Wednesday, April 24
Shadow

आज – २२ माघ २०७७ बिहिवार को राशिफल


  • -इ
  • इ+

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ जिम्मेवारी पाइएला । घरमा अतिथीको आगमन हुनेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
वृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज शुभकार्यको योग छ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग पाईने र स्वादिष्ट भोजन पनि मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । नोकरीमा स्थानान्तरण तथा पदोन्नतिको योग छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभकार्यको चर्चा चल्नेछ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । दैनिक कार्यमा प्रगति हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कीर्तिमानी काम गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रमणीय र सुखद् यात्राको योग छ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । कामका विभिन्न अवसर फेला पर्ने छन् । शेयर बाजारमा पनि राम्रै हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज कार्यमा बाधा आउनेछ । सरकारी निकाएको भय रहला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला, तर प्रेम सम्बन्धमा मधुरता छाउनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज मन मिल्ने साथीको सहयोग मिल्नेछ । जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । काम गर्ने जोश जाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज पुरानो समस्या सुल्झाउन सकिनेछ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । मनमा उत्साह छाउने र बोली विक्ने समय पनि छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज सन्तान टाढिन सक्छन् । वैदेशिक क्षेत्र कमजोर रहनेछ । कार्य सम्पादनमा समस्या आउला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares