Wednesday, April 24
Shadow

‘प्रतिनिधिसभा विघटन संसदीय व्यवस्थाको असफलता’


  • -इ
  • इ+

काठमाडौँ, फागुन १ । नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले प्रतिनिधिसभाको विघटन संसदीय व्यवस्थाको असफलता भएको बताएका छन ।

नेकपा क्रान्तिकारी माओवादी ३ नंं। प्रदेशले २६ औं जनयुद्ध दिवसको अवसरमा शनिबार काठमााडौंमा आयोजना गरेको युवा मार्चपासको समापन कार्यक्रममा उनले नेपालमा संसदीय व्यवस्था असफल भएको र त्यसको फाईदा लिन वैदेशिक प्रतिक्रियावादी शक्तिहरु लागेको बताएका हुन ।

उनले दुई तिहाई बहुमतको धाक देखाएका सरकार पूर्ण रुपमा अफल भएको तर्क गरे । दलहरुकै कारण जनयुद्धका आशिंक उपलब्धि नै गुम्ने खतरा भएको उनले तर्क गरे ।

कार्यक्रममा नेकपा ९क्रान्तिकारी माओवादी०का वरिष्ठ नेता सिपी गजुेरलले नेपालको संसदीय व्यवस्थालाई नै परिवर्तन गर्नुपर्ने धारणा राखे । प्रतिनिधिसभाको विघटनपछि दलहरुको व्यवहारका कारण जनताहरु नै अलमलमा परेको उनको भनाइ छ ।

त्यसअघि काठमाडौंको शान्तिबाटिकाबाट सुरु भएको मार्चपास पुरानो बसपार्क, शहीदगेट, सुन्धरा, वायुसेवा निगम, न्युरोड गेट, वीरअस्पताल हुँदै‌ पुनः शान्तिबाटिकामा पुगेर जनसभामा परिणत भएको थियो ।

जसभामा सो पार्टीका महासचिव वैद्यले २६ वटा मशाल बालेर तथा २६ वटा तोप पड्काएर जनयुद्ध समारोह तथा जनसभाको शुभारम्भ गरेका थिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares