सात दिनभित्र आफैँ लिखित जवाफ पेश गर्नुहोला भनि निर्देशन दिएको छ । यस अघि सर्वोच्चले अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व सभामुख दमननाथ ढुंगाना तथा चार पूर्व प्र...
क्रिकेट सङ्घलाई काठमाडौं महानगरले ५० लाख सहयोग गर्ने

क्रिकेट सङ्घलाई काठमाडौं महानगरले ५० लाख सहयोग गर्ने

आर्थिक, खेलकुद
काठमाडौं , माघ २१ । काठमाडौं महानगरपालिकाले ‘मेयर्स कप २०७७ क्रिकेट प्रतियोगिता’ सञ्चालन गर्नका लागि क्रिकेट सङ्घलाई ५० लाख सहयोग गर्ने भएको छ । यसका लागि मङ्गलबार सहमतिपत्रमा हस्ताक्षर भएको छ । पत्रमा कामपाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले हस्ताक्षर गरे । कामपाले यसअघि पनि ए डिभिजन फुटबल क्लबलाई जनही रु १० लाख, बी डिभिजनलाई जनही रु छ लाख र सी डिभिजनलाई रु चार लाख सहयोग गरिसकेको छ । महानगरसँगै देशको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन लगानी गरिएको कामपाको भनाइ छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले क्रिकेटले अन्तर्राष्ट्रियस्तरमा नेपालको ख्याति बढाएको बताए । यो प्रसिद्धि बढाउन थप बल पुगोस् र महानगरको पहिचान पनि सँगै विस्तार होस् भनेर सङ्घलाई सहयोग गरेको उनको भनाइ छ । नेपाली क्रिकेट खेलाडीको आत्मबल बलियो बनाएर अन्...
ओली पक्षको आज काठमाडौंमा बृहत मोटरसाइकल र्‍याली , यस्तो छ रुट

ओली पक्षको आज काठमाडौंमा बृहत मोटरसाइकल र्‍याली , यस्तो छ रुट

मुख्य समाचार, राजनिती
काठमाडौं , माघ २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपीशर्मा ओली पक्षले काठमाडौंमा आज बृहत मोटरसाइकलको र्‍याली गर्दैछ । बागमती प्रदेश कमिटीको आयोजनामा माघ २३ गते हुने शक्ति प्रदर्शन तयारीस्वरूप अनेरास्ववियू र राष्ट्रिय युवा संघले संयुक्त रूपमा मोटरसाइकलको र्‍याली गर्न लागेका हुन् । मध्यान्ह १२ बजे बालकुमारीबाट सुरु हुने र्‍याली दोबाटो(लगनखेल(जावलाखेल-पुल्चोक-थापाथली-त्रिपुरेश्वर-एनएसी-जमलचोक- दरबारमार्ग-नारायणहिटी-जयनेपाल हल(कमलपोखरी-रातो पुल-गौशाला-एयरर्पोर्ट हुँदै तीनकुने पुगेर सभामा परिणत हुने राष्ट्रिय युवा संघले जनाएको छ। यता ओली पक्षको बागमती कमिटीले माघ २३ काठमाडौंमा जनसभा गर्दैछ ।संसद विघटनपश्चात मध्यावधी निर्वाचन घोषणा गरि नयाँ परिस्थितीमा नारायणहिटी दरबार संग्रहालयको दक्षिण ढोकातर्फको सडकमा ओली पक्षले जनसभा आयोजना गर्न लागेको छ । उक्त जनसभाको अन्तिम तयारी पुरा भएको...
कोरोना भाइरसविरुद्धको खोप लगाएका ३३ जनामा सामान्य समस्या

कोरोना भाइरसविरुद्धको खोप लगाएका ३३ जनामा सामान्य समस्या

समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
काठमाडौं, माघ २१ । डोटीमा कोरोना भाइरसविरुद्धको खोप लगाउने ३३ जनाको स्वास्थ्यमा समस्या देखिएको छ । खोप लगाउने जम्मा ८७७ मध्ये ३३ मा समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । उनीहरुलाई सामान्य ज्वरो आउने, चक्कर लाग्ने, बान्ता र पखाला लाग्ने लगायत समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए। केही समय मात्रै सामान्य असर देखिएकाले उनीहरु सबै आ–आफ्नो नियमित काममा फर्किसकिएको बताइएको छ । पछिल्लो केही दिनदेखि अस्पतालमै आएर कोरोनाविरुद्धको खोप लगाउने स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको उपस्थिति उत्साहजनक रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । खोप लागाउनेमा पुरुष स्वास्थ्यकर्मीभन्दा पनि महिला स्वास्थ्यकर्मीको सङ्ख्या बढी रहेको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी सूर्य विष्टले जानकारी दिए। उनका अनुसार खोप लागाउनेमा म...
कोरोनाबाट विश्वमा २२ लाख ६२ हजार बढीको मृत्यु, १० करोड ४३ लाख संक्रमित

कोरोनाबाट विश्वमा २२ लाख ६२ हजार बढीको मृत्यु, १० करोड ४३ लाख संक्रमित

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौँ, माघ २१ । विश्वमा कोरोना भाइरस संक्रमितको संख्याको १० करोड ४३ लाख ७८ हजार ६५७ पुगेको छ । बुधबार बिहानको तथ्यांक अनुसार अहिलेसम्म २२ लाख ६२ हजार ८४ संक्रमितले ज्यान गुमाएका छन् । संक्रमित २ करोड ५८ लाख ८३ हजार ३९५ जनामा सक्रिय संक्रमण छ भने ७ करोड ६२ लाख ३३ हजार १७८ जनाले कोरोनालाई जितेका छन् । सक्रिय संक्रमितमध्ये १ लाख ६ हजार ९४५ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रमित संख्या २ करोड ७० लाख २७ हजार ३४७ पुगेको छ। अहिलेसम्म अमेरिकामा ४ लाख ५७ हजार ८५६ जना संक्रमितको ज्यान गएको छ । १ करोड ६७ लाख ५० हजार ४२२ जना निको भएका छन् भने ९८ लाख १९ हजार ६९ जनामा सक्रिय संक्रमण छ । विभिन्न अस्पतालमा उपचाररत सक्रिय संक्रमितमध्ये २३ हजार ६७३ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।...
आजबाट अनलाइनबाटै ट्राफिक जरिमाना तिर्न सकिने

आजबाट अनलाइनबाटै ट्राफिक जरिमाना तिर्न सकिने

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , माघ २१ । महानगरीय ट्राफिक महाशाखाले बुधबार अनलाइन सेवाको औपचारिक उद्घाटन गर्दैछ । योसँगै अब ट्राफिक नियम उल्लङ्घन गरे अनलाइनबाटै जरिमाना भुक्तान गर्न मिल्ने भएको छ । सवारी चालकलाई सहज होस् भनी अनलाइनबाटै जरिमाना रकम भुक्तान गर्ने मिल्ने प्रणाली सुरु गरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । यसअघि बैंकमा लाइन बसेर जरिवाना तिर्नुपर्थ्यो ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्ने जरिवानालाई अनलाइनबाट पनि भुक्तानी गर्न मिल्ने गरी सफ्टवेयर विकास गरेको हो ।...
अख्तियारसहित संवैधानिक आयोगहरूमा आजै नियुक्ति र शपथ

अख्तियारसहित संवैधानिक आयोगहरूमा आजै नियुक्ति र शपथ

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , माघ २१ ।। सरकारले आज संवैधानिक आयोगहरुलाई पूर्णता दिने भएको छ । संवैधानिक परिषद्ले गरेको विवादास्पद सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न संवैधानिक निकायहरुमा नियुक्ति गर्ने भएकी छन् ।आज सबैजनालाई नियुक्त गर्ने र आजै शपथ गराउने तयारी भईरहेको छ । संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष, समावेशी आयोगका अध्यक्षलगायत ११ संवैधानिक निकायमा ४५ जनाको नाम नियुक्तिका लागि सिफारिस गरेको थियो । सोअनुसार आज बिहान सबै जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नियुक्त गर्ने गरी कार्यक्रम तय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । कानुनतः उनीहरूको नियुक्ति पछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शपथ खुवाउने छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार संवैधानिक परिषद्का सदस्य सचि...
देशभरको मौसममा बदली :  वर्षा, हिमपातको सम्भावना

देशभरको मौसममा बदली : वर्षा, हिमपातको सम्भावना

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौँ , माघ २१ । आज देशभरको मौसममा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कतै वर्षा र कतै हिमपातको सम्भावना छ । विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भूभागमा आशिंक बदली रहेको छ भने बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ।तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको अवस्था छ । आगामी तीन दिनको मौसम पूर्वानुमान माघ २१ गते (बुधबार) दिउँसो : देशको सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकि पहाडी भूभागमा आंशिक बदली साथै अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भुभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। राति : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकि भूभागहरुमा मौसम सामान्यत...
आज २०७७ माघ २१ गते बुधबारको राशिफल

आज २०७७ माघ २१ गते बुधबारको राशिफल

मुख्य समाचार, समाचार, समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ पद र प्रतिष्ठा पाईने संभावना छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । मन प्रसन्न र खुसी पनि रहनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विद्या र नयाँ ज्ञान बढ्नेछ । आकस्मिक धन लाभ हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ, तर सामाजिक र धार्मिक कार्यमा खर्च बढ्न सक्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । शत्रु र विपक्षी पराजित हुन सक्छन् । विपवरित वर्गको भेट र साथ मिल्ने राम्रो योग छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज लाभदायक यात्रा हुनेछ । नयाँ कार्यको महत्त्वपूर्ण योजना बन्नेछ । शेयर बाजार र व्यापार, व्यवसायबाट लाभ मिल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अग्रजको सहयोगले कार्य सम्पादन हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको ...
प्रचण्ड–माधव समूहले आधिकारिकता दाबी गरेपछि अब के हुन्छ प्रक्रिया ?

प्रचण्ड–माधव समूहले आधिकारिकता दाबी गरेपछि अब के हुन्छ प्रक्रिया ?

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं , माघ २१ । राजनीतिक रूपमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले आधिकारिकता दाबी गर्दै मंगलबार निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ। दाहाल–नेपाल समूहले आयोगमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिकता दाबी गरेको छ। ऐनको दफा ४३ मा दुई वा दुईभन्दा बढी दलका पक्षबीच दलको नाम, छाप, विधान, झन्डा, चिह्न, पदाधिकारी र केन्द्रीय समितिको निर्णयको आधिकारिकतामा विवाद भए त्यस्तो विवादको निरूपण आयोगबाट हुने उल्लेख छ। ऐनको दफा ४४ मा विवाद निरूपणसम्बन्धी कार्यविधि तोकिएको छ। जसअनुसार दलको नाम, छाप, झन्डा वा चिह्नसम्बन्धी विवाद भए त्यस्तो नाम, छाप, विधान, झन्डा वा चिह्न दाबी गर्नेले र दलको पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको आधिकारिकता दाबी गर्ने पक्षले केन्द्रीय समितिको चालीस प्रतिशत सदस्यको हस्ताक्षरसहित विवाद प्रारम्भ भएको...