Thursday, April 25
Shadow

राम स्याङ्गतान र तारा श्रीष मगरको स्वरमा “तिहारको फुल दशैंको अक्षेता” म्युजिक भिडियो बजारमा


  • -इ
  • इ+

महेन्द्र अधिकारी/असोज,१७ ललितपुर
नेपालीहरुको महान् चार्ड बिजया दशमी तथा दिपावलीलाई लक्षित गर्दै हरेक बर्ष जस्तै यो बर्ष पनि बिभिन्न गीत संगीतहरु बजारमा आउन थालिसकेका छन् । यहि मान्यतालाई मध्यनजर गर्दै लोकप्रिय गायक तथा सर्जक राम स्याङ्गतानले “तिहारको फुल दशैंको अक्षेता” बोलको गीतलाई सार्वजनिक गरेका छन् ।

गायक तथा सर्जक स्याङ्गतानको पछिल्लो समय बजारमा आएको गीतमा नेपाल आइडल कि प्रतियोगी तारा श्रीष मगर र राम स्याङ्गतानको नै सुमधुर स्वर सुन्न सकिन्छ । “तिहारको फुल दशैंको अक्षेता” गीतलाई लय तथा शब्द सिर्जना लोकप्रिय गायक तथा सर्जक राम थापा शिसिरको रहेको छ।

यस गीतको म्युजिक भिडियोलाई निर्देशन अमोन रानाले गरेका हुन् भने छायांकन मरुभूमि नारायण र सम्पादन संगीत बानियाँले गरेका छन् । गीतको म्युजिक भिडियोमा प्रकाश तामाङ्ग राज, आयुष्मा कार्की, सबिना लामा र कुमार नेपालको अभिनय देख्न सकिन्छ । भिडियोलाई राम स्याङ्गतान आफिसिएल आधिकारिक युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नको लागि तल क्लिक गर्नु होस् : 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares