Saturday, April 27
Shadow

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने ओली पक्षको निर्णय, अरु के भयो छलफल ?


  • -इ
  • इ+

काठमाडौँ , फागुन १२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने निर्णय गरेको छ ।

ओली पक्षको स्थायी कमिटीको बुधबार बसेको बैठकले प्रधानमन्त्री ओलीले राजीनामा नदिएर संसदको सामना गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।प्रवक्ता ज्ञवालीले समग्र राजनीतिको छलफल गर्न केन्द्रीय कमिटी र संसदीय दलको बैठक पनि बोलाउने निर्णय भएको जानकारी दिए ।

त्यस्तै ओली पक्षले यस अघि नै तय गरेका कार्यक्रमहरु स्वरूप परिवर्तन गरेर निरन्तरता दिने भएको उनले बताए ।साथै सरकारले सर्वोच्चले दिएको समय भित्र नै संसदको बैठक आव्हान हुने बताउदै आफुहरु उनले अबको राजनीति कसरी अगाडी बढ्छ भन्ने विश्लेषण गरिएको जानकारी दिए ।

प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छ त भन्ने प्रश्नमा प्रवक्ता ज्ञवालीले दलहरुसँग अहिले आफुहरु पनि छलफलमा रहेको बताउदै मुलुकलाई अन्योलमा राख्न नहुने भन्नेमा छलफल भइरहेको बताउदै छलफलपछि नै निर्णय गर्ने प्रवक्ता ज्ञवालीले बताए ।

आफुहरु पार्टी एकताको पक्षमा रहेर नै अहिलेसम्म कसैलाई कारवाही नगरेको बताउदै एकताको लागि खुला रहेको उनले बताए ।

बैठकमा स्थायी कमिटि सदस्यहरु ईश्वर पोखरेल, विष्णु पौडेल, राम बहादुर थापा, प्रदीप ज्ञवाली, टोपबहादुर रायमाझी, मणि थापा, कृष्णगोपाल श्रेष्ठ, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल र विष्णु रिमाललगायतको उपस्थिति रहेको बताइएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares