Saturday, October 31
Shadow

Author: Interview Nepal

७८ वर्षीया वृद्धा बलात्कार गर्नेलाई साढे ३ वर्ष कैद

७८ वर्षीया वृद्धा बलात्कार गर्नेलाई साढे ३ वर्ष कैद

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, चैत ५ । अठहत्तर वर्षीया एक वृद्धालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत बागलुङले गलकोट नगरपालिका–१ का २६ वर्षीय बुलबहादुर विकलाई तीन वर्ष छ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालत बागलुङका न्यायाधीश वासुदेव न्यौपानेको एकल इजलासले कसुर ठहर गर्दै जबरजस्ती करणी उद्योग कसुरमा आरोपितलाई तीन वर्ष छ महिना कैदसहित पीडितलाई रु २५ हजार क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले बताए । पीडित वृद्धालाई आरोपित विकले २०७६ भदौ २ गते बलात्कार गर्ने प्रयास गरेको भन्दै पीडित पक्षले भदौ ४ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए । त्यसलगत्तै प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरेको थियो । प्रहरीले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिलको कार्यालयमार्फत २०७६ भदौ २६ गते जिल्ला अदालत बागलुङमा जबरजस्ती करणी उद्योग अभियोगमा मुद्दा दर्...
कांग्रेस नेता अशोक कोइरालाको निधन

कांग्रेस नेता अशोक कोइरालाको निधन

मुख्य समाचार, राजनिती
काठमाडौं , चैत ५ । राष्ट्रिय सभाका पूर्व उपाध्यक्ष नेपाली कांग्रेसका नेता अशोक कोइरालाको ७७ वर्षको उमेरमा निधन भएको छ । गएराति १ बजे उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा उनको निधन भएको हो । कोइराला २०४६ को प्रजातान्त्रिक आन्दोलनपछिको विराटनगरको पहिलो मेयर तथा संविधानसभाका सदस्य समेत हुन् । लामो समयदेखि अस्वस्थ रहेका ७७ वर्षीय कोइरालाको स्वास्यमा समस्या आएपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको थियो । निमोनियाको समस्या झेलिरहेका उनी घरैमा बेहोस भएपछि बुधबार अस्पताल भर्ना गरिएको जनाइएको छ । अशोक पुर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाका कान्छा भाइ हुन् ।...
एमालेको संसदीय दलको बैठक आज बस्दै, नेपाल-खनाल पक्षले भने बहिष्कार गर्ने

एमालेको संसदीय दलको बैठक आज बस्दै, नेपाल-खनाल पक्षले भने बहिष्कार गर्ने

ब्यानर समाचार, राजनिती
काठमाडौं , चैत ४ । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ ।प्रधानमन्त्री तथा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् । बैठकमा सूर्य चिह्नबाट निर्वाचित राष्ट्रिय सभा र प्रतिनिधि सभाका सबै सांसदहरुलाई बोलाइएको सांसद तथा एमाले नेता विशाल भट्टराईले जानकारी दिएका छन् । यता ओलीले संसदीय दलको बैठक बोलाएपछि नेपाल-खनाल पक्षले भने बहिष्कार गर्ने भएको छ । एमालेका सचिव योगेश भट्टराईले आफुहरु राष्ट्रिय कार्यकर्ता भेलामा व्यस्त रहेको आजको संसदीय दलको बैठकमा नजाने बताएका छन् । उनले यसको जानकारी प्रधानमन्त्री ओलीलाई गराइएको समेत बताएका छन् ।...
भारतका प्रसिद्ध कवि प्रोफेसर शहपर रसूल मदरसा संघद्वारा सम्मानित

भारतका प्रसिद्ध कवि प्रोफेसर शहपर रसूल मदरसा संघद्वारा सम्मानित

समाचार, समाज
कृष्णनगर,कपिलवस्तु, चैत्र ५  । भारतका प्रसिद्ध कवि जामिया इस्लामियाका प्रोफेसर र जामिया इस्लामिया विश्वविद्यालय दिल्ली उर्दु शाखाका पूर्व अध्यक्ष तथा प्रसिद्ध शिक्षा विज्ञ र उर्दु साहित्यमा धेरै पुस्तकहरु लेखेर भारतमा पटक पटक पुरस्कृत भएका प्रोफेसर शहपर रसूल खां लाई कृष्णानगरमा रहेका राष्ट्रीय मदरसा संघ नेपालको पुस्तकालयमा संघका पदाधिकारी हरुले दोसल्ला ओढाई सम्मानित गरेका छन। राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डॉ अब्दुल गनी अलकुफीले नेपालमा बोलिने उर्दु भाषाको स्थितीको बारेमा प्रोफेसर शहपर रसूल लगायत उपस्थित अन्य लाई जानकारी दिदै हामी उर्दु भाषाको संरक्षण सम्बर्धनमा लाग्नु पर्ने कुरामा जोड़ दिए‌। लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहूद खां नेपाली ले हाल नेपालमा हुन गइ रहेको जनगणनाको कार्यक्रम लाई ध्यानमा राख्दै उर्दु भाषि सक्रिय भएर लाग्न अनुरोध गरे। मदरसाहरुलाई...
कोरिया रोजगारी सुरु गर्न सकस :  अझै एक महिना लाग्ने

कोरिया रोजगारी सुरु गर्न सकस : अझै एक महिना लाग्ने

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, चैत ५ । भाषा परीक्षा उत्तीर्ण गरे पनि १० हजार बढी युवायुवती जान नपाएको कोरिया रोजगारी तत्काल सुरु नहुने भएको छ । कोरोना महामारी सुरु भएलगत्तै नेपाल र पछिल्लो पटक कोरियन सरकारका कारण बन्द कोरिया रोजगारी सुचारु गर्न आवाज उठ्दै आए पनि अझै प्रक्रिया मिलाउन बाँकी रहेकाले तत्काल सुरु नहुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको हो । श्रममन्त्री गौरीशंकर चौधरीले कोरिया सरकारको माग अनुसार पूर्वाधारको काम गर्न केही आवश्यक पर्ने भएकाले कम्तीमा एक महिनायता कोरिया रोजगारी सुचारु नहुने बताए । पछिल्लो समयमा कोरियामा कोरोना भाइरसको त्रास बढेको भन्दै कोरिया सरकारले सबै आप्रवासी कामदारलाई रोक लगाएको छ । ‘भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये कतिपयको रोजगारीमा कोरिया पुगिसक्नुपर्ने अवधि सकिने भएकाले चाँडो रोजगारी सुचारु गर्न आग्रह गरिसकेका छौँ,’ उनले भने, ‘रोजगारी सुचारु गर्न कोरि...
नौ महिनामा ११ पटक बढ्यो इन्धनको भाउ

नौ महिनामा ११ पटक बढ्यो इन्धनको भाउ

आर्थिक, पत्रपत्रिका, ब्यानर समाचार 2
काठमाडौं, चैत ५ । पछिल्लो साउनदेखि हालसम्म पेट्रोल प्रतिलिटरमा १४ रुपैयाँ र डिजेलमा ११ रुपैयाँ बढेको छ । अन्तराष्ट्रिय बजारमा लगातारा इन्धनको मूल्य बढ्दै गएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । लगातार इन्धनको मूल्य बढ्दा त्यसको असर सार्वजनिक यातायत, हवाइ इन्धनलगायत हरेक उपभोग्य वस्तुको मूलयवृद्धि आकासिन थालेको छ भने विकास आयोजनाहरुसमेत महंगिने अवस्था सिर्जना भएको छ । तर, स्वचालित मूल्य प्रणालीअन्र्तगत भाउ बढाउँदा निगमले मूल्य स्थिरिकरण कोषको उपयोग गर्न भने अनकनाइ रहेको छ । लकडाउनको बेला अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर प्रतिव्यारेल २० डलरमा झरेपछि निगमले गत वर्ष १९ चैत्रमा प्रतिलटिरमा १० रुपैयाँ मूल्य घटाएको थियो । त्यतिबेला पेट्रोल ९६ रुपैयाँ र डिजेल ८५ रुपैयाँ कायम थियो । कोरोना भाइरसको कारणले इन्धनको खपत हुँदा इन्धनको मूल्यमा गिरावट आएको थियो । त्यसप...
कसरी बढ्ने ?  :  अलमलमा खनाल–नेपाल समूह

कसरी बढ्ने ? : अलमलमा खनाल–नेपाल समूह

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं , चैत ५ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आन्दोलन थालेको एमालेको झलनाथ खनाल–माधव नेपाल समूहमा कसरी अघि बढ्ने अलमल देखिएको छ । समानान्तर रुपमा पार्टीलाई अघि बढाउने गरी राष्ट्रिय भेला गरे पनि यो समूहले ओलीलाई सच्याउने र एकता कायम राख्ने गरी अवधारणापत्र ल्याएको छ । पार्टीको अन्तरसंघर्ष संगठनको आधारमा अघि बढाउने र पालिका तहसम्म समानान्तर कमिटी ब्युँताउने राणीतिसहित खनाल–नेपाल पक्षले राष्ट्रिय भेला आयोजना गरेको हो । यही राणनीतिअनुरुप पालिका कमिटीसम्मका नेता–कार्यकर्तालाई बोलाएर तिनको मन बुझ्ने र सुझावका आधारमा बाँकी कार्यक्रम तय गर्ने भनिए पनि राष्ट्रिय भेलापछिको चरणबारे प्रतिवेदन र नेतृत्व दुवैले बोलेका छैनन् । बैठकमा नेता माधवकुमार नेपालले प्रस्तुत गरेको ९ पेजको प्रतिवेदनमा ओलीलाई सच्याउने उल्लेख भए पनि उनी सच्चिएनन् भने के गर्ने भन्ने योजना छैन । सम्बद्...
आजको मौसम :  मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

आजको मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

ब्यानर समाचार, मुख्य समाचार, मौसम, समाज
  काठमाडौं, चैत ५ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू(भागहरुमा आंशिक देखी सामान्य रही बाँकी भू(भागहरुको मौसम सामान्यतया सफा रहेको छ । बिहीबार देशको पहाडी भू(भागहरुमा आंशिकदेखि सामान्य बदली र तराईका भू(भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू(भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । शुक्रबार देशको पहाडी भू(भागहरुमा आंशिकदेखि सामान्य बदली र तराईका भू(भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू(भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । शनिबार देशको पहाडी भू(भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू(भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।...
आज २०७७ चैत्र ५ गते बिहीबारको राशिफल

आज २०७७ चैत्र ५ गते बिहीबारको राशिफल

मुख्य समाचार, समाचार, समाज
मेष नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । आज तपाईका लागि रमाइलो दिन छ । बृष धन खर्चको योग छ । स्वास्थ्य समस्या बल्झिएला । माया प्रेममा सुमधुरता । राम्रो सहयात्रीको मिलन हुने सम्भावना छ । बाहिर खानु अघि विचार गर्नुहोला । शैक्षिक क्षेत्र मध्यम रहला । मिथुन बोली विपरितको अर्थ लाग्ने भएकाले विचार पुर्‍याउनुहोला । नयाँ साथीसँगको संवादले मन प्रफुल्लित बनाउनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । न्यायीक क्षेत्रमा सफलता मिल्ला । आर्थिक पक्ष मध्यम रहनेछ । कर्कट वैदेशिक यात्राको अवसर मिल्नेछ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । केटा तथा केटी साथीबाटा टाढा रहनुहोला । मनमा चिन्ता । धार्मिक यात्राबाट आनन्दी । सिंह अभिभावकको आशीर्वाद मनन गर्नुहोला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदाय...
नेपाल प्रहरीका दुई अधिकृतलाई ‘एशिया पर्यावरण प्रवर्तन’ अवार्ड

नेपाल प्रहरीका दुई अधिकृतलाई ‘एशिया पर्यावरण प्रवर्तन’ अवार्ड

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , चैत ४ । नेपाल प्रहरीका दुई अधिकृतले ‘एशिया पर्यावरण प्रवर्तन’ अवार्ड प्राप्त गरेका छन् । अर्वाड प्राप्त गर्नेमा ब्युरोको वातावरण तथा वन्यजन्तु अपराध हेर्ने पिलर चारमा कार्यरत प्रहरी निरीक्षक सुदर्शन पन्थी र प्रहरी नायब निरीक्षक वीरेन्द्रसिंह जोहारी छन् । संयुक्त राष्ट्रसङ्घको पर्यावरण कार्यक्रम अन्तर्गत अन्तरदेशीय वातावरणीय अपराधविरुद्धको कार्यमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै उनीहरुलाई उक्त अवार्ड प्रदान गरिएको हो । गएको फागुनमा भर्चुअलसभा मार्फत उक्त अवार्ड घोषणा गरिएकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा आज एक समारोहका बीच प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले अवार्ड प्रदान गरे । ब्युरोका निर्देशक थापाले पुरस्कृत हुने प्रहरी कर्मचारीलाई बधाई दिँदै उक्त पुरस्कारले प्रहरी कर्मचारीको मनोबल उच्च बनाएको र अन्तरराष्ट्रिय जगतमा सङ्गठनको गरिमा बढाएको बताए । विसं २०६...