Friday, April 19
Shadow

नेपाली पहिचान र संस्कृति जर्गेना गर्नकालागि राप्रपामा संगठित हुदैँ चन्द्रागिरि तीनथानाका युवाहरु


  • -इ
  • इ+

काठमाण्डौँ, कार्तिक २७
नेपाली पहिचान र संस्कृति जर्गेना गर्नका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी चन्द्रागिरि नगरपालिका वडा नं १५ को युवा संघमा युवाहरु संगठित हुने क्रम बढ्दो रहेको छ । हिन्दु राष्ट्र सहितको राजसंस्था, राष्ट्रियता, पहिचान, रीतिरिवाज र संस्कृति जोगाउनु पर्छ भन्ने उद्देश्यका साथ चन्द्रागिरि तीनथानाका युवाहरु एक जुट भईरहेका छन् ।

आज (शनिवार) राप्रपा चन्द्रागिरि नगरपालिका वडा नं १५ को युवा संघको चियापान कार्यक्रममा लोकतन्त्रको नाममा नेपालको पहिचान नै गुम्ने अवस्थामा पुगेकाले अब युवाहरु नै एक जुट भएर आफ्नो देश बचाउनु पर्ने समय आएको उपस्थीत युवाहरुको धारणा रहेको छ । विभिन्न राजनितिक दलको खोक्रो राष्ट्रियताबाट निरास भएका युवाहरु अब देशको निकास राप्रपाबाट नै सम्भव भएको भन्दै पार्टी प्रति युवाहरुको आर्कषण बढ्दै गएको छ ।

विविध कारणबाट समाजमा पिडित भएकाहरुको सारथी बन्दै समाज र राष्ट्रलाई सबै युवा शक्ति एक भई राप्रपालाई बलियो बनाई परिवर्तन तर्फ लग्नु पर्ने युवाहरुको धारणा रहेको छ । अन्य पार्टीले चुनावी समयमा सोझसाझा नागरीकलाई आफ्नो पक्षमा मत ल्याउनकै लागि देखाउने गरेका आश्वासनको अन्त्य गर्दै अब युवाहरुलाई रोजगारीको व्यवस्था समेत गर्ने उद्देश्यका साथ युवाहरु एक भएका छन् । चन्द्रागिरि १५ मा मात्र नभई समग्र चन्द्रागिरि नगरपालिका भित्र रहेका राष्ट्रप्रेमीहरु एक जुट भएर लाग्न समेत आयोजित कार्यक्रम मार्फत युवाहरुले आह्वान गरेका छन् ।

नेपालमा पछिल्लो समय बढ्दो महङ्गिको प्रत्यक्ष मारमा आम नागरीक परेको र त्यसमा सरकारको कुनै ध्यान नदिएको प्रति युवाहरुको आक्रोस समेत व्यक्त गरेका छन् । आयोजित चियापान कार्यक्रममा युवा संघ वडा नं १५ का अध्यक्ष अजम्बर राउत, उपाध्यक्ष प्रितम श्रेष्ठ, काठमाण्डौँ क्षेत्र नं ९ प्रदेश ख का अध्यक्ष दिलिप कुमार कार्की,  दिनेश देउला, कपिल थापा,  पवन लामा लगाएत अन्य युवाहरुको उपस्थीति रहेको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares