Saturday, April 20
Shadow

बाहिरका सांसदहरुदलाई तत्कालै आउन र काठमाडौँ भएकालाई उपत्यका नछाड्न दाहाल-नेपाल पक्षको निर्देशन


  • -इ
  • इ+

काठमाडौँ, फागुन १२ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० दाहाल–नेपाल समूहले उपत्यका बाहिरका सांसदहरुदलाई तत्कालै काठमाडौं आउन तथा काठमाडौँमा भएका सांसदहरुदलाई जानकारीबिना उपत्यका बाहिर नजान निर्देशन दिएको छ ।

बैठकमा सहभागी नेतृ रामकुमारी झाक्रीले भनिन्, ‘संसदीय दलको बैठकले उपत्यका बाहिर रहेका सांसदहरुलाई तत्काल बोलाउने र काठमाडौँ उपत्यकामा भएका सांसदलाई जानकारी बिना बाहिर जान नदिने निर्णय भएको छ ।’

दाहाल-नेपाल समूहको संसदीय दलको बैठकले १३ दिनभित्रै संसद बैठक बस्नुपर्ने भएकाले यस्तो निर्देशन दिएको उनले बताइन् ।बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने र अन्य दलहरुसंग सहकार्य गरेर जाने बारेमा पनि छलफल उनको भनाइ छ ।

बैठकले प्रतिनिधिसभा विघटनको विरुद्दमा आन्दोलनका क्रममा साथ दिने सबै पक्षलाई र सर्वोच्च अदालतले गरेको फैसला प्रति धन्यवाद ज्ञापन गरेको नेकपा प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए।

संसदीय दलको बैठकमा नेकपाको दाहाल(नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु सहभागी थिए ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares