Saturday, October 31
Shadow

Author: Interview Nepal

जग्गा विवादमा बालकको हत्या, ३ जना पक्राउ

जग्गा विवादमा बालकको हत्या, ३ जना पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
जनकपुर, चैत ४ । बारामा पारिवारिक तथा जग्गा सम्बन्धी विवादका कारण १४ वर्षीय बालकको हत्या गरिएको छ । हत्याको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ समेत गरेको छ । जितपुर सिमरा उपमहानगरपालिका–२३ भलुही टोलका १४ वर्षीय बालक शाहिद मंसुरीको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका–२३ भलुही टोल बस्ने २५ वर्षीय कियामुद्दिन मंसुरी, सोही स्थानका २१ वर्षीय अफसान भनिने अमर हुसेन मियाँ हजाम र १९ वर्षीय आबेदिन मियाँ अन्सारी रहको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए । उनका अनुसार उनीहरुले गत फागुन ११ गते बालक मंसुरीको हत्या गरी वडा नम्बर १० बेहरा टोलस्थित खाल्टोमा पुरेको अनुसन्धानबाट खुलेको छ । घरबाट बेपत्ता भएका बालक मंसुरीको शव गत फागुन २८ गते फेला परेको थियो ।...
मान्छे खान पल्किएको पाटेबाघ बर्दिया निकुञ्जको नियन्त्रणमा, यसरी  समातियो

मान्छे खान पल्किएको पाटेबाघ बर्दिया निकुञ्जको नियन्त्रणमा, यसरी समातियो

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, चैत ४ । बर्दिया राष्ट्रिय निकुञ्ज आसपास क्षेत्रमा पाँचजना मान्छे मारेको नरभक्षी बाघ समातिएको छ। बुधबार राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दिया राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको संयुक्त टोलीले वयष्क भाले बाघलाई नियन्त्रणमा लिएको हो। राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रवक्ता डा। नरेश सुवेदीका अनुसार दिउँसो बर्दियाको गेरुवा गाउपालिका वडा नम्बर ४ स्थित राजिपुर क्षेत्रबाट बाघलाई समातिएको हो। उक्त बाघले तीन महिनादेखि उक्त क्षेत्रमा आतंक मच्चाउँदै आएको थियो। नौ महिनाको अवधिमा त्यस क्षेत्रमा बाघको आक्रमणबाट १० जनाको ज्यान गएको छ। सुवेदीका अनुसार समातिएको बाघले मात्रै पाँचजनाको ज्यान लिएको छ। संयुक्त टोलीले मान्छे मार्ने अर्को बाघ नियन्त्रणमा लिनका लागि पनि टोली परिचालन गरिसकेको छ।...
विद्यार्थीमा भाइरल ज्वरो :  तीन विद्यालय बन्द

विद्यार्थीमा भाइरल ज्वरो : तीन विद्यालय बन्द

मुख्य समाचार, शिक्षा, समाचार, समाज
डोटी, चैत ४ । डोटीको दक्षिणी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिका–६ गगुडामा भाइरल ज्वरो फैलिएपछि तीन विद्यालय पाँच दिनका लागि बन्द गरिएको छ । विद्यार्थीमा एकाएक भाइरल ज्वरो फैलिएका कारण गगुडामा रहेका मष्टेश्वर माध्यमिक विद्यालय, वाल्मीकि आधारभूत विद्यालय र सिउँडी आधारभूत विद्यालय बन्द गरिएको शिक्षक चक्रबहादुर चन्दले जानकारी दिए । उनका अनुसार विद्यार्थीमा एकाएक भाइरल ज्वरो फैलिएपछि अरु विद्यार्थीलाई नसरोस् भनेर विद्यालय बन्द गरिएको हो । विद्यालयमा विद्यार्थी आउनै नसक्ने र आएका विद्यार्थीमा पनि भाइरल ज्वरोको सङ्क्रमण तीव्ररुपमा फैलिएपछि त्यसको रोकथामका लागि विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको वडाध्यक्ष वीरेन्द्र चन्दले जानकारी दिए । विद्यार्थीमा ज्वरो आउने, टाउको दुख्ने, खान मन नलाग्नेजस्ता लक्षण देखिएको जनाइएको छ । विद्यालयले गाउँपालिकाको शिक्षा शाखालाई जानकारी गराएर विद्य...
विश्वका सबैभन्दा प्रदूषित मुलुकको सूचीमा नेपाल १२ औँ नम्बरमा

विश्वका सबैभन्दा प्रदूषित मुलुकको सूचीमा नेपाल १२ औँ नम्बरमा

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, चैत ४ । विश्वका सबैभन्दा प्रदूषित देशहरुको सूचीमा नेपाल १२ औँ नम्बरमा रहेको छ । स्विट्जरल्याण्डको संस्था आइक्यू एयरले गरेको अध्ययनमा नेपाल विश्वका सबैभन्दा प्रदूषित राजधानीको सूचीमा १२ औँ स्थानमा परेको हो । सबैभन्दा प्रदूषित मुलकको शीर्ष स्थानमा बंगलादेश, दोस्रोमा पाकिस्तान, तेस्रोमा भारत, चौथोमा मंगोलिया, पाँचौमा अफगानिस्तान रहेका छन् ।...
कोरोनाविरुद्धको खोप अभियान हालका लागि स्थगित, यस कारण गरियो

कोरोनाविरुद्धको खोप अभियान हालका लागि स्थगित, यस कारण गरियो

ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौ , चैत ४ । सरकारले कोरोना भाइरसविरुद्धको खोप अभियान हालका लागि स्थगित गरेको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गत इन्सिडेन्ट कमाण्ड सिस्टमको ९आईसीएस० बैठकले खोप उपलब्ध नहुञ्जेलका लागि खोप अभियान स्थगित गर्ने निर्णय गरेको हो । बुधवारदेखि ५५ वर्षमाथिका नागरिकलाई खोप दिने कार्यक्रम रहेकोमा खोप उपलब्ध नहुञ्जेलका लागि स्थगित गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले खोप उपलब्ध हुनासाथ सूचना दिएर अभियान सुरु गर्ने बताए । अग्रिम भुक्तानी गरेको खोप आधा मात्रै आएको र कोभ्याक्स सुविधाको खोप पनि लक्ष्यअनुसार नआएको तथा खोप आउने सुनिश्चित नभएपछि अहिलेलाई खोप अभियान स्थगित गर्ने निर्णयमा पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गएको माघ १४ गतेदेखि सुरु भएको खोप अभियान विभिन्न चरणमा गरी मङ्गलवार ९हिजो०...
ओलीले बोलाए संसदीय दलको बैठक, नेपाल-खनाल भने नजाने

ओलीले बोलाए संसदीय दलको बैठक, नेपाल-खनाल भने नजाने

ब्यानर समाचार, राजनिती
काठमाडौं, चैत ४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी संसदीय दलको बैठक बोलाएका छन् । एमाले संसदीय दलका नेतासमेत रहेका ओलीले भोलि बिहान ११ बजे बैठक बोलाएका हुन् । बैठक बालुवाटारमा बस्ने एमाले नेता विशाल भट्टराईले बताए । बैठकमा सूर्य चिह्नबाट निर्वाचित सबै सांसदहरुलाई बोलाइएको छ । ओलीले बोलाएको बैठक वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले बहिष्कार गर्ने भएको छ ।...
कक्षा ११ को परीक्षाफल प्रकाशित, ७८. ६३ प्रतिशत उत्तीर्ण, यसरी हेर्नुहोस् नतिजा

कक्षा ११ को परीक्षाफल प्रकाशित, ७८. ६३ प्रतिशत उत्तीर्ण, यसरी हेर्नुहोस् नतिजा

ब्यानर समाचार, शिक्षा, समाचार, समाज
  काठमाडौँ, चैत ४ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाको नतिजा प्रकाशित गरेको छ ।कक्षा ११ को आंशिकर ग्रेड वृद्धि परीक्षार्थीहरुको परीक्षाफल प्रकाशित गरिएको बोर्डले जनाएको हो । बोर्डका अनुसार परीक्षामा सम्मिलित परीक्षार्थीमध्य ७८.६३ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् । दुई जनाको परीक्षा रद्द भएको वोर्डले जनाएको छ । परीक्षामा १ लाख ६७ हजार २४१ जना परीक्षार्थी सामेल भएका थिए । परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेवसाइट, नेपाल टेलिकमको वेवसाइट र एसएसएस सेवाबाट हेर्न सकिने बोर्डले जनाएको छ । नेपाल टेलिकमको १६०० मा NEB<space>Symbol No. टाइप गरी पठाएर नतिजा हेर्न सकिने छ भने १६०१ मा फोन डायल गरी नतिजाबारे जानकारी लिन सकिने छ।...
नेपाल-खनाल पक्षको कार्यकर्ता भेलाः नौ पृष्ठ लामो अवधारणापत्र प्रस्तुत, के के भयो आज  ?

नेपाल-खनाल पक्षको कार्यकर्ता भेलाः नौ पृष्ठ लामो अवधारणापत्र प्रस्तुत, के के भयो आज ?

ब्यानर समाचार 2, मनोरञ्जन, मुख्य समाचार, राजनिती
काठमाडौँ , चैत ४ । नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि शुरु भएको छ । भेलामा देशका ७७ वटै जिल्लाबाट ४ हजारभन्दा बढी कार्यकर्ता सहभागी भएको नेपाल-खनाल पक्षले जानकारी दिएकोछ । राष्ट्रिय कार्यकर्ता भेलामा पार्टीमा उत्पन्न विषम परिस्थितिका बारेमा छलफल गरी पार्टी पंक्तिको एकीकृत धारणा तय गर्न र त्यस अनुरुप पार्टी पंक्तिलाई देशव्यापी रुपमा परिचालन गरी पार्टीलाई सुदृढ, एकताबद्ध र क्रियाशील बनाउने विषयमा छलफल हुने पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् । पार्टीका पूर्वअध्यक्ष तथा बरिष्ठ नेता कमरेड झलनाथ खनालको अध्यक्षतामा आयोजित भेलामा बरिष्ठ नेता कमरेड माधवकुमार नेपालले केन्द्रीय कमिटीका तर्फबाट नौ पृष्ठ लामो अवधारणापत्र प्रस्तुत गरेका छन् । अवधारणापत्रमा पार्टीमा स्वेच्छारिता, व्यक्तिवाद, एकाधिकारवाद र दक्षिणपन्थी प्रवृ...
बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

मुख्य समाचार, समाचार, समाज
बर्दिया , चैत ४ । बर्दियामा बाघको आक्रमणबाट फेरि एक जनाको मृत्यु भएको छ ।बर्दिया राष्ट्रिय निकुञ्ज मुख्य क्षेत्रभित्रै पर्ने ठाकुरबाबा नगरपालिका– ७ मोहनपुर बस्ने ६२ वर्षीया डल्ली रावतको बाघको आक्रमणबाट मृत्यु भएको हो । निकुञ्जको बघौरा फाँटामा उनलाई बाघले आक्रमण गरेको थियो । निकुञ्जभित्र घाँस–दाउरा काट्न गएका वेला उनलाई बाघले आक्रमण गरेर बेपत्ता पारेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । उनीसँगै घाँस–दाउरा काट्न गएका महिलाले गाउँमा फर्किएर आई बाघले आक्रमण गरी लगेको खबर गरेपछि निकुञ्जका कर्मचारी, नेपाली सेना र प्रहरीको टोलीले रावतको खोजी थालेका थिए । रावतको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए । निकुञ्ज प्रशासनले निकुञ्ज क्षेत्रमा अनुमतिविना प्रवेश निषेध गरेको छ । तर, गोप्य बाटो प्रयोग गरी अवैध रूपमा प्रवेश भइरहेकाले जोखिम बढेको निकुञ्जका...
बन्दुकधारीको आक्रमणमा कम्तीमा ५८ जनाको मृत्यु

बन्दुकधारीको आक्रमणमा कम्तीमा ५८ जनाको मृत्यु

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, चैत ४ । अफ्रिकी देश नाइजरमा बन्दुकधारीको आक्रमणबाट कम्तीमा ५० जनाको ज्यान गएको छ। मालीसँगको सीमा क्षेत्रमा भएको आक्रमणमा सर्वसाधारणको ज्यान गएको सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तिलाबेरी क्षेत्रको बजारबाट चारवटा सवारी सधानमा आउँदै गरेका मानिसलाई लक्षित गरेर बन्दुकधारीले आक्रमण गरेका हुन् । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मा लिएको छैन । घटना सोमबार भएको हो । अहिले सो क्षेत्रमा दुईवटा बिद्रोही समूह सक्रिय छन् । पश्चिममा माली र बुर्किना फासो नजिक तथा अर्को समूह नाइजेरियासँग सीमा जोडिएको दक्षिण पूर्वी क्षेत्रमा सक्रिय छ ।...