Friday, April 26
Shadow

त्रिभुवन विमानस्थल सञ्चालन अवधि घटाइयो , अब १८ घण्टा मात्र सञ्चालन हुने


  • -इ
  • इ+

काठमाडौं, फागुन १२ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी चैत १५ गतेदेखि त्रिभुवन विमानस्थल १८ घण्टा मात्र सञ्चालन हुने जनाएको छ ।

विमानस्थलका महानिर्देशक प्रतापबावु तिवारीले आगामी १५ चैतबाट सञ्चालन अवधि २१ घण्टाबाट घटाएर दैनिक १८ घण्टामा झारिएको जानकारी दिए ।

महानिर्देशक तिवारीका अनुसार विमान उडानको संख्या कम भएका कारण सञ्चालनको समय अवधि घटाइएको हो ।

उडान संख्या कम हुँदा खर्च बढ्ने र एउटा उडानका लागि यात्रुहरुले रातभरी कुर्नुपर्ने समस्या भएका कारण उडान समय मिलाएर विमानस्थल सञ्चालन अवधि घटाइएको उनले बताए । अब विमानस्थल बिहान ६ बजेदेखि राति १२ः३० बजेसम्म सञ्चालन हुनेछ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares