Friday, March 29
Shadow

गृह मन्त्रालयले भन्यो- हड्ताल गर्नेलाई कारबाही गर्छौँ, यातायात, व्यवसाय सञ्चालन गर्नुस्


  • -इ
  • इ+

 

काठमाडौं, माघ २१ । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले बिहीबार आमत हड्ताल घोषणा गरेको छ। तर, गृह मन्त्रालयले भने सो दिन निर्बाध रुपमा व्यवसाय सञ्चालन गर्ने वातावरण तयार गर्ने बताएको छ।

मन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गर्दै हड्ताल गर्नेहरुलाई कारबाहीको चेतावनी दिएको हो।

‘शान्ति सुरक्षामा खलल पुग्नेगरी तोडफोड, आगजनी र जबरजस्तीलगायतका अवाञ्छित गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधिमा संलग्न हुनेउपर कानुन बमोजिम कारबाही हुने बेहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ वक्तव्यमा भनिएको छ।

‘दैनिक रुपमा सञ्चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिनेगरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने हुँदा यातायात व्यवसायीलगायत सबै उद्यमी व्यवसायीहरुलाई निर्धक्क एवं पूर्ववत् रुपमा आआफ्नो उद्योगधन्दा, पेसा व्यवसाय सञ्चालन गर्न गृह मन्त्रालय हार्दिक आग्रह गर्दछ,’ मन्त्रालयले भनेको छ।

मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बुधबार जारी गरेको विज्ञप्तिमा शान्ति सुरक्षामा खलल पुग्नेगरी तोडफोड, आगजनी र जबरजस्ती लगायतका अबाञ्छित गतिविधि गरिएको पाइए कानुन बमोजिम कारबाही हुने स्पष्ट पारेका छन् ।
यता प्रचण्ड नेपाल समूहले भने बन्दलाई प्रभावकारी बनाउन बिहानैदेखि चोकचोकमा नेता कार्यकर्ता परिचालन गर्ने घोषणा गरिसकेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares