Thursday, March 28
Shadow

उर्लाबारी युवक मृत्यु प्रकरण : प्रहरीमाथि पनि अनुसन्धान सुरु


  • -इ
  • इ+

काठमाडौं, फागुन १२ । उर्लाबारी नगरपालिका ५ का प्रवीण बाँस्तोला मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालय मोरङले विभागीय अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक ९डीएसपी० लोकदर्शन थापाको नेतृत्वमा तीन सदस्य टोली बनाएर प्रहरीमाथि अनुसन्धान सुरु भएको हो ।

बुधवार जिल्ला प्रहरी कार्यालय मोरङमा घटनाको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा १५ जना प्रहरीमाथि अनुसन्धान सुरु भएको जानकारी दिइएको हो । प्रहरीको अनुसन्धानमा नै प्रभावित पार्ने तथा शान्ति सुरक्षामा नै असर गर्ने गरी सामाजिक सञ्जालमा गलत प्रचार भएको पनि प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको बताए । भिसेरा रिपोर्ट आउन ढिला भएको तथा पक्राउ गरिएको २५ दिन पुगिसकेको अवस्थामा मात्र पक्राउ परेका व्यक्तिहरुलाई हाजिर हुने गरी छाडिएको पनि उनले जानकारी दिए । एसपी खड्काले प्रहरीले गरेको अनुसन्धानका क्रममा धेरै फोटामध्ये एउटा फोटो भुलवश परेको हुन सक्ने सन्दर्भमा डीएसपी मानबहादुर राईको संयोजकत्वमा छानबिन समिति गठन गरिसकिएकाले प्रतिवेदनको आधारमा अघि बढ्ने बताए ।

मृतकको सन्दर्भमा प्रहरीले गरेको अनुसन्धानमा कुनै कमजोरी नभएको उनले बताए । एसपी खड्काले प्रहरीले कुनै पनि कागजात हटाउने, बङ्ग्याउने अवस्था नरहनेसमेत जानकारी दिए । सबै मिसिलसहित सरकारी वकिल कार्यालय तथा अदालतको त्यसमा सहीछाप हुने भएकोले कुनै पनि घटनामा प्रहरीले दुराशय राखेर काम नगर्ने र यो घटनामा पनि कुनै दुराशय नराखेको एसपी खड्काले बताए ।

प्रहरीले मृत्यु प्रकरणमा कर्तव्य ज्यानको मामिलामा सुरुदेखि नै अनुसन्धान गर्दै आएकाले अहिले पनि अनुसन्धान भइरहेको र हत्यामा संलग्न रहेको भए व्यक्ति कानुनी दायरामा आउने उनले बताए । प्रहरीका अनुसार धेरै फोटामध्ये एउटा फोटो फरक पर्न गए पनि मृतकको परिचय मर्न नदिइएको, रिपोर्ट आउन समय लागेको र २५ दिन समय गुज्रिएको प्रहरीले जनाएको छ।

प्रहरीले थप अनुसन्धान गरिरहेकाले मृतकका परिवारले शङ्का गर्ने अवस्था नभएको एसपी खड्काले बताउनुभयो । घटना बढ्दै जाँदा प्रहरीले दुई जनालाई सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा चलाउने तयारी गरेको छ ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares