Friday, April 26
Shadow

सुष्मा कार्की र पत्रकार रसाइलीबीच मिलापत्र, उत्सवले मागे दुई हात जोडी माफी


  • -इ
  • इ+

काठमाडौँ , माघ २१ । अभिनेत्री सुष्मा कार्की र अभिनेत्री श्वेता खड्काकी बहिनी आरती खड्का तथा पत्रकार उत्सव रसाइलीबीच मिलापत्र भएको छ ।

बुधबार प्रहरीक ओरोहभरमा सुष्मा र थप्पड हानेका भनिएका पत्रकार रसाइलीबीच मिलापत्र भएको हो ।सुष्माले आफूमाथि कुटपिट तथा गालीगलौज भएको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

मंगलबार अभिनेत्री कार्कीले काठमाडौंको महानगरीय प्रहरी वृत्त, दरबारमार्गमा उजुरी दिएकी हुन् ।पत्रकार रसाइलीले दुईहात जोडि माफी मागेका छन् ।

सुष्माले आफुलाई थप्पड हान्ने पत्रकार रसाइलीलाई माफी दिएको बताएकी छन् । पत्रकार रसाइलीले पनि आफुहरुबीच असमझदारी भएको र अहिले सबै विषय प्रष्ट भएको बताएका छन् ।

मंगलबार राति दरबारमार्गस्थित लन्डन पबमा उनीहरुबीच झगडा भएको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares