Tuesday, August 18
Shadow

Author: Interview Nepal

विश्व वातावरण दिवसको अवसरमा तारकेश्वर – ४ मा परिवर्तन अभियान नेपालले सरसफाइ कार्यक्रम गर्‍यो

विश्व वातावरण दिवसको अवसरमा तारकेश्वर – ४ मा परिवर्तन अभियान नेपालले सरसफाइ कार्यक्रम गर्‍यो

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौँ । विश्व वातावरण दिवसको अवसरमा परिवर्तन अभियान नेपालले राजधानीको तारकेश्वर नगरपालिकामा वृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरिएको थियोे । अभियानका संयोजक सुशील भट्टले तारकेश्वर नगरपालिका वडा नम्बर ४ फूलबारी गेटबाट सुरु भएको सरसफाइ वडा नम्बर  ५ को नागार्जुन चोकसम्म पुगेर सम्पन्न गरिएको जानकारी दिए । सो क्रममा सहभागीले सडक दायाँबायाँ फालिएका फोहोर टिप्नुका साथै स्थानीयमा सरसफाइमा प्रोत्साहन गर्ने सन्देश लेखिएका प्लेकार्डसहित जनचेतना जगाउने काम गरेका थिए । कार्यक्रममा संविधानसभा सदस्य जगदीश्वर नरसिंह केसी, काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी, सविन तामाङ, बासुदेव लामा, इन्द्रमान महर्जन , सानुकाजी प्रजापति, स्याम ढुगना , तार्केस्बर ५ नम्बरका वडाध्यक्ष शम्भु फुयाँल, नागार्जुन १ का अध्यक्ष रामेश्वर लामा लगायत सामाजिक अगुवाको सहभा...
एघारौं अधिवेशन तथा व्यापारी हरूको समस्या बारे कृष्णनगरमा वृहत छलफल

एघारौं अधिवेशन तथा व्यापारी हरूको समस्या बारे कृष्णनगरमा वृहत छलफल

समाचार
कृष्णनगर , जेठ २० । उद्योग वाणिज्य संघ कृष्णनगरले आज राखेकाे अनाैपचरिक भेलामा आउंदाे एघारौं अधिवेसन सर्वसम्मत मै गर्ने वक्ताहरुले जाेड दिएका छन । कृष्णनगर क्षेत्रका स्थानीय व्यापारी, जनप्रतिनिधि , समाजसेवीकाे अनौपचारिक भेलाले उद्योग वाणिज्य संघ कृष्णनगरकाे अधिवेसन सहमतिमा गर्ने जाेड दिएका हुन । छलफलका क्रममा अधिकांश वक्ताले नया कार्यसमिति चयन सहमति मै गर्न सुझाव दिएका थिए । देशको आर्थिक अवस्था स्थिर नरहेकाेले सटरभाडा समेत तिर्न नसकेकाे अवस्था देशै भरि रहेकाेले अनावश्यक खर्चबाट बच्न संघकाे कार्यसमिति चयन निर्वाचनमा जानुभन्दा भन्दा सहमति मै जांदा बेस हुने नेपाली कांग्रेसका नेता एवं पुर्व सांसद अभिषेक प्रताप शाहकाे भनाई थियाे । कार्यक्रममा बाेल्दै पुर्व सांसद शाहले व्यापारी वर्ग संघलाई राजनीतिकरण गर्नुभन्दा कृष्णनगर बजारलाई सजिव बनाउनेतिर लाग्नुपर्ने सुझाव दिएका थिए । दुई बर्ष काेराेना लक...
रेखा जोशी र रुपेश बोहराको स्वर रहेको गीत “रुप्स्या माया” सार्वजनिक

रेखा जोशी र रुपेश बोहराको स्वर रहेको गीत “रुप्स्या माया” सार्वजनिक

समाचार
काठमाडौँ । रेखा जोशी र रुपेश बोहराको स्वर रहेको गीत "रुप्स्या माया" सार्वजनिक भएको छ । रुपेश सिंह बोहराको लय, शब्द र प्रतिमा बम्मको अभिनयमा रहेको देउडा गीत "रुप्स्या माया" हाम्रो नेपाली आवाज युट्युब च्यानलबाट सार्बजनिक भएको छ। यो सूदुर तथा कर्णाली प्रदेशमा प्रचलित देउडा भाका अन्तर्गत पर्दछ। मारुनी डिजिटलमा रेकर्ड भएको यस गीतको कोरस आवाजमा संगीता बडुवाल, कल्पना मल्ल, महेश भट्ट र रेबन सुबेधीले साथ दिएका छन् भने यस गीतलाई केशब बडूले एरेन्ज गरेका हुन् । गीतको रेकर्डिङ सुमन राना अनि मिक्सिङ कुमार रानाले गरेका छन् । महेश महाराले छायांकन गरेको उक्त गीतलाई लामो समयदेखि देउडा गीत संगीत निर्देशन गर्दै आएका भिम थापाले भिडियो निर्देशन गरेका छन् भने प्रबिन रेश्मी मगरले सम्पादन गरेका छन् ।...
काठमाडौँ महानगरले माग्यो २४१ जना नगर प्रहरी

काठमाडौँ महानगरले माग्यो २४१ जना नगर प्रहरी

टिप्स, मुख्य समाचार
काठमाडौँ-  काठमाडौँ महानगरपालिकाले करारमा नगर प्रहरी जवान नियुक्ति गर्ने भएको छ । महानगरपालिकाले आज एक सूचना जारी गर्दै करार सेवामा २४१ जना नगर प्रहरी जवान र १७ जना नगर प्रहरी कार्यालय सहयोगीका लागि दरखास्त आह्वान गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा वैकल्पिक सूचीमा समावेश भएका इच्छुक उम्मेदवारहरूलाई योग्यता क्रमका आधारमा करार सेवामा पदपूर्ति गरिने सूचनामा उल्लेख छ । योग्यता पुगेका नागरिकले  ७  दिनभित्र काठमाडौँ महानगरपालिका प्रशासन विभागमा दरखास्त पेस दिन आग्रह गरिएको छ । ...
आर्थिक वर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट

आर्थिक वर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट

ब्यानर समाचार 2, मुख्य समाचार
सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि रु १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट ल्याएको छ । अर्थमन्त्री वर्षमान पुनले आज संसद्मा बजेट वक्तव्य प्रस्तुत गर्दै कूल विनियोजनमध्ये चालुतर्फ रु ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१ दशमलव ३१ प्रतिशत पुँजीगततर्फ रु तीन खर्ब ५२ अर्ब ३५ करोड अर्थात् कूल विनियोजनको १८ दशमलव ९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु तीन खर्ब ६७ अर्ब २८ करोड अर्थात् १९ दशमलव ७४ प्रतिशत बजेट विनियोजन गरिएको छ । यो खर्च अनुमान चालु आवको विनियोजनको तुलनामा छ दशमलव दुई प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा २१ दशमलव ५६ प्रतिशतले बढी हो । कूल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु चार खर्ब आठ अर्ब ८७ करोड विनियोजन गरिएको छ । आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट रु १२ खर्ब ६० अर्ब ३० करोड र वैदेशिक अनुदानबाट रु ५२ अर्ब ३३ करोड व...
जि.पि कोइराला लोकतन्त्र सम्बर्द्धन केन्द्रले प्रवचन कार्यक्रम गर्दै

जि.पि कोइराला लोकतन्त्र सम्बर्द्धन केन्द्रले प्रवचन कार्यक्रम गर्दै

मुख्य समाचार, राजनिती
काठमाडौ- गणतन्त्र दिवसको अवसरमा जि.पि कोइराला लोकतन्त्र सम्बर्द्धन केन्द्रले प्रवचन कार्यक्रमको आयोजना गरेको छ । `गणतन्त्रका १६ वर्ष, नागरिकको अनुभुती, सुशासनको प्रत्याभूति ?´ विषयमा प्रवचन कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । भोलि १६ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादिमा हुने कार्यक्रमको प्रमुख बक्ताको रुपमा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य मा. कृष्ण प्रसाद सिटौला, नेपाली काङ्ग्रेसका महामन्त्री मा. गगन थापा, मा. डा. शशांक कोइराला, सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना), मा. प्रदीप पौडेल र मा. कुन्दनराज काफ्ले रहेका छन । उक्त कार्यक्रममा सहभागी जनाउन आयोजकले सबैमा अनुरोध समेत गरेको छ ।...
आज बजेट सार्वजनिक हुँदै

आज बजेट सार्वजनिक हुँदै

आर्थिक, मुख्य समाचार
काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि आज आयव्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै छ । आज दिउँसो १ बजेका लागि तोकिएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आवका लागि बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । संयुक्त बैठकमा बजेट पेस भएपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाका छुट्टाछुट्टै बैठकहरु बस्नेछन् । प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री पुनले राजश्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गर्नेगरी संघीय संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । ...
जग्गा विवादका कारण भाइले गरे दाइको हत्या !

जग्गा विवादका कारण भाइले गरे दाइको हत्या !

अपराध, मुख्य समाचार
काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर ५ मानेगाउँमा सोमबार बेलुका सामान्य जग्गा विवादका कारण आफ्नै भाइले खुकुरी प्रहार गरि दाजुको हत्या गरेका छन । ७२ बर्षिय खमसिङ तामाङलाइ आफ्नै भाइ सिंहबहादुर तामाङले धारिलो हतियार खुकुरी प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सुचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए । दाजुभाइको जग्गा बिबादका कारण हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । दाइको हत्या गर्ने सिंहबहादुरलाइ प्रहरीले सोमबार नै नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।...
महालेखापरीक्षकको प्रतिवेदन: सरकारी बेरुजु ११ खर्ब ८३ अर्ब, एक वर्षमै थपियो दुई खर्ब ३६ अर्ब

महालेखापरीक्षकको प्रतिवेदन: सरकारी बेरुजु ११ खर्ब ८३ अर्ब, एक वर्षमै थपियो दुई खर्ब ३६ अर्ब

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौँ, १३ जेठ: सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय तहहरुसमेतको बेरुजु रु ११ खर्ब ८३ अर्बभन्दा बढी पुगेको छ । आज सार्वजनिक भएको महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० मा मात्रै रु दुई खर्ब ३६ अर्ब ५५ करोड ५१ लाख बराबर बेरुजु थपिएको छ । प्रतिवेदनअनुसार सङ्घीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखापरीक्षणबाट औँल्याइएको अद्यावधिक बेरुजु रु छ खर्ब ६९ अर्ब ८६ करोड रहेको छ । त्यस्तै, अतिरिक्त लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋणको कारबाही गरी टुङ्गो लगाउनुपर्ने रकम रु पाँच खर्ब १३ अर्ब ४० करोड ४३ लाख रहेको छ । यसरी अद्यावधिक बेरुजु र कारबाही गरी टुङ्गो लगाउनुपर्ने रकम रु ११ खर्ब ८३ अर्ब २६ करोड ८३ लाख पुगेको हो । अद्यावधिक बेरुजुतर्फ सङ्घीय सरकारी...
नेपाल शिक्षक महासंघकाे बुद्धभुमी नगरसमिति गठन

नेपाल शिक्षक महासंघकाे बुद्धभुमी नगरसमिति गठन

मुख्य समाचार
कपिलवस्तु , जेठ १० । नेपाल शिक्षक महासंघकाे बुद्धभुमी नगरपालिका नगरशिक्षक समिति गठन गरिएकाे छ । बुद्ध जयन्तीकाे अवसर पारेर नेपाल शिक्षक महासंघ बुद्धभुमी नगरपालिकाले आयाेजना गरेकाे दाेस्राे अधिवेसनमा शिक्षक माेहन प्रसाद गाैतमकाे संयाेजकत्वमा २५ सदस्यीय नयां कार्यसमिति गठन गरिएकाे छ । नगरप्रमुख केशव कुमार श्रेष्ठकाे प्रमुख अतिथ्यता , नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमितिका अध्यक्षकाे विशिष्ट अतिथ्यतामा समपन्न भएकाे हाे । नवनिर्वाचित अध्यक्ष माेहन प्रसाद गाैतमले नया कार्यसमितिले शिक्षक हकहित संरक्षण एवं शैक्षिक स्तर सुधारसहित बुद्धभुमी नगरपालिकाभित्रकाे शिक्षामा सुधार गराउने प्रतिवद्धता गर्नुभएकाे छ । कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख केशव कुमार श्रेष्ठले शिक्षकले राज्यकाे सेवासुविधा लिदैं गरेकाेले आफ्नाे दायित्वसमेत पूरा गर्नुपर्ने बताउनुभयो । नगरप्रमुख श्रेष्ठले नगरभित्रका शिक्षा क्षे...