Saturday, August 22
Shadow

Author: Interview Nepal

दाहाल–नेपाल समूहद्वारा चौथो चरणको आन्दोलन घोषणा

दाहाल–नेपाल समूहद्वारा चौथो चरणको आन्दोलन घोषणा

ब्यानर समाचार, राजनिती
काठमाडौँ, फागुन २ । नेकपा दाहाल–नेपाल समूहले आइतबार चौथो चरणको आन्दोलन र संघर्षका कार्यक्रमहरुको घोषणा गरेको छ । समूहले फागुन ६ गते प्रतिगमन, महँगी र भष्ट्राचारको विरोधमा काठमाडौंको टुँडिखेल वरीपरी मानव साङ्लोसहितको विरोध कार्यक्रम गर्ने भएको छ । त्यस्तै फागुन ५ देखि १२ गतेसम्म जिल्लास्तरीय विरोध प्रदर्शन र सभा गर्ने आइतबार पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा नेता योगेश भट्टराईले जानकारी दिए । यसैगरी समूहले फागुन ८ गते प्रतिगमनविरुद्ध बृहत् अन्तरक्रिया र ९ गते महिला हिंसा, बलात्कारविरुद्ध देशव्यापी महिलाहरुको विरोध कार्यक्रमको घोषणा गरेको छ ।...
लकडाउनको शुल्क घटाउन माग गरेका बिद्यार्थी माथी एक्मि इन्जिनियरिङ कलेजको ज्याजती

लकडाउनको शुल्क घटाउन माग गरेका बिद्यार्थी माथी एक्मि इन्जिनियरिङ कलेजको ज्याजती

ब्यानर समाचार, शिक्षा, समाचार, समाज
काठमाडौं । फागुन २ । काठमाडौंको सितापाइलास्थित एक्मी इञ्जिनियरिङ कलेजमा विद्यार्थीले लगाएको ताला प्रशासनले फोरेको छ । तालाफोरेपछि अहिले त्यहाँको स्थिति तनावमय बनेको छ । अनलाइन कक्षाको ३० प्रतिशत मिनाहा गर्नुपर्ने माग राख्दै अनेरास्ववियूले एक साताअघि उक्त कलेजमा तालाबन्दी गरेको थियो । विद्यार्थीसँग परामर्श नगरी प्रहरी लगाएर कलेज व्यवस्थापनले ताला फोरेपछि विद्यार्थी आक्रोसित भएका हुन् । आक्रोसित विद्यार्थीले आइतबार बिहान कलेजमा प्रदर्शन समेत गरेका छन् । प्रदर्शनका क्रममा कलेजका झ्यालका सिसा समेत तोडफोड भएको छ । यता विरोधमा उत्रिएका विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ । कलेजबाट प्रकाश श्रेष्ठ, हिक्मत मल्ल, बिनोद दाहाल, जिबस खनाल, आशिष् जैसवाल , हिलेन अधिकारी ,बिमल शाही पक्राउ परेको अनेरास्ववियूकी नेता आरती लामाले जानकारी दिए । कलेज व्यवस्थापनले विद्यार्थीसँग छलफल गरेर निकास न...
काठमाडौं उपत्यकामा मोटरसाइकल चोरी गर्ने ४ जना पक्राउ

काठमाडौं उपत्यकामा मोटरसाइकल चोरी गर्ने ४ जना पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन १ । काठमाडौं उपत्यकामा मोटरसाइकल चोरी गर्ने ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ गजुरीका धनबहादुर तामाङ, धादिङ थाक्रेका इन्द्र तामाङ, ऋषिलाल तामाङ र मकवानपुरका निरस थिङ छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।  ...
जापानमा शक्तिशाली भूकम्प

जापानमा शक्तिशाली भूकम्प

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, फागुन १ । जापानको पूर्वी क्षेत्रमा शनिबार राति शक्तिशाली भूकम्प गएको छ । १० वर्षअघि गएको शक्तिशाली भूकम्पका कारण तीनवटा परमाण रियाक्टर क्षतिग्रस्त बनेको फुकुसिमानजिकै भूकम्पको केन्द्रविन्दु रहेको थियो । जापानका अधिकारीहरुले भूकम्पको तीव्रता ७.१ म्याग्निच्युड रहेको बताएका छन् । यद्यपि, भूकम्पबाट सुनामीको खतरा भने नरहेको उनीहरुले जानकारी दिएका छन् । स्थानीय समयअनुसार ११ बजेर ८ मिनेट जाँदा भूकम्प गएको थियो । भूकम्प गलत्तै प्रधानमन्त्री कार्यालयले विपद् व्यवस्थापन कार्यालय स्थापना गरेको छ भने परमाणु प्लान्ट सञ्चालन गर्ने टोकियो इलेक्ट्रिक पावर कम्पनीले त्यसमा रेडिएसन चुहावट भएको या नभएको जाँच गरिरहेको छ । एनएचकेका अनुसार भूकम्प ३० सेकेण्डसम्म गएको थियो । सन् २०११ को मार्चमा जापानमा ९–९।१ म्याग्निच्युडको प्रलयकारी भूकम्प गएको थियो । द ग्रेट इस्ट जापान अर्थक्वेक भनेर चिनिने त्...
धेरै नपिउनुहोस् कागती पानी, शरीरमा पुर्याउँछ यस्तो हानी

धेरै नपिउनुहोस् कागती पानी, शरीरमा पुर्याउँछ यस्तो हानी

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौं । तपाईले आजसम्म कागतीको फाइदा बारे मात्र सुन्नुभएको छ होला सायद । कागती वजन ९तौल० कम गर्न मात्र नभएर छालाको हेरचाहको लागि पनि काम आउँछ । तर आज हामी यसको बढी प्रयोगले कस्तो हानी पुग्छ भन्ने जानकारी दिन्छौं । मानिसले विहान उठेपछि कागती पानी खन्छन् जसले निकैं फाइदा पुराउँछ , तर यसको साइड इफेक्ट पनि छन् । पेट संवेदनशील भएका मानिसले कागती पानीको सेवन गर्न हुन्न । कागति धेरै एसिडिक हुन्छ जसका कारण पीएच लेवल कम हुन्छ । कागतीको प्रयोग धेरैजसो अनुहारको छाला राम्रो बनाउनका लागि पनि गर्ने गरिएको छ । पिम्पल्स, दागहरु हटाउन कागतिको प्रयोग हुने गरेको छ तर यसबाट बेफाइदा पनि हुनसक्छ । यदी तपाईको गाला वा अनुहारमा यदी घाउ, चिलाउने लगायतका समस्या छ भने कागतीको प्रयोग गर्न हुन्न । कागती बढी सेवन गर्दा यसले पेटलाई पनि वेफाइदा पु¥याउँछ । यसको प्रयोगले अल्सर, दातको समस्या, पेट बिग्रने तथा ड...
दार्चुलामा निर्माणाधीन पर्खाल भत्किँदा दुईको ज्यान गयो, सवारी दुर्घटनामा प्रहरीको मृत्यु

दार्चुलामा निर्माणाधीन पर्खाल भत्किँदा दुईको ज्यान गयो, सवारी दुर्घटनामा प्रहरीको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, फागुन १ । दार्चुलामा निर्माणाधीन विद्युत्को नहरको पर्खाल भत्किँदा दुई जनाको मृत्यु भएको छ । अपिहिमाल गाउँपालिका वडा नं ६ मज्जेमा निर्माणाधीन मज्जे खोला लघु जलविद्युत् योजनाको पर्खाल निर्माण गर्ने क्रममा आज दुई जना मजदूरको मृत्यु भएको हो । एक सय किलोवाट क्षमताको मज्जेखोला निर्माणाधीन जलविद्युत् योजनाको नहर भत्किँदा मार्मा–१ का ४५ वर्षीय बल्देवसिंह महरा र अपिहिमाल गाउँपालिका–६ का ४० वर्षीया गौमती धाँमीको घटनास्थलमै मृत्यु भएको गौरीशङ्कर आधारभूत विद्यालयका शिक्षक भगतसिंह धाँमीले जानकारी दिए । सो जलविद्युत् वैकिल्पक ऊर्जा प्रवद्र्धन केन्द्र, सङ्घ, प्रदेश र स्थानीय सरकारको सहयोगमा जलविद्युत् निर्माण भइरहेको हो । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी निरीक्षक कमलबहादुर विष्टको नेतृत्वमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । ...
‘प्रतिनिधिसभा विघटन संसदीय व्यवस्थाको असफलता’

‘प्रतिनिधिसभा विघटन संसदीय व्यवस्थाको असफलता’

मुख्य समाचार, राजनिती
काठमाडौँ, फागुन १ । नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले प्रतिनिधिसभाको विघटन संसदीय व्यवस्थाको असफलता भएको बताएका छन । नेकपा क्रान्तिकारी माओवादी ३ नंं। प्रदेशले २६ औं जनयुद्ध दिवसको अवसरमा शनिबार काठमााडौंमा आयोजना गरेको युवा मार्चपासको समापन कार्यक्रममा उनले नेपालमा संसदीय व्यवस्था असफल भएको र त्यसको फाईदा लिन वैदेशिक प्रतिक्रियावादी शक्तिहरु लागेको बताएका हुन । उनले दुई तिहाई बहुमतको धाक देखाएका सरकार पूर्ण रुपमा अफल भएको तर्क गरे । दलहरुकै कारण जनयुद्धका आशिंक उपलब्धि नै गुम्ने खतरा भएको उनले तर्क गरे । कार्यक्रममा नेकपा ९क्रान्तिकारी माओवादी०का वरिष्ठ नेता सिपी गजुेरलले नेपालको संसदीय व्यवस्थालाई नै परिवर्तन गर्नुपर्ने धारणा राखे । प्रतिनिधिसभाको विघटनपछि दलहरुको व्यवहारका कारण जनताहरु नै अलमलमा परेको उनको भनाइ छ । त्यसअघि काठमाडौंको ...
काठमाडौँ उपत्यकामा खानेपानीको माग ४३ करोड, कति हुन्छ आपूर्ति ?

काठमाडौँ उपत्यकामा खानेपानीको माग ४३ करोड, कति हुन्छ आपूर्ति ?

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , फागुन १ । सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा दैनिक ४३ करोड लिटर खानेपानीको आवश्यकता छ तर आपूर्ति भने वर्षात्मा १५ करोड लिटर र हिउँदमा आठ करोड लिटरमात्र भइरहेको छ । वीरशम्शेरको पालादेखिको पाइप वितरण प्रणाली भएकाले करीब तीन करोड लिटर खानेपानी चुहावट हुने गरेको आज राजधानीमा आयोजित काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० को १३औँ वार्षिकोत्सव कार्यक्रममा जानकारी दिइयो । संविधानमा मौलिक हकका रुपमा उल्लेख गरिएको खानेपानी २४सै घण्टा आपूर्ति हुनुपर्ने भए पनि स्रोतका कारण नसकिएको लिमिटेडका अधिकारीहरुको स्वीकारोक्ति छ । वार्षिकोत्सव कार्यक्रममा खानेपानी मन्त्री मणिचन्द्र थापाले संविधानमा मौलिक हकका रुपमा स्थापित खानेपानी सेवालाई चुस्त्रुपमा प्रवाह गर्न सरोकार भएका सबै निकाय लाग्नुपर्नेमा जोड दिए । “पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले देख्नुभएको मेलम्चीको सपना पूरा हुन लागेको...
भारतको तमिलनाडुमा पटाका उद्योगमा आगलागी : १९ जनाको मृत्यु

भारतको तमिलनाडुमा पटाका उद्योगमा आगलागी : १९ जनाको मृत्यु

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, फागुन १ । भारतको तमिलनाडुमा पटाका उद्योगमा भएको आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । अरु केही घाइते समेत भएको सरकारी अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । तमिलनाडु प्रदेशको भृदुनगर जिल्लामा शुक्रबार घटना भएको हो । यो घटना यस वर्षकै यस प्रदेशकै सवैभन्दा ठूलो नराम्रो घटना भएको अधिकारीहरुले जनाएका छन् । स्थानीयअधिकारी आर कन्नानले मृतकको सङ्ख्या अझै बढी हुन सक्ने बताए । उनका अनुसार केही घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने देखिएको हो । कन्नानले दिएको जानकारीअनुसार आगलागी भएका बेला उद्योगमा झण्डै ७४ जना मानिस रहेका थिए । स्थानीय सञ्चार माध्यमहरुले आगलागी भएको उद्योग अवैध तरिकाले सञ्चालन भईरहेको बताएको छ । प्रहरीले अहिले उद्योगका बारेमा र आगलागीको घटनाका बारेमा अनुसन्धान गरिरहेको छ । घटनाका बारेमा थाहा पाएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख ...