Tuesday, April 16
Shadow

लकडाउनको शुल्क घटाउन माग गरेका बिद्यार्थी माथी एक्मि इन्जिनियरिङ कलेजको ज्याजती


  • -इ
  • इ+

काठमाडौं । फागुन २ । काठमाडौंको सितापाइलास्थित एक्मी इञ्जिनियरिङ कलेजमा विद्यार्थीले लगाएको ताला प्रशासनले फोरेको छ । तालाफोरेपछि अहिले त्यहाँको स्थिति तनावमय बनेको छ ।

अनलाइन कक्षाको ३० प्रतिशत मिनाहा गर्नुपर्ने माग राख्दै अनेरास्ववियूले एक साताअघि उक्त कलेजमा तालाबन्दी गरेको थियो । विद्यार्थीसँग परामर्श नगरी प्रहरी लगाएर कलेज व्यवस्थापनले ताला फोरेपछि विद्यार्थी आक्रोसित भएका हुन् ।

आक्रोसित विद्यार्थीले आइतबार बिहान कलेजमा प्रदर्शन समेत गरेका छन् । प्रदर्शनका क्रममा कलेजका झ्यालका सिसा समेत तोडफोड भएको छ ।

यता विरोधमा उत्रिएका विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ । कलेजबाट प्रकाश श्रेष्ठ, हिक्मत मल्ल, बिनोद दाहाल, जिबस खनाल, आशिष् जैसवाल , हिलेन अधिकारी ,बिमल शाही पक्राउ परेको अनेरास्ववियूकी नेता आरती लामाले जानकारी दिए ।

कलेज व्यवस्थापनले विद्यार्थीसँग छलफल गरेर निकास निकाल्नुको सट्टा उल्टै प्रहरी प्रशासन लगाएर ताला फोर्ने काम गरेकाले अनेरास्ववियूले विरोध जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares