ककनी- विगत लामो समयदेखि आन्दोलन गर्दै आएका सिसडोल बञ्चरेडाँडाका फोहोर प्रभावित क्षेत्रका नागरिकले अब भने चरणवद्ध रुपमा २८ दिन लामो फोहोर निषेधित आन्दोलन गर्ने भएका छन् ।
बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति, नुवाकोट धादिङले चैत्र २४ गतेदेखि वैशाख २१ गतेसम्म शान्तिपूर्ण रुपमा फोहोर निषेधित आन्दोलन गर्ने समितिका संयोजक श्रीराम ढुंगानाले बताएका छन् । प्रभावित क्षेत्रका नागरिकको जीउँधनको रक्षाका लागि नुवाकोट र धादिङले संयुक्त रुपमा आन्दोलन गर्न लागेको उनले बताए ।
२८ दिनसम्म गरिने आन्दोलनमा नुवाकोट र धादिङका जनप्रतिनिधि तथा विभिन्न दलका नेताहरुले प्रत्येक दिन आन्दोलनलाई सम्बोधन गर्ने कार्य तालिका समेत सार्वजनिक भएको छ ।