Thursday, March 28
Shadow

कांग्रेस नेता अशोक कोइरालाको निधन


  • -इ
  • इ+

काठमाडौं , चैत ५ । राष्ट्रिय सभाका पूर्व उपाध्यक्ष नेपाली कांग्रेसका नेता अशोक कोइरालाको ७७ वर्षको उमेरमा निधन भएको छ । गएराति १ बजे उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा उनको निधन भएको हो ।

कोइराला २०४६ को प्रजातान्त्रिक आन्दोलनपछिको विराटनगरको पहिलो मेयर तथा संविधानसभाका सदस्य समेत हुन् । लामो समयदेखि अस्वस्थ रहेका ७७ वर्षीय कोइरालाको स्वास्यमा समस्या आएपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको थियो ।

निमोनियाको समस्या झेलिरहेका उनी घरैमा बेहोस भएपछि बुधबार अस्पताल भर्ना गरिएको जनाइएको छ । अशोक पुर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाका कान्छा भाइ हुन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares