Saturday, April 20
Shadow

प्रधानमन्त्रीमा मेरो दाबी छैन, नयाँ सरकार अब छिट्टै गठन हुन्छ : प्रचण्ड


  • -इ
  • इ+

काठमाडौं, चैत ५ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा दाबी नरहेको बताएका छन् ।

प्रेस सङ्गठन नेपाल सिन्धुलीले आज सिन्धुलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफू र आफ्नो पार्टीले प्रधानमन्त्री पदमा दाबी नगरेको बताएका हुन् । प्रचण्डले अब छिट्टै नयाँ सरकार गठन हुने पनि बताए ।

उनले भने, “अबको प्रधानमन्त्री को बन्छ भन्ने राजनीतिक सहमतिबाट हुन्छ, जुन अहिले दलबीच छलफल चलिरहेको छ ।” “सहमति अब धेरै टाढा छैन”, उनले भने । लोकतन्त्र, समावेसी, समानुपातिक र संविधानविरुद्धका चलखेल अझै पनि नरोकिएको उनले बताए ।

प्रधानमन्त्रीको कार्यशैलीप्रति असुन्तुष्टि जनाउँदै प्रचण्डले सत्य, न्याय र विधिको सधै जीत हुने बताए । अझै पनि कम्युनिष्टको बृहत्तर एकता हुनुपर्दछ भन्दै उनले सबै इमान्दार कम्युनिष्ट एकताका पक्षमा उभिनुपर्ने बताए ।

केन्द्रमा सरकार परिवर्तन नभएसम्म प्रदेशको सरकार पनि परिवर्तन नहुने अध्यक्ष प्रचण्डले बताए । कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो सरकारको नेतृत्व लिएर नयाँ सरकार बनाउने चर्चा चलिरहेको बताउँदै प्रचण्डले निष्कर्षमा भने पुग्न बाँकी रहेको बताए ।

एमालेभित्रको विवादबारे चर्चा गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री कपी शर्मा ओलीले गुट चलाएको आरोप लगाए । एमालेको नेतृत्व नगरेर ओलीले गुट चलाएको प्रचण्डको भनाइ थियो ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares