Tuesday, May 12
Shadow

Author: Interview Nepal

उर्लाबारी युवक मृत्यु प्रकरण : प्रहरीमाथि पनि अनुसन्धान सुरु

उर्लाबारी युवक मृत्यु प्रकरण : प्रहरीमाथि पनि अनुसन्धान सुरु

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन १२ । उर्लाबारी नगरपालिका ५ का प्रवीण बाँस्तोला मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालय मोरङले विभागीय अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक ९डीएसपी० लोकदर्शन थापाको नेतृत्वमा तीन सदस्य टोली बनाएर प्रहरीमाथि अनुसन्धान सुरु भएको हो । बुधवार जिल्ला प्रहरी कार्यालय मोरङमा घटनाको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा १५ जना प्रहरीमाथि अनुसन्धान सुरु भएको जानकारी दिइएको हो । प्रहरीको अनुसन्धानमा नै प्रभावित पार्ने तथा शान्ति सुरक्षामा नै असर गर्ने गरी सामाजिक सञ्जालमा गलत प्रचार भएको पनि प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको बताए । भिसेरा रिपोर्ट आउन ढिला भएको तथा पक्राउ गरिएको २५ दिन पुगिसकेको अवस्थामा मात्र पक्राउ परेका...
जस्तोसुकै परिस्थितमा पनि दृढताका साथ समृद्धिको यात्रामा अघि बढ्नेछु :  प्रधानमन्त्री ओली

जस्तोसुकै परिस्थितमा पनि दृढताका साथ समृद्धिको यात्रामा अघि बढ्नेछु : प्रधानमन्त्री ओली

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , फागुन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै परिस्थितमा पनि आफूहरु दृढताका साथ समृद्धिको यात्रामा अघि बढिरहने बताएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज आयोजना गरेको ‘नेपालको डिजिटल माटो नक्साङ्कन’ उद्घाटन कार्यक्रममा उनले आफूले लिएको जिम्मेवारी पूरा गर्न जहाँ रहे पनि लागिरहने बताएका हुन् । सर्वोच्च अदालतले मङ्लबार गरेको फैसलाका कारण हतास हुनुपर्ने कारण नभएको जनाउँदै उहाँले जिन्दगी नै अनिश्चित भएकाले आफूमा कुनै दम्भ र भ्रम नरहेको स्पष्ट गरे । “को मान्छे कति बेला मर्छ थाहा छैन तर जबसम्म बाँचिन्छ राम्रो काम गर्नुपर्छ ।” उनको भनाइ थियो । आफूले सरकारको नेतृत्व गरेको तीन वर्षमा पूर्वाधार र आर्थिक विकासका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको प्रधानमन्त्री ओलीले बताउँदै उनले कतिपय व्यक्ति सुरुङ र पानीजहाजका कुरा गर्दा पहिले हाँसे पनि अहिले नेपालमा कतै सुरुङ बन्...
त्रिभुवन विमानस्थल सञ्चालन अवधि घटाइयो , अब १८ घण्टा मात्र सञ्चालन हुने

त्रिभुवन विमानस्थल सञ्चालन अवधि घटाइयो , अब १८ घण्टा मात्र सञ्चालन हुने

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन १२ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी चैत १५ गतेदेखि त्रिभुवन विमानस्थल १८ घण्टा मात्र सञ्चालन हुने जनाएको छ । विमानस्थलका महानिर्देशक प्रतापबावु तिवारीले आगामी १५ चैतबाट सञ्चालन अवधि २१ घण्टाबाट घटाएर दैनिक १८ घण्टामा झारिएको जानकारी दिए । महानिर्देशक तिवारीका अनुसार विमान उडानको संख्या कम भएका कारण सञ्चालनको समय अवधि घटाइएको हो । उडान संख्या कम हुँदा खर्च बढ्ने र एउटा उडानका लागि यात्रुहरुले रातभरी कुर्नुपर्ने समस्या भएका कारण उडान समय मिलाएर विमानस्थल सञ्चालन अवधि घटाइएको उनले बताए । अब विमानस्थल बिहान ६ बजेदेखि राति १२ः३० बजेसम्म सञ्चालन हुनेछ ।...
प्रधानमन्त्री ओलीले राजीनामा दिँदा राम्रो हुन्छ : देउवा

प्रधानमन्त्री ओलीले राजीनामा दिँदा राम्रो हुन्छ : देउवा

ब्यानर समाचार, राजनिती
काठमाडौँ, फागुन १२ । कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदा राम्रो हुने बताएका छन् । बुधबार महेन्द्र नारायण निधिको ९९ औँ जन्म जयन्तीको अवसरमा आयोजित ‘अहिंसा र शान्ति स् आजको सन्दर्भमा’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति देउवाले प्रधानमन्त्री ओलीले संसदमा बहुमत पुर्‍याउन नसके प्रधानमन्त्री पद छाड्दा राम्रो हुने बताएका हुन् । तर ओलीको पार्टीको कुरा भएकाले आफूहरुले दबाब नदिने उनको भनाइ थियो । देउवाले नेपालमा न्याय र प्रजातन्त्रको जित भएको पनि बताए । अदालतले राम्रो निर्णय गरेर नेपालमा संसदीय व्यवस्थालाई सुदृढीकरण गर्ने मौका मिलेको बताउँदै उनले भने, ‘नेपालमा न्यायको जित भएको छ । प्रजातन्त्रको जित भएको छ । अदालतले राम्रो निर्णय गरेर नेपालमा फेरि संसदीय व्यवस्थालाई सुदृढीकरण गर्ने मौका मिलेको छ । मलाई विश्वास छ, ओलीले अदालतको निर्णयपछाडि कि...
सामूहिक भावनाले गरे जुनसुकै काम पनि सम्भव छ :  प्रधानसेनापति थापा

सामूहिक भावनाले गरे जुनसुकै काम पनि सम्भव छ : प्रधानसेनापति थापा

मुख्य समाचार, समाचार, समाज
=काठमाडौँ , फागुन १२ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले सामूहिक भावनाले गरे जुनसुकै काम पनि सम्भव हुने बताएका छन् । हिउँद याममा विश्वकै दोस्रो अग्लो हिमाल केटु ९८, ६११ मिटर० को पहिलो पटक सफल आरोहण गरेर फर्केका नेपाली टोलीलाई आज नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा आयोजित सम्मान कार्यक्रममा उनले केटु हिमाल आरोहणले नेपाल र नेपालीको गौरव बढाएको बताए । “यो अतुलनीय योगदानको जति प्रशंसा गरे पनि कमै हुन्छ”, उनले भने, “हिमपहिरो, हिमआँधी र कठिन भूगोलको चुनौतीको सामना गर्दै सफल आरोहण गरेकामा नेपाली सेनाको हार्दिक बधाई छ ।” प्रधानसेनापति थापाले केटु हिमाल आरोहणको अभूतपूर्व सफलताबाट नेपाली जनता गौरवान्वित भएको उल्लेख गर्दै उक्त कार्यबाट नेपाली सेना हर्षित भएको बताए । “आरोहण टोलीले अनुपम उदाहरण प्रस्तुत गरेको छ, सामूहिक रुपमा मिलेर गरे असम्भव केही पनि छैन भन्ने स्पष्ट भएको छ”, उनले भ...
बाहिरका सांसदहरुदलाई तत्कालै आउन र काठमाडौँ भएकालाई उपत्यका नछाड्न दाहाल-नेपाल पक्षको निर्देशन

बाहिरका सांसदहरुदलाई तत्कालै आउन र काठमाडौँ भएकालाई उपत्यका नछाड्न दाहाल-नेपाल पक्षको निर्देशन

ब्यानर समाचार, राजनिती
काठमाडौँ, फागुन १२ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० दाहाल–नेपाल समूहले उपत्यका बाहिरका सांसदहरुदलाई तत्कालै काठमाडौं आउन तथा काठमाडौँमा भएका सांसदहरुदलाई जानकारीबिना उपत्यका बाहिर नजान निर्देशन दिएको छ । बैठकमा सहभागी नेतृ रामकुमारी झाक्रीले भनिन्, ‘संसदीय दलको बैठकले उपत्यका बाहिर रहेका सांसदहरुलाई तत्काल बोलाउने र काठमाडौँ उपत्यकामा भएका सांसदलाई जानकारी बिना बाहिर जान नदिने निर्णय भएको छ ।’ दाहाल-नेपाल समूहको संसदीय दलको बैठकले १३ दिनभित्रै संसद बैठक बस्नुपर्ने भएकाले यस्तो निर्देशन दिएको उनले बताइन् ।बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने र अन्य दलहरुसंग सहकार्य गरेर जाने बारेमा पनि छलफल उनको भनाइ छ । बैठकले प्रतिनिधिसभा विघटनको विरुद्दमा आन्दोलनका क्रममा साथ दिने सबै पक्षलाई र सर्वोच्च अदालतले गरेको फैसला प्रति धन्यवाद ज्ञापन गरेको नेकपा प्रमुख सचेतक देवप्र...
नेकपाको खुशीयाली सभा :  अब मुलुक संविधानबाट चल्छ

नेकपाको खुशीयाली सभा : अब मुलुक संविधानबाट चल्छ

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाडौं, फागुन १२ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कमद असंवैधानिक ठहर्‍याउँदै संसद् पुनः स्थापना गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज राजधानीमा खुशीयाली जुलुस निकालेको छ । राजधानीको शान्तिवाटिकामा भेला भएका जनसमुदायले संसद् भङ्ग गर्ने सरकारको असंवैधानिक कदम न्यायालयले सच््याएको भन्दै खुशीयाली साटासाट गरेका थिए । सर्वोच्च अदालतले मङ्गलबार प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय खारेज गर्दै १३ दिनभित्र संसद् बैठक बोलाउन आदेश दिएको थियो । सरकारको सिफारिशमा गत पुस ५ गते राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाखमा मध्यावधि निर्वाचन घोषणा गरिएको थियो । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयको विरोधमा नेकपालगायत विभिन्न राजनीतिक दलले देशव्यापी जनप्रदर्शन गरेका थिए । शान्तिवाटीकामा भेला भएका नेकपाका नेता कार्यकर्ताले जुलुससहित नगर परिक्रममा गरेका थिए । ज...
प्रचण्ड-नेपाल-देउवाबीच भेटवार्ता :  यस्तो भयो छलफल

प्रचण्ड-नेपाल-देउवाबीच भेटवार्ता : यस्तो भयो छलफल

ब्यानर समाचार, राजनिती
काठमाडौँ , फागुन १२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले काँग्रेस सभापति शेरबहादुर देउवासँगको भेटवार्ता भएको छ । प्रचण्ड(नेपाल काँग्रेस सभापति देउवालाई भेट्न बुढानिलकण्ठस्थित देउवा निवासमा पुगेका हुन् । करिब आधा घण्टा भएको भेटवार्तामा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्स्थापना गरेपछि पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बुझिएको छ । भेटमा प्रचण्ड(नेपालले सभापति देउवालाई मिलेर अगाडी जान प्रस्ताव गरेका छन् । देउवाले मिलेर अगाडी बढ्ने विषयमा आफु सकारात्मक रहेको जवाफ दिदै पार्टीमा छलफल गर्ने बताएका छन् । देउवाले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न विहिबार पदाधिकारी बैठक बोलाएको बताएका थिए । देउवा निकट नेताका अनुसार पार्टीमा छलफलपछि प्रचण्ड-नेपाल पक्षसँग फेरी छलफल हुनसक्ने खरीबोटलाई बताएका छन् । भेटपछि नेकपा अ...
प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने ओली पक्षको निर्णय, अरु के भयो छलफल ?

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने ओली पक्षको निर्णय, अरु के भयो छलफल ?

ब्यानर समाचार, राजनिती
काठमाडौँ , फागुन १२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने निर्णय गरेको छ । ओली पक्षको स्थायी कमिटीको बुधबार बसेको बैठकले प्रधानमन्त्री ओलीले राजीनामा नदिएर संसदको सामना गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।प्रवक्ता ज्ञवालीले समग्र राजनीतिको छलफल गर्न केन्द्रीय कमिटी र संसदीय दलको बैठक पनि बोलाउने निर्णय भएको जानकारी दिए । त्यस्तै ओली पक्षले यस अघि नै तय गरेका कार्यक्रमहरु स्वरूप परिवर्तन गरेर निरन्तरता दिने भएको उनले बताए ।साथै सरकारले सर्वोच्चले दिएको समय भित्र नै संसदको बैठक आव्हान हुने बताउदै आफुहरु उनले अबको राजनीति कसरी अगाडी बढ्छ भन्ने विश्लेषण गरिएको जानकारी दिए । प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छ त भन्ने प्रश्नमा प्रवक्ता ज्ञवालीले दलहरुसँग अहिले आफुहरु पनि छलफलमा रहेको बताउदै मुलुकल...
शुक्रबारसम्म मेघगर्जनसहित हल्का वर्षाको सम्भावना, कुन प्रदेशमा कस्तो ?

शुक्रबारसम्म मेघगर्जनसहित हल्का वर्षाको सम्भावना, कुन प्रदेशमा कस्तो ?

ब्यानर समाचार, मौसम, समाचार, समाज
काठमाडौँ, फागुन १२ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबारसम्म देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान गरेको छ । हाल प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । अन्य भू(भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो १, गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक –दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा बिहीबार र शुक्रबार पनि पहाडी भेगमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । यस्तो छ तीन दिनको मौसम पूर्वानुमान फागुन १२ गते (बुधबार) दिउँसो : देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी, कर्णाली ...