महेन्द्र अधिकारी/कार्तिक २६,ललितपुर
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा गायिका सुनिता बुढा र प्रितम पोख्रेलको आवाज रहेको “मुसी” बोलको गीत डिजिटल बजारमा सार्वजनिक भएको छ । “मुसी” बोलको गीतमा शब्द र संगीत गायक पोख्रेलको रहेको छ।
निर्देशक दिपेन्द्र तिमिल्सेनाले गीतलाई कथा वस्तुमा गाउँले परिवेश झल्काईदिएपछि गीतले दर्शकको मन हलक्क खिचेको छ। करण चैसिरले कैद गरिएको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् भने सो गीतमा कलाकार बल्छी धुर्बे मरिचमान श्रेष्ठ र (जुनकिरी) सरिता ढुंगानाको अभिनय रहेको छ । “मुसी” बोलको गीतले दर्शकको मन जितेको छ।
भिडियो हेर्नको लागि तल क्लिक गर्नु होस् :