वीर अस्पतालमा चरम अनियमितता, के गर्दै छ सतर्कता केन्द्र ?
काठमाडौं- वीर अस्पतालमा व्यापक अनियमितताका कारण अस्तव्यस्त भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रबाट छानविन सुरु भएको छ । अस्पतालमा आउने सेवाग्राही र कर्मचारीले अस्पताल सुधार, सेवाको सहजता र भ्रष्टाचार रोक्न छानबिन तथा कारवाहीका लागि प्रधानमन्त्री कार्यालय, राज्य ब्यवस्था तथा सुशासन समिति, शिक्षा तथा स्वास्थ समिति, अक्तियार दुरुपयोग अनुसन्धान आयोग, स्वास्थ्य मन्त्री, स्वास्थ्य सचिव, राष्ट्रिय सर्तकता केन्द्र, सम्पत्ति शुद्धीकरण विभागसमेतमा उजुरी दिएका छन् । त्यसमध्ये सतर्कता केन्द्रले छानविन सुरु गरेको स्रोतको भनाइ छ ।
केन्द्रले पटक-पटक अनियमितता तथा गुनासो बारेमा अस्पतालसँग जवाफ माग गरेको थियो । तर, अस्पतालले जवाफ नदिएपछि केन्द्रले छानबिन समिति नै गठन गरेर छानबिन सुरु गरेको केन्द्र स्रोतको भनाइ छ । अख्तियारले पनि वीरसित जवाफ माग गरेको स्रोतले जनायो ।
...









