आजको मौसमः पहाडी भेगमा हल्का वर्षाको सम्भावना
काठमाडौँ, चैत ४ । मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज पहाडी भेगका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
हाल देशको पहाडी भू(भागहरुमा आंशिक बदली रही बाँकी भू(भूभागहरुको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका पहाडी भू(भागका थोरै स्थानमा मेघगर्जन चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
बिहीबार र शुक्रबार पनि ठाउँठाउँमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
आजको मौसमः पहाडी भेगमा हल्का वर्षाको सम्भावना
चैत्र ०४ गते (बुधबार)
दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
र...









