Friday, October 3
Shadow

Author: Interview Nepal

तरुण दलको भवन निर्माणका लागि केन्द्रिय सदस्य घिमिरेद्वारा दुई लाख सहयोग

तरुण दलको भवन निर्माणका लागि केन्द्रिय सदस्य घिमिरेद्वारा दुई लाख सहयोग

राजनिती, समाचार
काठमाडौ- नेपाली काङ्ग्रेसको भादृ संगठन नेपाल तरुण दलका केन्द्रिय सदस्य सुजन घिमिरेले तरुण दलको केन्द्रिय कार्यालय निर्माणका लागि दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन । मंगलबार घिमिरेले तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन । नेपाल विद्यार्थी संघबाट राजनीति सुरुगरेका घिमिरे हाल तरुण दलका केन्द्रिय सदस्य समेत हुन । साथै उनी युवा व्यवसायी समेत हुन । घिमिरे तरुण दलको प्रभावसाली नेताको रुपमा परिचित छन । उनको काङ्ग्रेस पार्टीमा पनि राम्रो प्रभाव रहेको उनी निकटहरु बताउँछन् । धादिङ ज्वालामुखीमा जन्मिएका घिमिरे राजनीतिसंगै सामाजिक कार्यमा समेत सकृय रहदै आएका छन । ...
नेपाली बजारमा भारतीय काेल्डड्रिंक्स छ्यापछ्याप्पी

नेपाली बजारमा भारतीय काेल्डड्रिंक्स छ्यापछ्याप्पी

समाचार
कपिलवस्तु , चैत्र २६ । जिल्लाकाे सिमावर्ती बजार लगायत महेन्द्र राजमार्गका चाैक चाैकमा भारतीय काेल्डड्रिंक्स छ्यापछ्यापी बिक्रि भईरहेका छन । आज कृष्णनगर भन्सारका अधिकृत लेखनाथ भट्टराईकाे नेतृत्वमा सशस्त्र प्रहरी कृष्णनगरसंगै खटेकाे बजार अनुगमन टाेलीले बहादुरगंज चाैकबाट लगभग ५५ हजार बराबरकाे ८२२ वटा अवैध भारतीय काेल्डड्रिंक्स बरामद गरेकाे छ । केही दिनदेखि गर्मी बढेसंगै कपिलवस्तु जिल्लाकाे मर्यादपुर, हर्दाैना, कुशहवा बढ्नी, भिल्मि, कृष्णनगर , सिर्सिहवा लगायतका खुला नाका हुँदै अवैध भारतीय काेल्डड्रिंक्स नेपालमा भित्रिदै आएकाे स्राेतले जनाएको छ । गृहमन्त्री रवि लामिछाने बनेपछि ठुला स्केलका तस्करी न्युनीकरण भएकाे छ तर खुला सिमानाका कारण खुद्रा तस्करहरु माैलाउदै गएपछि सुरक्षा निकायकाे टाउकाे दुखाइ बनेकाे छ ।...
कपिलवस्तुको महाराजगन्जमा अवधी लाेकगीत संगीत संरक्षण कार्यक्रम सम्पन्न

कपिलवस्तुको महाराजगन्जमा अवधी लाेकगीत संगीत संरक्षण कार्यक्रम सम्पन्न

ब्यानर समाचार 2, मुख्य समाचार
- अजय मिश्र  कपिलवस्तु, चैत्र २४ महाराजगन्ज नगरपालिका वडा नं ३ जमुनीमा “अवधी भाषा कला साहित्य संरक्षण अभियान, महाराजगन्ज नगरपालिका कय उत्कृष्ट पहिचान” मुल नाराकाे साथ अवधी लोकगित संगीत संरक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अहिरउवा नाच , कहरउवा नाच ,  विरहा , अल्हा , चनैनी विरहा लगायत अवधी भाषाकाे लाेकगीत कला संस्कृतिलाई प्रस्तुत गरिएको थियो ।कार्यक्रमकाे प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य एवम् पूर्व मन्त्री सुरेन्द्र राज आचार्यले भन्नू भयो कि अवधी भाषाकाे आफ्नाे छुट्टै महत्त्व रहेको कुरा बताउनु भयो । अवधी कला संस्कृतिलाई सबैले संरक्षण गर्नु पर्छ । कार्यक्रमकाे विशिष्ट अतिथि महाराजगन्ज नगरपालिका नगर प्रमुख अब्दुल कलाम खानले भने कि अवधी भाषा लाेप हुनुमा हामी सबैको कमीकमजोरीले गर्दा भएको हाे । अवधी भाषालाई विस्तारै विस्तारै बाेल्न छाेडिरहेका छाै । अवधी भाषाकाे कला संस्कृतिल...
परिवर्तन अभियान नेपालद्वारा तारकेश्वरमा स्वास्थ्य शिविर सम्पन्न

परिवर्तन अभियान नेपालद्वारा तारकेश्वरमा स्वास्थ्य शिविर सम्पन्न

समाचार, समाज, स्वास्थ्य
काठमाडौँ- परिवर्तन अभियान नेपालले राजधानीको तारकेश्वरमा शनिबार निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । ‘स्वास्थ्य परीक्षण गरौँ, निरोगी र स्वस्थ जीवन बाँचौँ’ भन्ने नाराका साथ तारकेश्वर नगरपालिका वडा नम्बर ४ स्थित पुरानो गुह्येश्वरी माविमा आयोजित स्वास्थ्य शिविरमा करिब ५ सय जना स्थानीयको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको अध्यक्ष सुशील भट्टले जानकारी दिए । एसियन मेडिकल स्टुडेन्स एसोसिएसन–नेपालसँगको सहकार्यमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा स्थानीयलाई स्वास्थ्य सम्बन्धी परामर्शका साथ स्थानीयको स्वास्थ्य परीक्षणका साथै औषधि वितरण गरिएको भट्टको भनाइ छ । स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्वास्थ्यलाई मौलिकको रूपमा व्यवहारमा लागु हुन नसकेको बताए । ...
टोलटोलमा पुगेर जनताको समस्या र गुनासो सुन्दै:  विहादी गाउँपालिका अध्यक्ष परविन गुरुङ

टोलटोलमा पुगेर जनताको समस्या र गुनासो सुन्दै:  विहादी गाउँपालिका अध्यक्ष परविन गुरुङ

ब्यानर समाचार 2, मुख्य समाचार
- अमृत भट्टराई  पर्वत , विहादी । पर्वतको विहादी  गाउँपालिकाका अध्यक्ष परविन गुरुङ गाउँ गाउँमा पुगेर जनताको समस्या र गुनासो सुन्दै आइरहेका छन् । निर्वाचन जितेपश्चात जनप्रतिनिधि जनताको घरदैलौमा फर्कदैनन् भन्ने गुनासो सुनिन्छ । तर ठीक यसको वीपरीत  विहादी गाउँपालिकाबाट निर्वाचित गाउँपालिका अध्यक्ष परविन गुरुङले भने ‘जनतासँग अध्यक्ष’ कार्यक्रम लिएर गाउँ गाउँमा पुग्न थालेका छन् । उनले स्थानीय जनताको समस्या बुझ्दै, स्थानीयमा रहेका सडक, विद्युत्, शिक्षा, कृषि, स्वास्थ्य, खाने पानी लगायतका समस्या समाधानमा भूमिका खेल्ने बताएका छन् । अध्यक्ष गुरुङले भन्नुभयो, ‘‘निर्वाचन जितेपछि जनताको समस्या बिर्सने बेथिति बढ्दै गयो, जसबाट नेता र जनताको सम्बन्ध सुमधुर बन्न सकेन, त्यही कुरालाई मध्यनजर गर्दै मैले यो कार्यक्रम लिएर तपाईको ठाउँमा आएको हुँ । जनताको जिज्ञासामा अध्यक्ष गुरुङले भने, ‘‘पाल...
कृष्णनगरमा नाईट टी-२० क्रिकेट टूर्नामेंट शुरु

कृष्णनगरमा नाईट टी-२० क्रिकेट टूर्नामेंट शुरु

ब्यानर समाचार 2, मुख्य समाचार
- अजय मिश्र  कपिलवस्तु, चैत्र २२ कपिलवस्तुको कृष्णनगरमा नाईट टी२० क्रिकेट टूर्नामेंट शुरु भको छ। जय नेपाल स्पोर्ट्स क्लब कपिलवस्तुको आयोजनामा कृष्णनगर नपा २ को रानीफिल्डमा नाईट टी२० क्रिकेट टूर्नामेंटको उद्धघाटन मंगलवार रात्रि ९:३० बजे भको छ। उद्धघाटनको दिन आजाद झण्डानगर र युवा क्रिकेट क्लब विजयनगरले १०/१०‌ओभरको मैच खेल शुरु भको आज़ाद झण्डानगरले १० ओभरमा ७८ रनको लक्ष्य दियो जवाफि व्याटिंगमा युवा क्रिकेट क्लब विजयनगरले ७८रनको लक्ष्य पुरा गर्दै ६ विकेटको साथ मैच जितेको आयोजक समितीले बताए। उद्धघाटनको प्रथम मैच युवा क्रिकेट क्लब विजयनगरले जित हासिल गरि मैन ऑफ द मैच सुनिल पाण्डेयले प्राप्त गरेको आयोजक समितिका तारिक खानले बताएका छन। जय नेपाल स्पोर्ट्स क्लब कपिलवस्तुले आयोजना गरेको नाईट टी२० क्रिकेट टूर्नामेंटको उद्धघाटन सत्रमा स्पोर्ट्स क्लबका संरक्षक मिर्ज़ा राशिद बेग, राप्रपा...
अब बनेपामा नै जापानिज परिकार तालिम

अब बनेपामा नै जापानिज परिकार तालिम

जिवनसैली, समाचार, समाज
काठमाडौ- विगत १४ वर्ष देखि काभ्रेमा संञ्चालन हुँदै आएकाे सुपरनाेभा तालिम केन्द्रले थप तालिमहरू दिन थालेको छ। ईण्डियनकुक,चाईनिजकुक ,कन्टिनेन्टलकुक( युराेपियन), बेकरि,वारिस्ता,नेपाली ,नेवारि परिकार,वेटर ,हाउसकिपिङ,वार टेण्डर तालिम संचालन गर्दै आईरहेकाे केन्द्रमा १ वर्ष देखि वैदेशिक राजगारमा जानेर पढाईकाे सिलसिलामा जानेहरूकाे लागि जापानिज खाना सुसि पनि सुरू गरेकाे प्रशिक्षक नकुल धितालले जानकारि दिनु भयाे,धिताल नेपालकाे पांचतारे हाेटलमा काम गरि विदेसमा समेत अनुभव वटुलेका सेफ हुन। सुपरनाेभाले हाल सम्पन्न विभिन्न निकायकाे सहयाेग,साझेदारि तथा नेपाल सरकारकाे लगानिमा समेत तालिम संचालन गरेकाे छ । तालिम प्राप्तहरू स्वदेशका हाेटल रेष्टुरेन्ट मा काम गर्छन भने कतिले आफ्नै व्यवसाय संचालन गरेका छन भने आधिकासं बैदेशिक राेजगारीमा रहेका बरिस्ठ सेफ माेहन गजुरेलले जानकारी दिनुभयो । ...
परिवर्तन अभियान नेपालले नि:शुल्क स्वास्थ्य शिविर गर्दै

परिवर्तन अभियान नेपालले नि:शुल्क स्वास्थ्य शिविर गर्दै

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार, समाज, स्वास्थ्य
काठमाडौ- `स्वास्थ्य परिक्षण गरौ, निरोगी र स्वस्थ जीवन बाँचाै´ भन्ने मुल नाराका साथ परिवर्तन अभियान नेपाल नामक सामाजिक संस्थाले नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । शिविर चैत २४ गते शनिबार तारकेश्वर नगरपालिका वडा नं. ४ पुरानाे गुहृेश्वरी मा.वि. मा हुने आयोजकले जनाएको छ । शिविरमा स्त्रीरोग सम्बन्धि परिक्षण, बाल राेग सम्बन्धि परिक्षण, मेडिसिन सम्बन्धि, हाडजोर्नी सम्बन्धि परिक्षण, सर्जरी र जनरल परिक्षण हुने छ । शिविर बिहान ९:३० बजेबाट सुरु हुनेछ । शिविरको सहकार्य एसियन मेडिकल स्टुडेन्ट यसाेसियसन नेपालले गरेकाे छ । ...
कपिलवस्तुको कर्मामा अवध मैत्री समाजद्वारा हाेलि मिलन समाराेह

कपिलवस्तुको कर्मामा अवध मैत्री समाजद्वारा हाेलि मिलन समाराेह

ब्यानर समाचार 2, मुख्य समाचार
- अजय मिश्र  कपिलवस्तु , चैत्र २० नेपाल-भारत अवध मैत्री समाजकाे आयाेजनामा हाेलि मिलन समाराेह एवं सांस्कृतिक कार्यक्रम हुने भएकाे छ। मथुरा ,वृन्दनवन, बृज, काशी , आयाेध्या लगायतकाे अवध संस्कृतिक क्षेत्रमा हाेलीकाे महत्व एवं रितिरिवाजकाे आदानप्रदानका साथै थप भव्य बनाई सांस्कृतिक बिकासमा टेवा पुर्याउने उद्देश्यले हाेली मिलन समाराेह २०८० मनाउन लागिएकाे पत्रकार सम्मेलनका माध्यमबाट आयाेजक समितिले जानकारी गराएकाे छ । नेपाल-भारत लगायत हिन्दु धर्मवालम्बी बसाेबास गरेका देशहरुमा विभित्र तरिकाले हाेली मनाउने गरेका छन । साे ही अवसरमा चैत्र २१ गतेका दिन नेपाल र भारतका सांस्कृतिक कलाकारहरुकाे बेजाेड प्रस्तुतिका साथ प्रथम हाेली मिलन समाराेह आयाेजना गरिएकाे नेपाल-भारत अवध मैत्री समाजका केन्द्रीय अध्यक्ष पुर्व राज्यमन्त्री इश्वरदयाल मिश्रले जानकारी दिनुभएको छ । कृष्णनगर नगरपालिका वडा ६ काे जनता ...
फोहोर निषेधित आन्दोलन गर्दै प्रभावित क्षेत्रका नागरिक

फोहोर निषेधित आन्दोलन गर्दै प्रभावित क्षेत्रका नागरिक

मुख्य समाचार
ककनी- विगत लामो समयदेखि आन्दोलन गर्दै आएका सिसडोल बञ्चरेडाँडाका फोहोर प्रभावित क्षेत्रका नागरिकले अब भने चरणवद्ध रुपमा २८ दिन लामो फोहोर निषेधित आन्दोलन गर्ने भएका छन् । बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति, नुवाकोट धादिङले चैत्र २४ गतेदेखि वैशाख २१ गतेसम्म शान्तिपूर्ण रुपमा फोहोर निषेधित आन्दोलन गर्ने समितिका संयोजक श्रीराम ढुंगानाले बताएका छन् । प्रभावित क्षेत्रका नागरिकको जीउँधनको रक्षाका लागि नुवाकोट र धादिङले संयुक्त रुपमा आन्दोलन गर्न लागेको उनले बताए । २८ दिनसम्म गरिने आन्दोलनमा नुवाकोट र धादिङका जनप्रतिनिधि तथा विभिन्न दलका नेताहरुले प्रत्येक दिन आन्दोलनलाई सम्बोधन गर्ने कार्य तालिका समेत सार्वजनिक भएको छ । ...