Monday, April 29
Shadow

परिवर्तन अभियान नेपालले नि:शुल्क स्वास्थ्य शिविर गर्दै


  • -इ
  • इ+

काठमाडौ- `स्वास्थ्य परिक्षण गरौ, निरोगी र स्वस्थ जीवन बाँचाै´ भन्ने मुल नाराका साथ परिवर्तन अभियान नेपाल नामक सामाजिक संस्थाले नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

शिविर चैत २४ गते शनिबार तारकेश्वर नगरपालिका वडा नं. ४ पुरानाे गुहृेश्वरी मा.वि. मा हुने आयोजकले जनाएको छ । शिविरमा स्त्रीरोग सम्बन्धि परिक्षण, बाल राेग सम्बन्धि परिक्षण, मेडिसिन सम्बन्धि, हाडजोर्नी सम्बन्धि परिक्षण, सर्जरी र जनरल परिक्षण हुने छ । शिविर बिहान ९:३० बजेबाट सुरु हुनेछ ।

शिविरको सहकार्य एसियन मेडिकल स्टुडेन्ट यसाेसियसन नेपालले गरेकाे छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares