Tuesday, May 12
Shadow

Author: Interview Nepal

आज बस्ने भनिएको नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित

आज बस्ने भनिएको नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित

मुख्य समाचार, राजनिती
काठमाडौँ, फागुन १३ । आज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बस्ने भनिएको बैठक स्थगित भएको सूचना आएको नेता सत्यनाराण मण्डलले जानकारी दिए । ‘बैठक स्थगित भएको सूचना आएको छ तर के कारण भन्ने जानकारी नभएको मण्डलले बताए । ओली समूहको बुधबार बसेको बैठकले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसलालाई स्वागत गर्ने, केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने र संसद फेस गरेर अघि बढ्ने निर्णय गरेको थियो। प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै नेकपाको ओली समूह सरकार टिकाइरहन वा नयाँ सत्ता समीकरणका लागि के गर्ने भन्ने रणनीति बनाउन लागि परेको छ ।...
गायिका अञ्जु पन्त विवाह बन्धनमा बाँधिइन्

गायिका अञ्जु पन्त विवाह बन्धनमा बाँधिइन्

मनोरञ्जन, मुख्य समाचार
काठमाडौँ , फागुन १३ । चर्चित गायिका अञ्जु पन्त विवाह बन्धनमा बाँधिएकी छन् । उनले बुधवार प्रेमी थिर कोइरालासँग बिहे गरेकी हुन् । अञ्जु र थिर करीब एक वर्षदेखि प्रेम सम्बन्धमा थिए । बुधबार उनीहरुले ललितपुरको पाटनस्थित एक चर्चमा बिहे गरेका हुन् ।उनीहरुको बिहे समारोहमा सीमित आफन्तहरुको मात्र सहभागिता रहेको थियो । गायिका पन्तको एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो । यसपछि छोरी परितोशिकासँग बस्दै आएकी अञ्जुले केही महिना अगाडि विभिन्न अन्तर्वाताहरुमा छोरीले विवाहका लागि दबाब दिइरहेको बताएकी थिइन् । प्रवण दिवसको छेकोमा अञ्जु र थीरले प्रेम सार्वजनिक गर्दै छिट्टै विवाह गर्ने बताएका थिए ।...
आ–आफ्नो रणनीति बनाउँदै नेकपाका दुवै समूह

आ–आफ्नो रणनीति बनाउँदै नेकपाका दुवै समूह

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन १३ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने फैसला गरेसँगै नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का दुवै समूह आआफ्नै रणनीतिअनुसार अगाडि बढ्ने भएका छन् । दाहाल नेपाल समूहले वर्तमान परिस्थितिको विश्लेषण गर्दै सबै लोकतान्त्रिक शक्तिसँग सहकार्य गरेर अघि बढ्ने रणनीति बनाएको छ भने ओली पक्षले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्दै संसद्मा नै सामना गरेर अघि बढ्ने योजना बनाएको छ । प्रतिनिधिसभा पुनस्र्थापना भएपछि बुधबार काठमाडौंमा नेकपा दाहाल–नेपाल र नेकपा ओली समूहको छुट्टाछुटै स्थायी कमिटी बैठक बसेको छ । दुवै समूहले अगामी रणनीतिबारे छलफल गरेका छन् । नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले हालको विकसित राजनीतिक घटनाक्रमका सन्दर्भमा सबै लोकतान्त्रिक शक्तिसँग हातेमालो गरेर अघि बढ्ने निर्णय गरेको छ । नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधानको प्रभा...
कांग्रेसको पदाधिकारी बैठक आज बस्दै, सत्ता समीकरणका विषयमा छलफल हुने

कांग्रेसको पदाधिकारी बैठक आज बस्दै, सत्ता समीकरणका विषयमा छलफल हुने

ब्यानर समाचार, राजनिती
काठमाडौँ, फागुन १३ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।सभापति शेरबहादुर देउवाले अपराह्न तीन बजेका लागि बुढानिलकण्ठस्थित आफ्नै निवासमा पदाधिकारीलाई डाकेको उनको सचिवालयले जनाएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछिको परिस्थिति र नयाँ सरकार गठनको अवस्थामा कसलाई सघाउने वा नसघाउने भन्ने विषयमा देउवाले पदाधिकारीहरूसँग छलफल गर्न लागेका हुन् । नेकपाको दाहाल(नेपाल समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले बुधबार देउवालाई भेटेर सरकार सञ्चालनका लागि मिलेर जानुपर्ने प्रस्ताव गरेका थिए । तर, देउवाले आन्तरिक छलफलपछि आवश्यक निर्णय दिने बताएका थिए । बुधबार दाहाल र नेपालसँगको भेट र सत्ता समीकरणको प्रस्तावलगत्तै देउवाले आज पदाधिकारी बैठक बोलाएका हुन् । देउवालाई नेकपाकै ओली समूहले पनि साझेदारीमा सरकार गठनको प्रस्ताव राख्दै आएको बताइन्छ । तर, नेकपा ...
कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या २५ लाख नाघ्यो

कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या २५ लाख नाघ्यो

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौँ, फागुन १३ । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १० हजार ८०७ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २५ लाख ७ हजार ७२४ पुगेको छ । कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा पाँच लाख १८ हजार ३६३ जनाको मृत्यु भएको छ । यसैगरी ब्राजिलमा २ लाख ५० हजार ७९ जना, भारतमा १ लाख ५६ हजार ७४२ जना, रूसमा ८४ हजार ४३० जना, बेलायतमा १ लाख २१ हजार ७४७ जना, फ्रान्समा ८५ हजार ३२१ जना, इटालीमा ९६ हजार ६६६ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ४ लाख ३७ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित संख्या ११ करोड ३० लाख ८३ हजार ३५ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर ८ करोड ८६ लाख ९९ हजारभन्दा धेरै मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेक...
आजको मौसमः केही स्थानमा शनिबारसम्म वर्षाको सम्भावना

आजको मौसमः केही स्थानमा शनिबारसम्म वर्षाको सम्भावना

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम
काठमाडौँ, फागुन १३ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबारसम्म देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान गरेको छ । हाल प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू(भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । अहिले तराईका केही स्थानहरुमा हुस्सु लागिरहेको महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक –दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा शुक्रबार र शनिबार पनि पहाडी भेगमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।   यस्तो छ तीन दिनको मौसम पूर्वानुमान फागुन १३ गते (बिहीबार) दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा ...
आज २०७७ फागुन १३ गते बिहीबारको राशिफल

आज २०७७ फागुन १३ गते बिहीबारको राशिफल

मुख्य समाचार, समाचार, समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अनावश्यक यात्रा तथा अनावश्यक झमेलामा परिएला । मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्छ । दिनको उत्तरार्ध भने सुखद् रहनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभ कार्यमा सरिक बाईनेछ । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । अचल सम्पत्ती हात पर्ने योग छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्नमा आउला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । कार्य शिद्धिको योगछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ । शुभकार्यको चर्चा चल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लगनशीलताले कामहरू अगाडि बढ्नेछन । चिताएको कामले तीव्रता लिनेछ । आकस्म...
जनताको जीत भएको छ: मौलाना मशहूद खांं नेपाल

जनताको जीत भएको छ: मौलाना मशहूद खांं नेपाल

राजनिती, समाचार
कपिलवस्तु, फाल्गुन १२ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त आयोजनामा संसद पुर्नवहालीको लागि न्यायालयले गरेको फैसलाको स्वागत गर्दै कार्यकर्ताहरु ले एक अर्का लाई मिठाई खुवाउदै खुश्याली मनाएका छन। कृष्णनगर नपा वडा नं २मा रहेको राष्ट्रीय मदरसा संघ नेपालको पुस्तकालयमा नेकपा कृष्णनगरकमिटी अध्यक्ष जाबेद आलमको अध्यक्षतामा सम्पन्न भएकाे थियो। कार्यक्रमका प्रमुख अतिथी अब्दुल सबुर विशिष्ट अतिथि लुम्बीनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहूद खां नेपाली, राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफी अतिथिमा राष्ट्रीय मदरसा संघ नेपाल का उपाध्यक्ष शैख जैस मक्की,गणेश प्रसाद बन्जाडे, अल्हाज फ़ज़ल महमूद खां(बब्लु खां),संघका सदस्य शैख अब्दुल रहमान मदनी,अकिल अहमद,तुफेल अहमद खां रहेका थिए। कार्यक्रम लाई सम्बोधन गर्दै उपाध्यक्...
ल्वाङका यी ८ फाइदा

ल्वाङका यी ८ फाइदा

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौं । मसला र औषधिको रुपमा पहिलैदखि नै ल्वाङको प्रयोग हुँदै आएको छ । ल्वाङको माथिल्लो भाग जसलाई फुल भनिन्छ, यसलाई घाम मा सुकाएर राख्नाले धेरै फाइदा लिन सकिन्छ । ल्वाङले अनेक स्वास्थ समस्यालाई समधान गर्दछ । -मुटुको समस्या समधानः दिनमा एउटा ल्वाङ चबाउनाले मुटुसम्बन्धि समस्याबाट छुट्कारा पाइन्छ । -रोगविरुद्ध लड्ने क्षमतामा वृद्धिः खानामा ल्वाङलाई मिसाएर खानाले रोगविरुद्ध लड्ने क्षमतामा वृद्धि हुन्छ । -ल्वाङ खानाले शिघ्रपतनको समस्यालाई ठिक गर्छ । -ल्वाङ खानाले घाउहरु पनि छिटो सन्चो हुन्छन् । यसमा हुने एन्टीबायोटिकले घाउहरु पूर्ण रुपमा निको हुन सहयोग गर्छ । -यसको प्रयोगले मुखमा रहेको दुर्गन्धलाई हटाउन मद्दत गर्दछ । जसले दाँत दुख्ने समस्या पनि हटाउँछ । -दिनमा दुई पटक ल्वाङ हालेको चिया पिउनाले अनुहारमा चमक आउने तथा छाला नरम हुन्छ । -ल्वाङ खानाले यसमा पाइने भिटामिन ए ल्वाङले आँखाको ज्...
वरिष्ठ नेता पौडेल भन्छन्- संसद पुनर्स्थापनाको फैसलाले मुलुकलाई संकटबाट जोगायो

वरिष्ठ नेता पौडेल भन्छन्- संसद पुनर्स्थापनाको फैसलाले मुलुकलाई संकटबाट जोगायो

मुख्य समाचार, राजनिती
काठमाडौं, फागुन १२ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले संसद् विघटनको निर्णय बदर गरी मुलुकलाई सङ्कटबाट जोगाएको बताएका छन् । सिरहामा आज पार्टीका अगुवा र कार्यकर्तासँगको भेटघाटका क्रममा वरिष्ठ नेता पौडेलले संवैधानिक इजलासबाट भएको संसद् विघटन खारेजीको फैसलाले देशलाई राजनीतिक अस्थिरताबाट जोगाएको बताएका हुन् । “सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गरेपछि मुलुकमा लोकतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको थियो”, पौडेलले भने, “अदालतको इजलासले खतराबाट जोगाएको छ, त्यसबाट संविधानवादको रक्षा भएको छ ।” न्यायालयले जनता, संविधान र कानूनी राज्यको पक्षमा निर्णय गरेको उनको भनाइ थियो । सम्बोधनका क्रममा नेता पौडेलले मधेशलाई बचाउने र जोगाउने काम नेपाली कांग्रेस मात्र गर्नसक्ने दाबी गर्दै उनले मधेश र कांग्रेस एक अर्काबीच पारिस्परिक सम्बन्ध रहेको जिकिर गरे ।...