Saturday, April 20
Shadow

एमालेको संसदीय दलको बैठक आज बस्दै, नेपाल-खनाल पक्षले भने बहिष्कार गर्ने


  • -इ
  • इ+

काठमाडौं , चैत ४ । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ ।प्रधानमन्त्री तथा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् ।

बैठकमा सूर्य चिह्नबाट निर्वाचित राष्ट्रिय सभा र प्रतिनिधि सभाका सबै सांसदहरुलाई बोलाइएको सांसद तथा एमाले नेता विशाल भट्टराईले जानकारी दिएका छन् ।

यता ओलीले संसदीय दलको बैठक बोलाएपछि नेपाल-खनाल पक्षले भने बहिष्कार गर्ने भएको छ । एमालेका सचिव योगेश भट्टराईले आफुहरु राष्ट्रिय कार्यकर्ता भेलामा व्यस्त रहेको आजको संसदीय दलको बैठकमा नजाने बताएका छन् । उनले यसको जानकारी प्रधानमन्त्री ओलीलाई गराइएको समेत बताएका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares