Friday, April 26
Shadow

बुद्धभुमि नेपालको शेयर सूचीकरण ढिलाई किन ?


  • -इ
  • इ+

काठमाण्डौँ, कार्तिक २६
बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ अझै सूचीकरण हुन सकेको छैन् । बाँडफाँड भइसको लामो समयसम्म भइसक्दा पनि कम्पनीको शेयर नेप्सेमा सूचीकृत हुन् नसकेको हो ।

कम्पनीको शेयर रजिष्ट्रार परिवर्तन हुदाँ शेयर सूचीकरणमा ढिलाई भइरहेको कम्पनीले जनाएको छ । यस अघि कम्पनीको शेयर रजिष्ट्रार सिभिल क्यापिटल मार्केट रहेको थियो । अहिले कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल रहेको छ ।

सिभिल क्यापिटलले सिद्धार्थ क्यापिटललाई कम्पनीको शेयर हस्तातरण गर्न केही समय लाग्ने भएकाले शेयर सूचीकरणमा समय लम्बिएको हो ।

सिद्धार्थ क्यापिटलले अबको केही दिनमा सूचीकरण प्रकृया अघि बढाउने जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares