Saturday, April 20
Shadow

प्रधानमन्त्री ओलीले राजीनामा दिँदा राम्रो हुन्छ : देउवा


  • -इ
  • इ+

काठमाडौँ, फागुन १२ । कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदा राम्रो हुने बताएका छन् ।

बुधबार महेन्द्र नारायण निधिको ९९ औँ जन्म जयन्तीको अवसरमा आयोजित ‘अहिंसा र शान्ति स् आजको सन्दर्भमा’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति देउवाले प्रधानमन्त्री ओलीले संसदमा बहुमत पुर्‍याउन नसके प्रधानमन्त्री पद छाड्दा राम्रो हुने बताएका हुन् । तर ओलीको पार्टीको कुरा भएकाले आफूहरुले दबाब नदिने उनको भनाइ थियो ।

देउवाले नेपालमा न्याय र प्रजातन्त्रको जित भएको पनि बताए । अदालतले राम्रो निर्णय गरेर नेपालमा संसदीय व्यवस्थालाई सुदृढीकरण गर्ने मौका मिलेको बताउँदै उनले भने, ‘नेपालमा न्यायको जित भएको छ । प्रजातन्त्रको जित भएको छ । अदालतले राम्रो निर्णय गरेर नेपालमा फेरि संसदीय व्यवस्थालाई सुदृढीकरण गर्ने मौका मिलेको छ । मलाई विश्वास छ, ओलीले अदालतको निर्णयपछाडि कि त आफ्नो बहुमत पुर्‍याउनुपर्‍यो संसद्‌मा, होइन भने छोड्दा राम्रो हुन्छ । तर उहाँलाई यसो गर, उसो गर भन्ने कुरा छैन । उहाँहरुको पार्टीको कुरा हो ।’

कांग्रेसले केही गर्दैन भनेर जनताले भोट नदिएर हराए पनि अहिले कांग्रेस नै चाहिएको देउावको भनाइ थियो । उनले भने, ‘कांग्रेसले केही गर्दैन भनेर जनताले हराए भोट दिएनन् । अहिले कांग्रेस चाहियो भन्नुपरेको छ । कांग्रेसबाट आशा गर्नुभएकोमा सबै नेपाली जनता, बुद्धिजिवी, पत्रकार जगत सबैलाई धन्यवाद छ । कांग्रेसप्रति आकर्षण बढेको बुझेको छु ।’प्रजातन्त्र र लोकतन्त्रलाई सुदृढीकरण गर्न र बचाउन आवश्यक रहेको पनि सभापति देउवाले बताए । उनले कसैले पनि कुनै पनि बहानामा प्रजातन्त्र र लोकतन्त्रलाई हरण गर्न नसक्ने बताए।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares