Thursday, May 2
Shadow

कृष्णनगरमा नाईट टी-२० क्रिकेट टूर्नामेंट शुरु


  • -इ
  • इ+

– अजय मिश्र 

कपिलवस्तु, चैत्र २२

कपिलवस्तुको कृष्णनगरमा नाईट टी२० क्रिकेट टूर्नामेंट शुरु भको छ।

जय नेपाल स्पोर्ट्स क्लब कपिलवस्तुको आयोजनामा कृष्णनगर नपा २ को रानीफिल्डमा नाईट टी२० क्रिकेट टूर्नामेंटको उद्धघाटन मंगलवार रात्रि ९:३० बजे भको छ।

उद्धघाटनको दिन आजाद झण्डानगर र युवा क्रिकेट क्लब विजयनगरले १०/१०‌ओभरको मैच खेल शुरु भको आज़ाद झण्डानगरले १० ओभरमा ७८ रनको लक्ष्य दियो जवाफि व्याटिंगमा युवा क्रिकेट क्लब विजयनगरले ७८रनको लक्ष्य पुरा गर्दै ६ विकेटको साथ मैच जितेको आयोजक समितीले बताए।

उद्धघाटनको प्रथम मैच युवा क्रिकेट क्लब विजयनगरले जित हासिल गरि मैन ऑफ द मैच सुनिल पाण्डेयले प्राप्त गरेको आयोजक समितिका तारिक खानले बताएका छन।

जय नेपाल स्पोर्ट्स क्लब कपिलवस्तुले आयोजना गरेको नाईट टी२० क्रिकेट टूर्नामेंटको उद्धघाटन सत्रमा स्पोर्ट्स क्लबका संरक्षक मिर्ज़ा राशिद बेग, राप्रपा का लुम्बिनी प्रदेश समिती सदस्य दीपक रजौरिया,नेकपा (एमाले)का नेता तथा समाजसेवी शिव प्रसाद जायसवाल, मित्र राष्ट्र भारतका नगर पंचायत बढनीका  चेयरमैन सुनील अग्रहरी, नेकपा माओवादीका कृष्णानगर अध्यक्ष जावेद आलम खां क्रिकेट प्रेमी पुर्व एम्पायर विनय शर्मा लगायत अतिथीहरुको उपस्थिति थियो।

जय स्पोर्ट्स क्लब कपिलवस्तुले कृष्णनगरमा तेस्रो पटक नाईट टी२० क्रिकेट टूर्नामेंटको आयोजना गरेको र आउने दिनमा पनि  क्रिकेट प्रेमी युवाहरुको लागि लगातार क्रिकेट टूर्नामेंटको आयोजना गरिने प्रतिबद्धता आयोजक समितीले जनाएको छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares